स्वास्थ्य

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको ‘स्वास्थ्य सामाग्री हस्तान्तरण र वेवसाइट शुभारम्भ’

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेवसाइट शुभारम्भ गरेको छ । मंगलबार पोखरामा एक कार्यक्रमकाबिच सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ति स्वास्थ्य सामाग्री खरिद गरिएको हो । सो अवसरमा मन्त्री गुरुङले संघको आधाकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि … पुरा पढौ

आईपीएलको उपाधिका लागि आज (मंगलबार) दिल्ली र मुम्बई फाइनल खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (मंगलबार) दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स फाइनल खेल्ने भएका छन्। यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ। मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो। यस सिजनमा मुम्बईले दिल्लीलाई ३ पटक हराएको छ। मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ। दिल्लीमा आबद्ध नेपाली… पुरा पढौ

पाकिस्तानमा बिहेका लागि मापदण्डः समारोमा भाग लिने सबैको ज्वरो परीक्षण अनिवार्य

पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ। कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो। संक्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो। पाकिस्तानभित्र हुने जुनकुनै वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैं झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्ने लगायतका नियमहरु पनि निर्देशिकामा राखिएको… पुरा पढौ

कोभिड भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण रोक्ने कम्पनीको दाबी

कोभिड १९ का लागि बन्दै गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न सक्ने दाबी गरिएको छ। सो भ्याक्सिन संसारका सबैभन्दा ठूला औषधि कम्पनीहरु पिफाइजर र बायो एनटेकले निर्माण गरेका हुन्। कम्पनीले भ्याक्सिनमा प्राप्त पछिल्लो उपलब्धि विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको जनाएका छन्। उनीहरुले निर्माण गरेको खोप ६ वटा देशमा ४३ हजारभन्दा बढी मानिसहरुमा परीक्षण गरिएको थियो। यसैबीच, ती कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएका छन्। पुरा पढौ

काठमाण्डौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्सेमा पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसीपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। च्याम्पियनसीपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए। चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्। उनीहरू अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन्। पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन्। यस्तै,… पुरा पढौ

नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैं, विजेताले टोकियो ओलम्पिकमा सहभागिता जनाउने

लकडाउनपछिको करिब ८ महिनापछि नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैंछ। आगामी मंसीरको ६ गते छैटौं संस्करणको नेपालगञ्ज म्याराथन हुने भएको हो। नेपालगञ्ज म्याराथनका लागि नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त राष्ट्रिय खेलकुद परिषद् राखेपले स्वीकृति दिइसकेको छ। क्रिएटिभ ह्यान्डसले पत्रकार सम्मेलन गरेर मंसिर ६ गते नेपालगन्ज म्याराथन हुने जनाएको हो। नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले सन् २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउन पाउनेछ। यसले खेलाडीमा उत्सुकता थपिएको छ भने लकडाउनपछि खेलकुद गतिविधि नेपालगन्जबाटै सुरु हुने भएको छ। नेपाल ओलम्पिक कमिटी… पुरा पढौ

सरकारले कोरोना परीक्षण र उपचार निःशूल्क गर्ने

कार्तिक २५ काठमाण्डौं । सरकारले सबै नागरिकको कोरोना परिक्षण र उपचार निःशूल्क गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशूल्क उपचार र सरकारी प्रयोगशालाबाट निःशूल्क परीक्षण गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्रै परीक्षण तथा उपचार निःशूल्क गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि सरकार आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पताल र प्रयोशालाबाट निःशूल्क उपचार र परीक्षण गर्ने निर्णयमा पुगेको हो । यस्तै सरकारले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट परराष्ट्र मन्त्रालयको… पुरा पढौ

पोखराका १३० सहित गण्डकीमा सोमबार थपिए १९७ संक्रमित

कार्तिक २४ पोखरा । सोमबार गण्डकी प्रदेशमा थप एक सय ९७ जनामा कोभिड–१९ कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले चार चरणमा विज्ञप्ती प्रकाशित गर्दै यस्को पुष्टि गरेको हो । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी पूर्वमा… पुरा पढौ

थपिए २ हजार ५७१ कोरोना संक्रमित, १८ को मृत्यु

कार्तिक २४ पोखरा । सोमबार नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर ११ हजार १७७ जनामा गरिएको नमुना परिक्षणमा सो संख्यामा संक्रमित थपिएको हुन । आज थपिने मध्य एक हजार ५१ जना महिला र एक हजार ५२० जना पुरुष छन् । यो सहित नेपालमा हालसम्म संक्रमणको पुष्टि हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधीमा एक हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालमा… पुरा पढौ

पोखराका चार जनाको कोरोनाबाट मृत्यु

कार्तिक २४ पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विज्ञप्ति जारी गरी पोखराका २ पुरुष र २ जना महिलाको मृत्यु भएको पुष्टि गरेको हो यसरी मृत्यु हुनेमा पोखरा–१० का ८६ वर्षीय पुरुषको आइतबार फिस्टेल अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भएको छ । उनमा गत कात्तिक १९ मा कोभिड–१९ पुष्टि भएको थियो । यसैगरी, पोखरा ११… पुरा पढौ