समाचार

भण्डारढीक रंगशालाको मुहार फेरियो, अब राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्न पहल गर्छु : कोईराला

पोखरा, कात्तिक २४ कास्की क्षेत्र नम्बर १ (१) का गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार बनेका दीपक कोईरालाले लेखनाथको भण्डारढीकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्ने बताएका छन् । कोईरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा भण्डारढीक रंगशालाको मुहार फेरिएको बताउँदै अब फेरी आगामी निर्वाचनमा बिजयी भएमा उक्त रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रुपमा स्तरोन्नती गर्ने योजना रहेको बताएका हुन् । खेलकुदसँग मेरो विशेष सम्बन्ध र लगाव छ । अनि अनुभव पनि छ,उनले भने,‘क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)को कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद… पुरा पढौ

डेङ्गुका बिरामी बढे

देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा… पुरा पढौ

गठबन्धनको प्रतिबद्धता : सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले सुकुम्बासीका आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । कास्की २ मा पर्ने पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता पत्रमा उल्लेख छ । गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकास शिर्षक विभिन्न प्रतिवद्धता जनाएको छ । जसमा स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने भनिएको… पुरा पढौ

पोखरा विमानस्थलको रनवे छोटो छ, ३ हजार मिटरको बनाउन पहल गर्छु : उमेदवार बराल

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उमेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् । विहिबार पर्यटन व्यवसायीहरु सँगको छलफलमा उमेदवार बरालले गण्डकी प्रदेश र राजधानी पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन् । पर्यटन व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबद्र्धन हुने विश्वासका साथ ठुलो लगानी… पुरा पढौ

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए । उनले गत वर्ष रु ५५ लाखको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए । यस वर्ष… पुरा पढौ

विन्दु थापाको प्रतिबद्धताः पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइ अल्टिच्युड खेल मैदान

पोखरा । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक… पुरा पढौ

दुर्गाका विकासे एजेण्डा : विन्ध्यबासिनी–सराङकोट–कास्कीकोटको बाटो चक्ल्याउने, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थित गर्ने

पोखरा । कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले आफ्नो विकासे एजेण्डामा विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट चक्ल्याउने महत्वकांक्षी योजना राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता उनी पार्टीको गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक खण्ड चक्ल्याउने महत्वकांक्षी योजना ल्याएका हुन् । यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा… पुरा पढौ

कास्की २ गटबन्धनका उम्मेदवार भन्छन्, ‘निरासालाई आसामा परिणत गर्छौंं’

पोखरा २४ कात्तिक । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्कीमा गठबन्धनको तर्फबाट प्रतिनिधिसमा सदस्य उम्मेदवार श्रीनाथ बरालले जनताको निरासालाई आसा र भरोसामा परिणत गर्ने बताएका छन् । पोखरा १६ अर्मलाको डि गाउँमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशमा राजनीतिक परिवर्तन भएको तर जनताको अवस्थामा परिवर्तन नआउँदा निरासा पनि छाएको उनले उल्लेख गरे । ‘राजनीतिक परिवर्तन भयो । हाम्रो अवस्था परिवर्तन भएन । यहीँ गरिखाने अवस्था नरहँदा विदेशीनुपर्ने बाध्यता युवापंक्तिमा छ । घरगाउँमा अहिले बुढा… पुरा पढौ

‘उल्लेरीलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउँछौं’ : पहारी

कार्तिक २७,पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले उल्लेरीलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने बनाएका छन् । अन्नपूर्ण गाउँपालिका–९ स्तिथ उल्लेरीमा बिहीबार भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तव्य पुन हिल जोड्ने स्थल भएकाले पर्यटकिय दृष्टीकोणबाट उल्लेरी महत्वपूर्ण स्थान भएको उल्लेख गरे । उनले यसअघि आफ्नों कार्यकालमा विरेठाँटी–दाङसिङ–मोहरिया हुँदै आउने मुक्ति मार्ग निर्माण गरेपनि त्यसले पूर्णता भने नपाएको जनाए । त्यसलाई पूर्णता दिलाउनका लागि पनि पुनःआफ्नों उम्मेदवारी भएको पहारीको भनाई थियो… पुरा पढौ

कास्की १(ख) का उम्मेदवार दिपक भन्छन् : निर्वाचनपछि पनि तपाईँसँगै हुन्छु

पोखरा, । आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्क क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् । पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहने काम गर्ने बताए । उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउने प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन् । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन्… पुरा पढौ