वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्रै पुस्तकालय स्थापना गरिएको छ । विश्व हिन्दू युवा सङ्घले गाउँपालिकाको व्यवस्थापन तथा सहयोगमा पुस्तकालय स्थापना गरेको हो । विशेषगरी धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्कृत भाषाका पुस्तकसहित अन्य पुस्तक पुस्तकालयमा राखिएको विश्व हिन्दू युवासङ्घ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताए। “धर्म, संस्कार, संस्कृतिको संरक्षणसँगै यसको प्रचारप्रसार गर्ने, यसको महत्वका बारेमा सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने आवश्यकता ठानेका छौँ”, उनले भने, “विशेषगरी युवापुस्तालाई धर्म संस्कार, संस्कृति तथा इतिहासका बारेमा जानकारी गराउनसके संस्कार संस्कृतिको संरक्षणमा ठूलो…
पुरा पढौ