साहित्य र कला

हातले लेखेको कलात्मक चिठ्ठीबाटै शुभचिन्तकलाई हल्कारा हेर्न निम्तो

पोखरा। वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत्  शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो। चिठी युगको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा हल्काराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।विक्रम सापकोटाले निर्देशन गरेको फिल्मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय रहेको छ। फिल्मले अमेरिकाको प्रतिष्ठित वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा ३ विधामा अवार्ड समेत जितेको थियो। निर्माण टिमले हातले लेखिएको पत्रमार्फत् निम्तो दिने शैलीबारे… पुरा पढौ

चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक

पोखरा । चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ । सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलाई फिचर गरिएको छ । “ए साथी सुन” लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्र… पुरा पढौ

पोखरामा हुने अन्तराष्ट्रिय नाटक समिनारको तयारी अन्तिम चरणमा

वैशाख २४ पोखरा । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । नाट्यप्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । यहि वैशाख २८ गतेदेखि ३ दिनसम्म पोखरामा चल्ने उक्त सेमिनारमा नेपालका विभिन्न स्थान लगायत भारतबाट समेत विषयविज्ञ सहभागि हुने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले बताए । सो सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्रा.डा पोखरेल लगायत प्रा.डा सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ,… पुरा पढौ

पोखरामा कुमार नगरकोटीको आख्यान लेखन कार्यशाला हुने

पोखरा । साहित्यमा नयाँ नयाँ प्रयोग गरिरहने लेखक कुमार नगरकोटीले अब आफ्नो नयाँ प्रयोग आख्यान लेखन कार्यशालामार्फत गर्ने भएका छन् । उक्त कार्यशाला यही बैशाख २२ देखि २४ गतेसम्म पोखरामा हुने भएको छ । लेखनमा आफ्नो निजी अनुभवका साथमा नगरकोटीले आख्यानका विविध पक्षहरुमा प्रस्तुति दिनेछन् । कार्यशालाको प्रशिक्षक रुपमा उनी पहिलो पटक पोखरामा प्रस्तुत हुँदैछन् । तीन दिनसम्म चल्ने सो कार्यक्रमको आयोजक संस्था नौलो बहस हो । यस किसिमको कार्यक्रम विदेशतिर प्रायः भइरहने भएता पनि नेपालमा भने यस किसिमको कार्यशाला… पुरा पढौ

धवलागिरिका सहित्यको थप अनुसन्धान आवश्यक

पर्वत । धवलागिरि क्षेत्रको साहित्यिक इतिहास र साहित्यकारका बारेमा थप खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पर्वत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित ‘धवलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठीमा सहभागिले धवलागिरिका साहित्यका बारेमा थप खोज र अनुुसन्धान गर्नका लागि सामूहिक प्रयास गर्न सुझाव समेत दिए । कार्यक्रममा साविकको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा कविता लेख्ने क्रमको सुरुआत भएको प्राचीन अवस्थादेखि आधुनिककालसम्मको अवस्थामा भएका विकासक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल भएको… पुरा पढौ

२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने

पोखरा, बैशाख १६ पोखरा सांस्कृतिक सहर हो । यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन् । संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन् । पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रालगायतका जात्राहरु हुने गरेका छन् । त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेरपनि चिनिन्छ । तिनै जात्राहरु मध्येको एक जात्रा बाघजात्रापनि हो । एक सय वर्ष भन्दा अघिदेखि शुरु गरिएको यो जात्रा अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो २३ वर्षदेखि यो जात्रा आयोजना हुन सकेको छैन । २०५७ सालमा… पुरा पढौ

जुनको उज्यालो हेरेर बसेको

जुनको उज्यालो हेरेर बसेको छु अधेरी रातमामनमा खुसी पलाउँछ आइदेउन् साँझमामैले मन देखि माया गर्छु थाहा छतिम्रो साथमा जीवन जिउँदा मन खुसी छ हृदयमा काउकुती लाग्छ मनमा माया बस्दासुनौँ सुनौँ लाग्छ मलाई उनको जीवन कथाशीतल झरनालाई सुन्दर बिहानीले बोलाउँछउनको सुन्दर रूप मेरो सामु सधैँ आउँछ खुसी भयो मन जाऊ है गाउँपारिखेलेका थियौ हामीले लुकामारीसधैँ एकनासले कहाँ चल्छ जिन्दगीआइदेउन मेरो सामु बनाएर मन खुसी पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिदै

कास्की । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो । उहाँका अनुसार गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङलाई सम्मान… पुरा पढौ

कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना

प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ । कोषको उपाध्यक्षमा शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उपप्राध्यापक हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोविन्द गौतम रहेका छन् । यसैगरी, समितिका सदस्यहरुमा क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ र पन्त समाज बागलुङका अध्यक्ष… पुरा पढौ

‘आमा भनेकै आमा हुन्’ : गीत लोकार्पण

वैशाख ६ पोखरा । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् । गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका… पुरा पढौ