समाचार

दर्शन सहकारीको १६ औं साधारण सभा सम्पन्न

दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराले उत्कृष्ट विद्यार्थी र असल अभ्यासकर्तालाई सम्मान गरेको छ । सहकारीको १६ औंसाधारण सभाका अवसरमा दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी शुदेश उच्चै, शौरभी मल्ल,असल सहकारी अभ्यासकर्ताहरु रञ्जना कुमारी शाही, लिल बहादुर सेन र पुष्प कुमारी मल्ल, असल कर्मचारी दिपा शाही मल्ल र संगिता मल्ल तथा जेष्ठ शेयर सदस्यहरु श्यामदेवी मल्ल र बीरेन्द्र हमाललाई सम्मान गरिएको हो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सहकारीका सस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरब… पुरा पढौ

पोखरेली सर्जक दुर्गादेवीको ‘भावनाको चित्र’ सार्वजनिक

पोखरेली सर्जक दुर्गादेवी बस्नेत गौतमको कविता संग्रह ‘भावनाको चित्र’ सार्वजनिक भएको छ । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले सोमबार आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कृतिको लोकार्पण गरिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले भावनाबाट अभिव्यक्त विचारलाई सुन्दर शिल्पी दिनु नै साहित्य भएको बताउँदै, यसले समाज र संस्कृतिलाई जोड्ने बताईन् । उनले जनप्रतिनिधि भएर पनि बस्नेत साहित्यका बिभिन्न विधामा क्रियाशिल रहेको भन्दै प्रशंसा गरिन् ।पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बिभिन्न कठिनाईका बीच पनि साहित्य र समाजलाई सँगै… पुरा पढौ

पृथ्वी राजमार्ग ६ घण्टा बन्द हुने

पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज राती ६ घण्टा बन्द हुने भएको छ । आज राती ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म राजमार्ग बन्द हुने जनाईएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिईन् । गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज… पुरा पढौ

गोरखाको चुम उपत्यका पुगेका पर्यटक अलपत्र

भ्रमणका क्रममा गोरखाको चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् । आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन् । हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताए । कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उनले जानकारी दिए । मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन् । कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्पारका होटल… पुरा पढौ

विशालनगर टोल विकास संस्थामा कृष्ण कुमार

पोखरा महानगरपालिका–१४ मा रहेको विशालनगर टोल विकास संस्थाको अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको सम्पन्न तेह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल, सचिवमा शान्ता देवकोटा र कोषाध्यक्षमा यशोदा गौतम चयन हुनुभएको छ। त्यसैगरी, कार्यसमिति सदस्यहरूमा बाबुराम रेग्मी, नानु गुरुङ, रुबी गुरुङ, दिनेश पन्त र सुनिता न्यौपाने चयन भएको निर्वाचन मण्डलका संयोजकमा मनोज गुरुङले जानकारी दिए । गुरुङको संयोजकत्वमा ।हेको समितिमा तिलक प्रसाद तिवारी… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसको ३५ औं क्याम्पस सभा सम्पन्न

कालिका बहुमुखी क्याम्पस पोखराको ३५ औं क्याम्पस सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै क्याम्पसका संरक्षक ले.कर्नेल जे. पि. क्रसले कालिका क्याम्पसबाट प्राप्त शिक्षाको ज्योती देश, विदेश सम्म फैलिएको बताउँदै खुशी व्यक्त गरेका छन् । उनले ब्रिटिस इन्डियन आर्मीमा रहँदा, सेवा प्रवेशको सुरुवाती दिनहरूमा कुनै नेपाली सिपाहीले नामसमेत स्पष्टसँग भन्न नसक्दाको क्षणलाई स्मरण गरे । त्यही प्रेरणा र चेतनाका कारण नेपालमा आई शिक्षाको क्षेत्रमा योगदान पु¥याउने दृढ निर्णय लिएको उनले स्मरण गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सी.ले… पुरा पढौ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ । गाउँपालिकाले विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको थियो । पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकामा पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरुबाट नगद सहयोग रकम रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जम्मा भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार प्राप्त भएको रकम यसबाट तत्काल… पुरा पढौ

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्ेको छ । सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको लाम लागेको छ ।पोखराका विन्ध्यवासिनी, ताल बराही, अकलालगायतका शक्तिपीठमा पनि भक्तजनको घुईचो लागेको छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वाजापताकाले सिँगारिएको छ… पुरा पढौ

अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए । उनले भने, “पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु,गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति… पुरा पढौ

गुरुङ गहना घर प्रालिको रक्तदानमा ११४ युनिट रगत संकलन

गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १४ युनिट रगत संकलन भएको छ । गुरुङ गहना घर प्रा.लि.को पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अघिल्लो वर्षमाजस्तै यस वर्ष पनि १ सय १४ युनिट नै रगत संकलन भएको सञ्चालक सीमा गुरुङले जानकारी दिईन् । रक्तदान कार्यक्रममा रक्तदान गर्न ग्राहक तथा शुभेच्छुकहरु स्वतःस्फूर्त रुपमा सहभागी भएका थिए । गुरुङ गहना घरको परिसर, न्यूरोडमा विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म चलेको रक्तदान कार्यक्रमको अवसर… पुरा पढौ