समाचार

पोखरा–१९ को वडाध्यक्षमा काँग्रेसलाई पछ्याउँदै एमाले

पोखरा महानगरपालिका वडा नं १९ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसलाई नेकपा (एमाले) ले पछ्याउँदैछ। हालसम्म गणना गरिएको ४००० मतमध्ये २३१ मतान्तरमा काँग्रेसलाई एमालेले पछ्याउँदैछ। सार्वजनिक मत परिणामअनुसार काँग्रेसले १९५१ मत पाउँदा एमालेले १७२० मत प्राप्त गरेको छ। त्यसैगरि, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा भने एमालेले अग्रता लिएको छ। सार्वजनिक मत परिणाममध्ये महिला सदस्यमा एमालेले १९३४ मत ल्याउँदा काँग्रेसले १४२७ मत प्राप्त गरेको छ। त्यस्तै, दलित महिला सदस्यमा एमालेले १८२४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत, समाजवादी) को… पुरा पढौ

पृथ्वीको आकस्मिक रक्तदानमा १०१ युनिट रगत संकलन

पृथ्वी होटल व्यवसायी समितिको आकस्मिक रक्तदान कार्यक्रममा १०१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि रक्त सञ्चार केन्द्र पोखराको सहयोगमा समितिले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका उपप्रमुख दण्डराज शर्माले पहिलो रक्तदाता मन्दिरा अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका उपप्रमुख शर्माले पोखरासहित अहिले देशैभर रगतको अभाव भएको बताए । उनले सामाजिक संघसंस्थाले गरेको रक्तदानले नै रगतको अभाव पूर्ती हुने भन्दै पृथ्वी… पुरा पढौ

पोखरा–१८ को वडाध्यक्षमा १३ को झिनो मतान्तरले एमाले अगाडी

पोखरा महानगरपालिका वडा नं १८ को वडाध्यक्ष पदमा पनि नेकपा (एमाले)ले अग्रता लिएको छ। हालसम्म गणना गरिएको २००० मतमध्ये एमालेले काँग्रेसलाई १३ को झिनो मतान्तरले पछाडी पारेको छ। सार्वजनिक मत परिणाममध्ये नेकपा (एमाले) ले ७२९ मत ल्याउँदा काँग्रेसले ७१६ मत ल्याएको छ। महिला सदस्य, दलित महिला सदस्य र खुल्ला महिला सदस्यहरुमा पनि एमालेले नै लिड गरेको छ। सार्वजनिक मत परिणाममध्ये महिला सदस्यमा एमालेले ८३४ मत ल्याउँदा काँग्रेसले ६७० मत ल्याएको छ। त्यस्तै, दलित महिला सदस्यमा एमालेको ८३४ मत आउँदा काँग्रेसले… पुरा पढौ

पोखरामा १२२२१९ मत गणना : पोखराको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक

पोखरा, जेठ ९ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार विहानसम्म १ लाख २२ हजार २ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ९ सय ७९ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २१ हजार ७ मत गणना गर्न बाँकी छ । आचार्यले हालसम्म ४९ हजार २ सय ४१ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले… पुरा पढौ

पोखरा-३३ मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो वडाको वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार रामचन्द्र अधिकारीले ५२९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ४०१ मत ल्याएर पछ्याईरहेका छन् । वडाध्यक्षमा अधिकारी आचार्य भन्दा १२८ मतले अघि छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवार दुर्गादेवी केसी –थापा) ४८७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार शान्ती पाध्याले ४१७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपालीले ४१६ मत ल्याएर अग्रता… पुरा पढौ

पोखरा–१७ मा एमालेलाई पछ्याउँदै काँग्रेस

पोखरा महानगरपालिका वडा नं १७ को वडाध्यक्ष पदमा नेकपा (एमाले) लाई काँग्रेसले पछ्याउँदैछ। हालसम्म गणना गरिएको ५५०० सय मतमध्ये एमाले काँग्रेस भन्दा १११ मतान्तरले अगाडी छ। सार्वजनिक परिणामअनुसार एमालेले २११३ मत ल्याउँदा काँग्रेसले २००२ मत ल्याएको छ। त्यस्तै, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि काँग्रेसभन्दा एमालेले नै अग्रता लिएको छ।महिला सदस्यमा एमालेले २२८४ मत ल्याउँदा काँग्रेसले १८१४ मत ल्याएको छ। त्यसैगरि, दलित महिला सदस्यमा पनि एमालेले २२८७ मत ल्याउँदा काँग्रेसले १७१९ मत ल्याएको छ। खुल्ला सदस्य (१)… पुरा पढौ

पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु जित नजिक

पोखरा, जेठ ९ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार विहानसम्म १ लाख १९ हजार ३ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ८ सय ५३ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २३ हजार ९ सय ७ मत गणना गर्न बाँकी छ । आचार्यले हालसम्म ४७ हजार ९ सय ९२ मत प्राप्त गरिसकेका छन् ।… पुरा पढौ

पोखरा–११ मा कांग्रेसको प्यानल नै बिजयी

पोखरा महानगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । त्यहाँ कांग्रेसले वडाध्यक्षसहित सबै वडा सदस्य जितेको हो । वडाध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य १९६० मत ल्याएर बिजयी भएका छन् । उनी प्रतिपक्षी एमालेका उम्मेदवार मीनबहादुर गुुरुङलाई २५० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । पराजित गुरुङले १७१० मत पाए । महिला सदस्यमा कांग्रेस उम्मेदवार रन सुबा गुरुङ १९६२ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार चन्द्रा शर्माले १५६९ प्राप्त गरिन् । त्यस्तै दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार… पुरा पढौ

एमालेको किल्लामा कांग्रेस विजयी

पोखरा । पोखरा महानगर वडा नम्वर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका छन् । नेकपा एमालेको किल्ला समेत भनेर हेरिएको वडामा कांग्रेसका तिमिल्सिनाले एमालेका प्रत्यासी गुरुङलाई १४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३१८ मत प्राप्त गर्दा गुरुङले ३ हजार १७० मत प्राप्त गरे । वडाध्यक्षतर्फ नै राप्रपाका रामचन्द्र शर्माले १७१, नेकपा माओवादी समाजवादीका भिमसेन साहले जम्मा एक मत प्राप्त गरे । पोखरा महानगरकाका मेयर पदका प्रत्यासी कृष्ण बहादुर थापाको गृहवडा समेत रहेको सो… पुरा पढौ

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८० पुग्यो

पोखरा । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । भारतीय आयल कर्पोरेसन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको… पुरा पढौ