साहित्य र कला

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

डुम्रे । गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ । प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन… पुरा पढौ

‘व्याण्डहरुको राजधानी पोखरा’को विरासत फर्काउन पोखरामा ‘व्याक टु नाइन्टिज’ हुँदै

पोखरा, माघ १३ व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका… पुरा पढौ

सोंच्दै नसोंचेको फ्यान भेटेपछि एक्कासी भाबुक बने डिमर्चा गायक भाष्करध्वज

पोखरा, माघ १२ भनिन्छ कला र संगीतको न निश्चित भाषा हुन्छ नत निश्चित भुगोलनै । यो त सर्वव्यापी हुन्छ । अर्थात कला र कलाकारको फ्यान जोपनि हुनसक्छ र जहाँपनि । यस्तै एउटा उदाहरण पोखरेली व्याण्ड डिमर्चाका गायक भाष्करध्वज श्रेष्ठको जीवनमापनि भएको छ । गत शनिबार उनी तनहुँको दमौली महोत्सवमा व्याण्डको प्रस्तुती दिन गएका थिए । स्टेज चढ्नुअघि होटलमा बसिरहेका उनले एकजना यस्ता फ्यान भेटे कि उनी आफै आश्चर्यचकित भए । जुन संयोग उनले कहिल्यै सोंचेकापनि थिएनन् । यसका कारण थिए… पुरा पढौ

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

ढोरपाटन । बागलुङ निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ । भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ । पुतली नाचसँगै यस… पुरा पढौ

सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक (भिडियो सहित)

पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । तिम्रै छ सम्झनाको म्युजिक भिडियो सार्वजनिक भएको हो। कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो भने संकलन गरिएको छ । योगेश काजीको संगीत संयोजनमा तयार भएको गीत अमन तामाङको निर्देशनमा तयार भएको हो । म्युजिक भिडियोमा टिकटक स्टार बिना राउत र कुशल कोरियोग्राफर एवम् डान्सर विवेक थापाको अभिनय रहेको छ ।गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी देखिन्छन् ।… पुरा पढौ

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने  भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक… पुरा पढौ

ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को नवौँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को नवौँ वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भयो । अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जापानी भाषा संस्कृति बिज्ञ धर्मराज अधिकारीले शुभकामना व्यक्त गर्दै अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरूले उचित शिक्षा र ज्ञान लिएर जानुपर्नेमा जोड दिए । कार्यक्रमका विशेष अतिथि एभरेस्ट एफ एमकर्मि दीपेन्द्र श्रेष्ठले शुभकामना व्यक्त गर्दै मिडियाको माध्यमबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले सहि प्रोसेस र काउन्सिलिंग गरि भाषामा दक्ष भएर जापान पठाउन र… पुरा पढौ

‘गण्डकीका धुनहरू’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा, ४० कलाकारले प्रस्तुती राख्ने

पोखरा २५ पौष । पोखरामा पौष २७ गते शनिबार आयोजना हुन लागेको मौलिक लोक भाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू (अर्केष्ट्रा) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साँगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यो ऐतिहासिक कार्यक्रम गर्न लागेको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रम मार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न पाइनेछ । राष्ट्रिय एकता दिवसको सन्दर्भमा गण्डकीमा पहिलो पटक ४० जना कलाकारहरूको सामूहिक… पुरा पढौ

पोखरेली ब्याण्ड कन्दराको ऐतिहासिक कन्सर्ट लन्डनको ओटुमा, २८ सय उपश्थित

लन्डन । पोखरेली ब्याण्ड कन्दराले शनिबार लन्डनको विश्वप्रसिद्ध इण्डिगो एट द ओटुमा ऐतिहासिक कन्सर्ट प्रस्तुत गरेको छ। गायक विवेक श्रेष्ठले नेपालबाट आएका वाद्यवादकहरूको बेजोड लाइभ संगीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे। कन्दराले आफ्नो ब्याण्ड स्थापनाको ३२ वर्षको इतिहासमा यो ओटु सांझलाई ‘अविष्मरणीय’ भनेको छ र यसै स्टेजमा आफ्नो ३२ औं वार्षिकोत्सव पनि मनायो। आयोजक मामाघर इन्टरटेन्मेन्टका अनुसार कन्सर्टमा झण्डै २८ सय दर्शक उपस्थित थिए। सो अवसरमा गायक श्रेष्ठले झण्डै डेढ दर्जन नयां पुराना गीत गाए ।गायक श्रेष्ठले तगारोमा रुमाल,… पुरा पढौ

हरिदेवीको ‘चरीको घर’ र रीताको ‘बेरीतका रीतहरु’ सार्वजनिक, रीता न्यौपाने पहारीको अध्यक्षतामा स्रष्ट्रा समाज घोषणा

पोखरा । साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन “चरीको घर” र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन “बेरीतका रीतहरु” सार्बजनिक गरिएका छन् ।नेपाल स्रष्टा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बरिष्ठ साहित्यकार सरुभक्त, कृतिकारलगायतले पुस्तकहरु सार्वजनिक गरे । कोइरालाको दशौं कृति “चरीको घर”मा पन्ध्र बालकविता छन् । आफ्ना गीतहरु पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि कोइरालाले सुनाइन् । शिक्षणबाट सेवा निवृत्त कोइरालाले… पुरा पढौ