समाचार

विमान दुर्घटना : प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

माघ १ पोखरा । पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गरेका छन् ।प्रदेश प्रमुख गुरुङले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । दुर्घटनाबाट गण्डकी प्रदेशसहित सिङ्गो मुलुक स्तब्ध भएको भन्दै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । रासस पुरा पढौ

हवाई दुर्घटना संगै रोकिएको पोखरा महोत्सव सोमबारदेखी पुन सञ्चालन हुने

माघ १ पोखरा । पोखरा महोत्सवमा माघ दुई गतेका पूर्व निर्धारित कार्यक्रमहरु निरन्तर हुने भएको छ । पोखरा महोत्सवको पांचौ दिन पोखरामा जहाज दुर्घटनाका कारण शोक मनाउदै महोत्सवका सम्पूर्ण गतिविधीहरु स्थगित गरिएपनि छैठौ दिन सोमबार भने पूर्वनिर्धारित तालिका अनुसार नै पोखरा महोत्सव सञ्चालन हुने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारले भने पोखरामा हवाइजहाज दुर्घटना भएको जानकारी पाउना साथ महोत्सवलाई स्थगित गरेकोमा हामीले दर्शक प्रति क्षमा प्रार्थी छौ । महोत्सवलाई साथ दिने दर्शकहरुप्रति पुग्न गएको असुविधा प्रति… पुरा पढौ

पोखरामा भएको जहाज दुर्घटनामा ६८ को मृत्यू, चार अझै बेपत्ता

पोखरा, माघ १ पोखरामा आईतबार भएको जहाज दुर्घटनामा ६८ जनाको मृत्यू भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ढल्–ब्ल्ऋ कलसाईन भएको यति एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको सेतीनदी खोंचमा दुर्घटनाग्रस्त हुँदा उनीहरुको मृत्यू भएको कास्की प्रहरीले जनाएकोछ । ७२ जनामध्ये ४ जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीको भनाई छ । काठमाडौंबाट पूर्वाह्न १०ः३३ बजे उडेको जहाज १० बजेर ५८ मिनेटमा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परेको विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको… पुरा पढौ

यती एयर दुर्घटना : मृतकका आफन्तलाई भोलि मात्रै शव बुझाइने

पोखरा । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेकामध्य ११ जनाको शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । संकलित शवहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोसमार्टमका लागि ल्याउने क्रम जारी रहेको छ । सनाखत भएका शवलाई भोलि मात्रै मृतकका आफन्तलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । सनाखत हुन बाँकी शव काठमाण्डौं लगिने प्रशासनले जनाएको छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित… पुरा पढौ

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।… पुरा पढौ

सेती खोंचमा खसेकाले उद्धारमा कठिनाई

पोखरा, माघ १ पोखरामा दुर्घटनामा परेको जहाज सेतीको खोंचमा खसेको छ । काठमाडौंबाट पोखरा आइरहेको यती एयरलाईन्सको ढल् ब्ल्ऋ ब्त्च्–ठद्द जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा समस्या आएपछि जहाज दुर्घटनामा परेको थियो । जहाज पुरानो विमानस्थल र सीताराम केसी ग्रुपले निर्माण गरेको हाउजिङको बिचमा रहेको सेती खोंचमा खसेको अवस्थामा भेटिएको हो । खोंचमा खसेकाले उद्धारमा कठिनाई भएको छ । खसेलगत्तै प्रहरी पुगेर उद्धार गरिरहेको छ । तर… पुरा पढौ

उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको आह्वान

पोखरा, माघ १ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन् । मुख्यमन्त्री अधिकारीले आइतबार एक विज्ञप्ती जारी गर्दै उनले यति एयरलाईन्सको विमान दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका हुन् । मुख्यमन्त्री अधिकारीले जहाज दुर्घटना स्थल पुगेर आफूले अवलोकन गर्नुका साथै त्यहाँको अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन् । आफूले उद्धारमा खटिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई तत्काल खोज, उद्धार र उपचारमा खटिन निर्देशनपनि दिएको बताएका… पुरा पढौ

कराेडाैँको लगानीमा कालिज फार्म

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन्। करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए । केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ । कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए । हरेक कालिजले… पुरा पढौ

‘प्रसाद २’ को प्रदर्शन मिति तय

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ । फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए । “प्रारम्भिक सम्पादन र ध्वनिको काम छायाङ्कनमै भएको छ । हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका… पुरा पढौ

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन पिविएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर… पुरा पढौ