स्वास्थ्य

गण्डकी प्रदेशमा पोखराका १६५ सहित थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । कास्कीका १७७ सहित गण्डकी प्रदेशमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएकोगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेमा कास्की सहित ९ जिल्लाका ३७८ जना रहेको निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । कास्कीमा संक्रमण पुष्टि भएका मध्य मादी गाउँपालिकाका ८, रुपा गाउँपालिकाका ३, अन्नपूर्ण गाउँपालिकाका १ जना भने बाँकी पोखरा महानगरपालिकाको… पुरा पढौ

कोरोनासँग लड्न प्रदेश सरकारलाई हुण्डाईको साथ

हुण्डाई मोटर कम्पनीले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हुण्डाई मोटर कम्पनी कोरियाले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ५० लाख बराबरको पिपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी हुण्डाई मोटर्स प्रालिले कम्पनीबाट प्राप्त २० हजार थान पिपीईसहित अन्य स्वास्थ्य सामग्री शुक्रबार हस्तान्तरण ग¥यो । कार्यक्रममा लक्ष्मी हुण्डाई मोटर्स प्रालि पोखराका प्रबन्धक भीमसिंह खत्रीले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई सो सामग्री हस्तान्तरण गरे । सहयोग ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य सामग्री… पुरा पढौ

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा । गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो । स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म मात्रै शव जलाउन पाइने भएको छ । अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उनले बताए । यस्तै मलामीहरु खानपिनका लागि बजारमा बस्न… पुरा पढौ

बाग्लुङ र नवलपरासी पूर्वका थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशको बाग्लुङ र नवलपुर बर्दघाट पूर्वमा थप ९९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बाग्लुङमा गरिएको पिसिआर परीक्षणमा बाग्लुङका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बाग्लुङ नगरपालिकाका २२ र बडीगाड गाउँपालिकाका २५ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यस्तै नवलपुर वर्दघाटको मध्यविन्दु अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पाइएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाका २३, देवचुलीका १०,… पुरा पढौ

कोरोना संक्रमणबाट पोखराका एक सहित ४ जनाको मृत्यु

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखराका एक सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा होम आइसोलेसनमा बसेका एक सहित पोखराका मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) उपचाररत तीन जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । होम आइसोलेसनमा बसेका पर्वतको जलजला गाउँपालिका– ३ का ५३ वर्षिय पुरुषको बिहीबार मृत्यु भएको हो । उनमा बिहीबारनै… पुरा पढौ

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

म्याग्दी। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ । बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको… पुरा पढौ

तनहुँमा कोरोनाका कारण हालसम्म २६ जनाको मृत्यु

कोरोनाका कारण तनहुँमा हालसम्म २६ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय संक्रमितको संख्या बढिरहेको तनहुँ जिल्ला हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाउनेमा गण्डकी प्रदेशमै तेश्रो स्थानमा छ। तनहुँमा हालसम्म १ हजार ६ सय ४२ संक्रमितमध्ये १ हजार ४ सय ९३ निको भैसकेका छन्।गण्डकी प्रदेशमै सर्वाधिक मृत्यु कास्कीमा हालसम्म १ सय ३१ पुगेको छ। त्यसपछि, प्रदेशमै ज्यान गुमाउनेको दोस्रो स्थानमा लमजुङ जिल्ला छ। कोरोनाका कारण हालसम्म लमजुङ जिल्लामा २८ जनाको मृत्यु भएको छ। कोरोनाकै कारण नवलपरासी पूर्वमा २२, स्याङ्जामा २०, गोरखामा… पुरा पढौ

दमौलीमा भेन्टिलेटर सहितको आइसीयू कक्ष तयार

तनहूँको दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू कक्ष तयार पारिएको छ। कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अस्पतालमा ४ बेडको भेन्टिलेटर र ७ बेडको आइसीयू कक्ष तयार भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। स्वास्थ्य मन्त्रालयमार्फत् प्राप्त २ करोड रुपैयाँ लगानीमा ती संरचना बनेका हुन्। भेन्टिलेटर र आइसीयू बनेपछि कोभिडका जटिल बिरामीलाई उपचार गर्न सकिने अस्पताल श्रोतले जनाएको छ। अस्पताल श्रोतका अनुसार अस्पतालले आफ्नै अक्सिजन प्लाण्ट बनाउने तयारीसमेत गरेको छ। गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट बनाउन ७५ लाख रुपैयाँ उपलब्ध गराएको श्रोतले जनाएको छ।… पुरा पढौ

धौलागिरी अस्पतालमा उपचाररत २ जनाको मृत्यु

धौलागिरी अस्पताल बागलुङमा बिहीबार उपचाररत् २ जना पुरुषको मृत्यु भएको छ। जसमध्ये १ जना कोरोना संक्रमित र १ जना संकास्पद संक्रमित हुन्। बागलुङ नगरपालिका–४ का ७८ बर्षिय पुरुषको बिहिबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ। वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पतालपुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको थियो। बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना… पुरा पढौ

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल

काठमाण्डौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट गरे । “निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडाँैंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंँले चेतावनी दिइसकेको छ, यदि… पुरा पढौ