समाचार

सिद्धार्थ क्लब पोखराद्धारा भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण

पोखरा । सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका–५ देउराली खडागाउँ स्थित भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण गरेको छ । जाडो मौषमलाई मध्यनजर गरि क्लवले विद्यालयका २८ जना बालबालिकाहरुको लागी न्यानो कपडा (स्विटर, टोपी र मोजा) वितरण गरेको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी तथा रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजन खनालले सिद्धार्थ क्लबले आफ्नो वडाका विद्यालयहरुमा विगत देखी शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा धन्यबाद व्यक्त व्यक्त गरे । जाडो मौसममा न्यानो कपडा वितरण… पुरा पढौ

सती कथा संग्रहको विमोचन

पोखरा । कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ । कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन् । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे । समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाइ छ । कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताए । समाजिक यथार्थता,… पुरा पढौ

पोखराबाट बस चोरी, बस सहित एक बालक चितवनबाट पक्राउ

पोखरा । पोखरामा बस चोरी गरी चितवन लैजाँदै गर्दा एक जना बालक पक्राउ परेका छन् । बस चोरी गरि चितवन भरतपुर लैजादै गर्दा तनहुँको म्याग्दे गा.पा. वडा नं.३ का १७ वर्षका बालक चितवनको आँपटारीबाट पक्राउ परेका हुन् । यहि २२ गते राति पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको थियो । बस चोरी भएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । उक्त बस सहित बालकलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा… पुरा पढौ

उपन्यास सन एण्ड स्यडोज लोकार्पण

पोखरा । लेखक एन एच मानन्धरको उपन्यास सन एण्ड स्यडोज लोकार्पण भएको छ । पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो। भर्खर अंकुराउन थालेको प्रेममाथि परेको आघातले पात्रका जीवनलाई फरक गोरेटोमा डोहोर्याएपछिका घटना र समाजका अनगिन्ती आयामसँग उनिदैँ बग्ने कथाले जातीय तथा लैङ्गिक विभेद, भ्रष्टाचार अनि परिवारभित्रको द्वन्द्व समेटेको लेखकले सुनाइन्। आख्यानका रूपमा आएको भएपनि पात्रहरूका भोगाई र तिनले बाँचेका समयले पाठकलाई कैयन्ले बाँचेको कथासँग साक्षात्कार गराउने… पुरा पढौ

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बालुवा झिक्न नपाउँदा आयोजनाको काम रोकिने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने निर्णय भएको थियो तर अदालतको आदेशबाट ती स्थानमा नदीजन्य सामग्री उत्खनन रोकिए पनि आयोजनाको काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । सर्वोच्च… पुरा पढौ

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक हुनेछ । सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन–पोखरा सडक आयोजना९पश्चिम खण्ड०का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिनुभयो । राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल… पुरा पढौ

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । नेपाल सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । परियोजनाको गुरुयोजना तयार भइसकेकाले सरकारले यसलाई लगानी सम्मेलनमा समावेश गर्ने उनले विश्वास व्यक्त गरे । नगरप्रमुख न्यौपानेले व्यासको वृहत्तर र एकीकृत विकासका सम्बन्धमा विज्ञहरुसँग पटक–पटक छलफल… पुरा पढौ

पोखरामा स्कुटर चोरी आरोपमा बालक पक्राउ

पोखरा । पोखरामा पार्किङ गरिराखेको स्कुटर चोरी गरेको ओपमा एक बालक पक्राउ परेका छन् । चोरीको आरोपमा बाग्लुङ स्थायी घर भई हाल पोखरा १६ दिपमा बस्ने १७ वर्षका बालकलाई पक्राउ परेका हुन् । यहि १९ गते पोखरा ३ नदिपुरमा ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १ बगरमा ग ८ प ९९३ नम्बरको स्कुटर हराएका थिए । प्रहरीले हराएका स्कुटरको खोजतलासकै क्रममा उक्त बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटर सहित फेला पारेको थियो । यसैक्रममा अनसन्धान गर्दै जाँदा… पुरा पढौ

गीत संगीतमा सक्रिय शान्ति श्रीस मगर, सार्वजनिक गरिन् ‘जाम हिड साइली’(भिडियो सहित)

पोखरा । गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ । गायिका शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको… पुरा पढौ

गाई गोरुको छाला नपाउदा मादल बनाउने व्यवसाय संकटमा

वालिङ । मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै सङ्कटमा पर्न थालेको छ । मादललगायत बाजा बनाउन आवश्यक पर्ने विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै सङ्कटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउछन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कारागार चोकमा मादल बनाउँदै आएका उनले मादललगायत बाजा बनाउन माग भए पनि छालाको अभावले मागअनुसारको मादल बनाउन नसकिएको बताए । “हामीले यहीँ नै पूखौँदेखि मादल बनाउने पेसा अङ्गाल्दै आएका हौँ पहिला छालाको अभाव थिएन तर आजभोलि गाई–गोरुको छाला पाइदैन,… पुरा पढौ