स्वास्थ्य

भारतसंग सिमा जोडिएका विभिन्न नाका बन्द गर्न सिसिएमसीको सिफारिश

काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी)को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ । उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका… पुरा पढौ

कास्कीका १६३ सहित २७४ मा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । कास्कीका १६३ सहित २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१८ जनामा पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो क्रममा कोरोना पुष्टि हुनेमा कास्कीका १६३, गोरखाका ४३, बाग्लुङका २३, नवलपरासी पूर्वका १७, स्याङ्जा र म्याग्दीका ९–९, तनहुँका ७, पर्वतका २ र लमजुङका एक जना छन् । यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ६४५ पुगेको छ… पुरा पढौ

कास्कीमा जोर विजोर प्रणाली पालना नगर्ने १८४ सवारी होल्ड

पोखरा । कास्कीमा निषेधज्ञाको अवज्ञा गरी सवारी साधन चलाउने १४८ जनालाई प्रहरीले दिनभर होल्ड गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाका समयमा जोर विजोर प्रणालीको पालना नगरेको भन्दै प्रहरीले उनीहरुलाई दिनभर होल्ड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रशासनले बैशाख १५ गतेदेखि लागू हुने गरि जिल्लाभित्र सञ्चालन हुने यात्रुवहाक तथ निजी सवारी साधनहरु जोर विजोर प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयले निषेधाज्ञालाई प्रभावकारी… पुरा पढौ

दुई कोरोना सङ्क्रमितको मृत्यु

गण्डकी। गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो राति १२ः४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२३ पुगेको छ । (रासस) पुरा पढौ

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा… पुरा पढौ

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ। पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो। अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन… पुरा पढौ

‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ को नारासहित ‘तपाईंको मास्क खोइ ?’

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै जाँदा कतै तपाइँहरु मास्क नलगाई हिँड्नुभएको त छैन ? तोकिएको स्वास्थ्य मापदण्ड उलंघन गर्नुभएको त छैन ? सचेत रहनुहोस, मास्क नलगाई हिँड्दा, तोकेको स्वास्थ्य मापदण्ड नअपनाउँदा कतै तपाइँ पनि प्रहरीको होल्डिङ सेन्टरमा बस्नु पर्ने हुन्छ। संक्रामक रोग ऐन अन्तर्गतको कारवाही तथा सँजायमा पर्न सक्नुहुन्छ। बिहीबार मात्रै देशभरबाट मास्क नलगाई हिँड्ने ५८ हजार भन्दा बढीलाई होल्डिङ सेन्टरमा राखेर छाडिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ५२… पुरा पढौ

गण्डकी कोभिड अपडेट: पछिल्लो २४ घण्टामा कास्कीका ७९ सहित ११२ संक्रमित

पोखरा । बिहीबार कास्कीका ७९ सहित गण्डकी प्रदेशका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकाका ७९ सहित ९ जिल्लाका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज थपिने मध्य नवलपुर वर्दघाट सुस्ता पूर्वका १५, तनहुँका ५, स्याङ्जा र बाग्लुङका ४–४ जना, लमजुङका २, गोरखा, पर्वत र म्याग्दीका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख गरिएको छ । विभिन्न प्रयोगशालामा… पुरा पढौ

बेनी अस्पतालले शुरु गर्‍यो ‘हेलो डक्टर’ सेवा

म्याग्दी। बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा शुरु गरेको छ । तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा शुरु गरेको हो । अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधि… पुरा पढौ

पोखरामा कोरोनाबाट थप दुई जनाको मृत्यु, प्रदेशमा ज्यान गुमाउनेको संख्या २२१ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखराका थप दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट पोखरा महानगरपालिका–७ घर भएकी ८९ वर्षिय बृद्धा र पोखरा–१४ का ४३ वर्षिय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पोखरा ७ की वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो । गत बैशाख ८ गते कोरोना संक्रमित भएकी उनी होमआइसोलेसनमा थिइन् । यस्तै ४३ वर्षिय पुरुषको भने बुधबार राती ७ः३० बजे मृत्यु भएको जनाइएकोे छ । गत बैशाख ७ गते कोरोना संक्रमित भएका… पुरा पढौ