समाचार

उद्योगी व्यवसायीको र लगानीकर्ताको मनोवल वृद्धि गर्नु आवश्यक छ : अर्थमन्त्री चुमान

वैशाख २९ पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले अहिले नेपालको अर्थतन्त्र सङ्कटमा नभएको बताउँदै उनले उद्योगी व्यवसायीको र लगानीकर्ताको मनोवल वृद्धि गर्नु आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको दोस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने खालका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गरे । “नेपालको अर्थतन्त्र कहिल्यै पनि सङ्कटमा छैन, विविध कारणले व्यापार व्यवसाय चलायमान बन्न नसकेको मात्र हो ।” मन्त्री चुमानले भने, “प्रदेश… पुरा पढौ

नेवाः खलः कास्कीको चर्या तथा धिमे बाजा नृत्य प्रशिक्षण सम्पन्न

वैशाख २९ पोखरा । नेवाः खल कास्कीले आयोजना गरेको तीन हप्ते नेपाली मौलिक चर्या तथा धिमे बाजा नृत्य प्रशिक्षण आज समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको पुस्ताले अब आउने पुस्ताका लागि आफ्नो कला, संस्कार, संस्कृति, रितिरिवाज र सभ्यतालाई हस्तान्तरण गर्न जरुरी भएको बताएका छन् । हाम्रो पुस्ताले अहिले सिकेको चर्या, नृत्य, धिमे बाजा नाच वा भैरव नृत्य अबको सय वर्षसम्म जिवन्त रहने र त्यसका लागि संरक्षण, प्रवर्धनको पुस्ता तयार भईसकेकोमा गर्व लागेको बताए… पुरा पढौ

अन्नपूर्णमा शिक्षक अभिमूखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

वैशाख २९ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको विशेष अभियान अन्नपूर्ण गाउँपालिका समिति, कास्कीको आयोजनामा March to Local Level 2024 कार्यक्रम सम्पन्न भएको छ । साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आयोजना गरिएको अभियान अन्तर्गत प्रदेश र जिल्ला स्तरका अभिमूखिकरण कार्यक्रम पछि स्थानीय पालिकाहरुमा अभिमूखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका कोषाध्यक्ष एवम् अन्नपूर्ण इन्चार्ज माधव पाहारीले उद्घाटन गरे । उनले शिक्षकहरु कक्षाकोठामा अब्बल र समुदायमा अनुकरणीय हुनुपर्ने बताए । उनले भने, “शिक्षकहरु… पुरा पढौ

नरहरि भट्टराईको उपन्यास ‘शान्ति’को लोकार्पण

वैशाख २९ पोखरा । पोखरेली श्रष्टा नरहरि भट्टराईद्वार लिखित ‘शान्ति’उपन्यासको लोकार्पण भएको छ । शनिवार शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले आयोजन गरेको कार्यक्रममा संस्कृतिकर्मी प्रा डा कुसमाकर न्यौपानेले उपन्यास विमोचन गरे । कार्यक्रममा बोल्दै प्रा डा न्यौपानेले बाटुलेचौर क्षेत्र नेपाली भाषा साहित्य र शिक्षाका लागि उर्भर थलो भएको बताउँदै यस क्षेत्रबाट निरन्तर कृर्तिहरु प्रकाशन भइरहेकोमा खुशी व्यक्त गरे । साहित्यका साधक नरहरि भट्टराई जस्तो असल गुरू र व्यक्तित्वको कृर्ति लोकार्पण गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेका बताए । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ… पुरा पढौ

यु–२३ बास्केटबल प्रतियोगिता पिप्ले र केबीए फाइनलमा

वैशाख २९ पोखरा । पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनल खेलमा केबिए सेतोले अर्चलबोटलाई ५३–४५ को स्कोरमा हराउदै फाइनलमा पिप्लेको भेट पक्का गरेको हो । बैशाख २८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टीमको सहभागीता रहेको थियो । सनिबार नै भएको क्वाटरफाइनलमा… पुरा पढौ

रुपाहिल कप फुटसलको उपाधि निरमाया दोहोरी साँझलाई

पोखरा । पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे । उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल… पुरा पढौ

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी

वैशाख २९ पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताएका छन् । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिए । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरै काम गर्न बाँकी रहेको उनले बताए ।‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र… पुरा पढौ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

वैशाख २९ सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । घटनास्थलबाट शेर्पाको शव… पुरा पढौ

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

वैशाख २९ काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै… पुरा पढौ

जग्गा तथा आवास व्यवसायलाई मर्यादित बनाउनु पर्छ : अध्यक्ष लोहनी

वैशाख २९पोखरा । नेपाल जग्गा तथा आवास विकास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले जग्गा तथा आवास व्यवसायलाई मर्यादित बनाउन नीतिगत सुधारको खाँचो भएको बताएका छन् । जग्गा तथा अवास विकासको व्यवसाय अति महतवपूर्ण र राज्यको शहरी विकास आयोजनाहरुका लागि नभई नहुने शसक्त अंगको रुपमा रहेकोले यसलाई हेयको दृष्टिले हेर्न नहुने बताए । गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको २० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै प्रमुख अतिथि लोहनीले सो कुरा बताएका हुन् ।… पुरा पढौ