स्वास्थ्य

भारतको महाराष्ट्रस्थित कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएर आइसीयूमा राखिएकाहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। आगलागीमा परेर घाइते भएकाहरुको नजिकैका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ। समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उधृत गर्दै जनाएअनुसार घटनामा १३ जनाको मृत्यु भएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन। दुई दिनअघि मात्र महाराष्ट्रकै नासिकको एउटा अस्पतालमा अक्सिजन लीग हुँदा २२ जनाको… पुरा पढौ

पशुपति क्षेत्रका सबै मन्दिरहरु भक्तजनका लागि बन्द, नित्य पूजा जारी

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आज (शुक्रबार)देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले हिँजो (बिहीबार) दिउँसो यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय गरेको थियो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको छ। सूचना थाहा नपाएका केही भक्तजन आज (शुक्रबार) बिहानै मन्दिर पुगेका थिए। केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन्। मन्दिरका ढोका नै बन्द गरी पशुपति… पुरा पढौ

स्याङ्जाको चापाकोट नगरपालिकाका संपूर्ण सेवा बन्द

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि स्याङ्जाको चापाकोट नगरपालिकाका संपूर्ण सेवा बन्द गरिएको छ। नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका संपूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताए। भारतको हरिद्वारमा लागेको कुम्भमेलामा गएर फर्किएकामध्ये ५ जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि संपूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए। ‘नगरपालिकाअन्तर्गतका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना… पुरा पढौ

कोरोना बीमा रकम संस्कृत पाठशालालाई प्रदान

सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना बीमामार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन्। बागलुङ जिल्लाको सीवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना बीमामार्फत पाएको रकममध्ये २५ हजार रुपैयाँ जिल्लाको जैमिनी नगरपालिका–२ स्थित जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन्। पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार रुपैयाँ बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सापकोटा र पाठशालाका प्रअ दीपक न्यौपानेलाई हस्तान्तरण गरे। सीवाइसी बचत तथा ऋण सहकारीका अध्यक्ष… पुरा पढौ

बागलुङको एउटै विद्यालयमा ३९ जना शिक्षक र विद्यार्थी कोरोना संक्रमित

बागलुङ नगरपालिकाको धन माध्यामिक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ जिल्ला जनस्वास्थ्य कार्यालयले ९८ जनाको स्वाव परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण भएका सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक/विद्यार्थीमा संक्रमण तीब्र भएपनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन। यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पुरा पढौ

पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग माग समेत गरेको छ । समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने… पुरा पढौ

कोरोना भाइरस : कास्कीका ५५ सहित प्रदेशभर थप ८२ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा एकै दिन ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा कारोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ४३२ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ५५, म्याग्दीका ११, नवलपरासी पूर्वका ५, स्याङ्जाका ४, तनहुँ र पर्वतका ३–३ जना र लमजुङका एक जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा पुष्टि भएका सबै पोखरा महानगरपालिकाको विभिन्न वडाका भएको निर्देशनालयले बिहीबार अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरणमा भनिएको छ… पुरा पढौ

विश्वमा कोरोनाको संक्रमण बढ्दो, सात दिनमै ५२ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्लो दिन बढ्दो छ। सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ। नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ। जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३ सय ५३ पुगेको छ। पुरा पढौ

कास्कीमा भेटियो २३ जना कोरोना संक्रमित

कास्कीमा २३ जना कोरोना संक्रमित भेटिएका छन्। मंगलबार मात्रै कास्कीमा कोरोना संक्रमितको यो संख्या देखिएको हो। पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रा.लि.मा परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा ३२ कोरोना संक्रमित थपिएका छन्। कास्कीमा २३ जनासंगै गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। संक्रमितमध्ये लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा २७ जना र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी (सुस्ता पूर्व)का ५ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्याक्रमका प्रवक्ता डा. विनोद… पुरा पढौ

कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो । उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल… पुरा पढौ