समाचार

बढ्यो सुनचाँदीको मूल्य

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।साताको दोस्रो दिन आज बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेर ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

फिफा विश्वकप: अमेरिका नकआउट चरणमा प्रवेश

अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘बी’ अन्तर्गत अल थुमामा रंगशालामा मंगलबार भएको समूह चरणको खेलमा इरानलाई १–० ले हराउँदै अमेरिका नकआउट चरण प्रवेश गरेको हो। अमेरिकालाई जित दिलाउन ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेताको रुपमा र अमेरिका उपविजेताको रुपमा अन्तिम–१६ मा प्रवेश गरेका हुन्। एजेन्सी पुरा पढौ

फिफा विश्वकप: इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश

इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत मंगलबार भएको समूह चरणको निर्णायक खेलमा जित निकाल्दै समूह इंग्ल्यान्डले नकआउट चरणमा प्रवेश गरेको हो। कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले २ र फिल फोडेनले १ गोल गरे। खेलको ५० औं मिनेटमा रासफोर्डले इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसको अर्को मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे। रासफोर्डले नै खेलको… पुरा पढौ

फिफा विश्वकप: सेनेगल नकआउट चरणमा प्रवेश

अफ्रिकी मुलुक सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध पार्दै नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो। खालिफा रंगशालामा भएको खेलमा सेनेगलललाई जिताउन इस्माएला सार र कालिडु कौलीबालीले गोल गरे। इक्वेडरका मोइसेस काइसेडोले गोल गरे। इस्माएला सारले ४४ औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि खाता खोले। विपक्षी पिएरो हिन्कापीले डिबक्सभित्र फल खेलेपछि सेनेगलले पेनाल्टीको मौका पाएको थियो। त्यसपछि ६७ औं मिनेटमा… पुरा पढौ

फिफा विश्वकप: नेदरल्यान्ड्स नकआउट चरणमा

नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हराउँदै नकआउट चरणमा स्थान बनाएको हो। समूह ‘ए’ बाट जितसँगै नेदरल्यान्ड्स समूह विजेता र सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्। आयोजक कतारको टोली एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएको छ। अल बायट स्टेडिममा भएको खेलमा नेदरल्यान्ड्सलाई जिताउन कोडी गाक्पो र फ्रान्की डे जोङ गोल गरे। गोक्पोले २६ औं मिनेटमा वान भर्सेस वानमा गोल गरे। त्यसपछि, फ्रान्क डे… पुरा पढौ

१६१ क्षेत्रको मतपरिणाम सार्वजनिक, ४ स्थानको बाँकी

निर्वाचन क्षेत्रतर्फ प्रतिनिधि सभा सदस्यका लागि हालसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब, १६५ मध्ये ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो मत गणनाको नतिजाअनुसार सुनसरी–४ मा मतगणना जारी छ। सुनसरी–४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ। उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन्। कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन्। दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना… पुरा पढौ

सुनसरी–४ मा कार्की ३२२ मतले अगाडि

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रतालाई कायम राखेका छन्। सूचना तथा संचार प्रविधि मन्त्रीसमेत रहेका कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार जगदीशपैसाद कुसियैतभन्दा ३२२ मतले अग्रता लिएका छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले २५ हजार ९४४ मत प्राप्त गर्दा कुसियैतले २५ हजार ६२२ मत प्राप्त गरेका छन्। सुनसरी–४ मा मतगणनामा विवाद हुँदा रोकिएपनि मंगलवार साँझदेखि मतगणना पुन: थालिएको हो। पुरा पढौ

उदयपुर–१ बाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री डा खड्का निर्वाचित

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री डा नारायण खड्का निर्वाचित बनेका छन्। नेपाली काँग्रेसका उम्मेदवार डा खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जुकुमारी चौधरीलाई २ हजार ३७९ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका डा खड्काले ३१ हजार २७० मत पाएका छन्। त्यस्तै, डा. खड्काका निकटतम प्रतिद्वन्द्वी मञ्जुकुमारीले २८ हजार ८९१ मत पाएकी छिन्। पुरा पढौ

सुनसरी–३ बाट प्रतिनिधिसभामा एमालेकी भगवती निर्वाचित

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी महिला उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी छिन्। भगवतीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयकुमार गच्छदारमाथि ५ हजार १८८ को फरक मतान्तर निकाल्दै प्रतिनिधिसभा सदस्यका लागि विजयी बनेकी हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार भगवतीले ४० हजार ७८८ मत प्राप्त गरिन् भने वाम विजयकुमार गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे। पुरा पढौ

एकाघरका २ दाज्यूभाई लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित

एकाघरका २ दाज्यूभाइलाई लुम्बिनी प्रदेशसभा सदस्य बन्ने अवसर मिलेको छ। लुम्बिनी प्रदेशसभाका लागि दुबै दाज्यूभाईले नेकपा एमालेबाट उम्मेदवार बन्दै चुनाव जितेका हुन्। पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं (१) बाट राजुप्रसाद श्रेष्ठ (भाई) र रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजू) निर्वाचित भएका हुन्। पाल्पा–१ को प्रदेशसभा (१) बाट राजुप्रसादले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३९० को फरक मतान्तरले जित हात पारेका हुन्। मतगणनाको अन्तिम नतिजाअनुसार राजुप्रसादले १७ हजार ६४२ मत पाउँदा… पुरा पढौ