पोखरा । गण्डकी प्रदेशमा सोमबार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले सोमबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो ।निर्देशनालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कास्की सहितका सात जिल्लामा १०१ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ६९, नवलपरासी पूर्वका १२, तनहुँ, म्याग्दी र पर्वतका ५–५ जना, स्याङ्जका ३ र लमजुङका…
पुरा पढौ