स्वास्थ्य

पछिल्लो २४ घण्टामा कास्कीका ४६ सहित ६६ जनामा कोरोना संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ४६ सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा पुष्टि भएका संक्रमित मध्य एक जना अन्नपूर्ण गाउँपालिका छन् भने बाँकी पोखरा महानगरपालिकाका हुन् । यस्तै तनहुँका ६, स्याङ्जा र पर्वतका ४–४ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वका २, बाग्लुङ, लमजुङ, म्याग्दी र गोरखाका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।… पुरा पढौ

पोखरामा कोरोना भाइरस संक्रमणबाट एक पुरुषको मृत्यु

पोखरा । पोखरामा कारोना संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१६ स्थायी ठेगना भएका ६५ वर्षिय ति पुरुषको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गत चैत ३१ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा आइतबार मृत्यु भएको निर्देशनालका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकरी दिए । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ । यता कास्कीमा मात्रै संक्रमणका कारण ज्यान गुमाउनेको… पुरा पढौ

कोरोना भाइरस : गण्डकीमा एक सातामा २५९ लाई संक्रमण

पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झण्डै दुई हजार जनामा पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सोही अवधीमा १७० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यस्तै एक साताको अवधीमा कोरोना भाइरसबाट दुई जनाले ज्यान गुमाएको पनि निर्देशनालयले आइतबार कोरोना भाइरससम्बन्धी अध्यावधिक विवरणमा उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका ८१ जनामा कोराना भाइरस संक्रमण पुष्टि… पुरा पढौ

सिसीएमसी बैठक : स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सुझाव पेश

काठमाण्डौं । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाको नयाँ प्रजाति रोकथाम, नियन्त्रण र उपचार गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी राय, सुझावसहित परिमार्जन गरेको छ । कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझाव दिएको सचिव खगराज बरालले जानकारी दिए। उनले भने, “अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना… पुरा पढौ

एकै दिन पोखराका ९४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा एकैदिन ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेमा कास्कीका सबैभन्दा धेरै ९४ जना छन् । त्यस्तै बाग्लुङका १०, स्याङ्जाका ५, तनहुँ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ३–३, गोरखा, पर्वत र म्याग्दीका एक–एक जना छन् । कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका भएको निर्देशनालयद्वारा शुक्रबार अध्यावधिक विवरणमा उल्लेख छ । यो… पुरा पढौ

सङ्क्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल

काठमाण्डौ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ । संक्रमणदर बढ्दै गएपछि मन्त्रालयलले कास्की सहित सङ्क्रमण अति प्रभावित १४ जिल्ला घोषणा गरेको हो । “ती जिल्लाका बढी… पुरा पढौ

कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग

काठमाण्डौं । नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि फेरि सङ्क्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो । पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ का बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य… पुरा पढौ

पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार चैत २३ गते कोरोना संक्रमण पुष्टि भइ चरक मेमोरियल अस्पतालमा उपचाररत तनहुँ शुक्लागण्डकीका ५१ वर्षीय पुरुषको २९ गते आइतबार मृत्यु भएको हो । यस्तै, चैत २० गते कोरोना संक्रमण पुष्टि भइ सोही अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको… पुरा पढौ

कोरोनाविरुद्ध सचेतना अभियान शुरु

काठमाडौँ। ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको… पुरा पढौ

भारतमा अहिलेसम्मकै सर्वाधिक १ लाख ५२ लाख संक्रमित भेटिए, ८ सय जनाको मृत्यु

भारतमा दोस्रो लहरको कोरोना दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ। शनिबार मात्रै त्यहाँ १ लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको देखियो। महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो। त्यहाँ, २४ घण्टामा ९० हजार, ३ सय २८ जना मानिस निको भए भने ८ सय ३८ जनाको मृत्यु भएको समाचार छ। यस वर्ष एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएको यो दोस्रो पटक हो। यसअघि ८ अप्रिलमा ८ सय २ जनाको मृत्यु… पुरा पढौ