स्वास्थ्य

दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’

भक्तपुर दधिकोटकी ४६ वर्षीय एकल महिला शारदा श्रेष्ठ साग बेचेर कमाएको रु १५५ मुटुरोगी छोरी करिनाको उपचारका लागि दोलखाकी पम्फा थापालाई हस्तान्तरण गर्दै । साग बेचेर आएको केही रकम उनि यसैगरी सहयोग गर्दै आएकि छन् । तस्वीर ः नारायण ढुङ्गाना, रासस पुरा पढौ

कोभिड उपचारमा ४ महिनामा ७ अर्ब खर्च

पछिल्लो ४ महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको समाचार छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला ४ महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उनले सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको… पुरा पढौ

विश्वमै कोरोना भाइरसबाट सबैभन्दा बढि अमेरिका प्रभावित

कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ। विगत केहि साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ।अमेरिकामा एकैदिनमा करिब १ लाख भन्दा बढिको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिने गरेका छन्। बुधबार मात्रै अमेरिकामा एकैदिन १ लाख २६ हजार भन्दा बढिलाई कोरोना संक्रमण भएको समाचार छ। अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ। अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड… पुरा पढौ

राजमो अध्यक्ष केसीलाई कोरोना संक्रमण

कार्तिक २६ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीको परिवारिक स्रोतका अनुसार आज पिसीआर रिपोर्ड पोजेटिभ आएको हो । झण्डै एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । पुरा पढौ

२५६९ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ११७४ पुग्यो

कार्तिक २५ काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ । बुधबार देशभर दुई हजार ५६९ जनाम कोरोना संक्रमित थपिएसंगै हालसमम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख दुई हजार ३२९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिने मध्य एक हजार ५६२ जना पुरुष र एक हजार सात जना महिला छन् । देशभर दश हजार ८१ जनामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधीमा एक हजार ६६६… पुरा पढौ

जिल्ला अस्पताल भवनको उद्घाटन

हुम्लाको सदरमुकाममा निर्माण सम्पन्न भएको जिल्ला अस्पताल भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनी । तस्बिर ः दाने बोहरा÷रासस पुरा पढौ

पोखराका १४५ सहित प्रदेशका थप १८२ जनामा कोरोना संक्रमण

कार्तिक २६ पोखरा । पोखराका एक सय ४५ सहित गण्डकी प्रदेशका दुई सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणको नतिजा सार्बजनिक गर्दै यसको पुष्टि गरेको हो । योसहित प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या नौ हजार ७०३ पुगेको छ । यसरी आज थपिनेमा कास्कीका १४५, बाग्लुङका १२, तनहुँका ७, नवलपुर, स्याङ्जा र पर्वतका ३–३ जना, र लमजुङका एक जना छन् । कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । उनीहरुको क्षयरोग… पुरा पढौ

कोरोनाबाट पोखरामा रुपाका एक पुरुषको मृत्यु

कार्तिक २६ पोखरा । कास्कीको रुपा गाउँपालिकामा कारोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको हो । रुपा गाउँपालिका–५ घर भएका ७२ वर्षका ति पुरुषमा गत कार्तिक २४ गते कोरोना पुष्टि भएको थियो । उनको आज विहान ८ :३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाबाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १३ पुगेको छ । पुरा पढौ

कोभिड १९ का कारण सामाजिक काममा चुनौती

विभिन्न संघसंस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका व्यवस्थापकले कोेभिड–१९ का कारण स्रोतसाधन र व्यवस्थापनलगायत विविध क्षेत्रमा समस्या झेल्नुपरेको बताएका छन् ।कोपिला नेपालद्वारा कोभिड– १९ का कारण संस्थाका व्यवस्थापनको काममा उत्पन्न चुनौतीका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सिमित स्रोत साधनबाट कर्मचारीको सेवा सुविधा, सुरक्षाामको व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका हुन् ।राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका उपनिर्देशक नितु गर्तौलाले अहिलेको अवस्थामा आफू सुरक्षित रहेर प्राप्त जिम्मेवारीलाई पूरा गर्न निकै चुनौती रहेको धारणा राखे । कार्यक्रममा नजाँदा पनि नहुने र जाँदा सङ्क्रमण भइहाले त्यसको जिम्मेवार… पुरा पढौ

क्षेत्रीय अस्पतालको क्षमता वृद्धि गरिने

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना रोकथाम र उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गरिने बताएका छन । मन्त्री गुरुङले कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारबारे भने, “अदालतले नै कोभिडको उपचार सरकारलाई निःशुल्क गर्नु भनेको छ, गण्डकी प्रदेश सरकारले पनि निःशुल्क उपचारका लागि प्रक्रिया अघि बढाएको छ ।” अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेबसाइट शुभारम्भ कार्यक्रममा उनले कोरोना सङक्रमितको उपचारका लागि गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गर्ने,… पुरा पढौ