समाचार

उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । रासस पुरा पढौ

पोखरा ६मा युवाहरुको आब्हान, गठबन्धनमा मतदान

गणेश पहारी । पोखरा, बैशाख २५ । पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ । पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा नेपाल विद्यार्थि संघ, तरुण दल, युवा संघ नेपाल र वाइ सि एलका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार जगतबहादुर पहारीले युवाह्ररुको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय युवाहरुले बैदामलाई पोखरा… पुरा पढौ

हिमालतिर उकालो लाग्दै जसपा,बाबुरामको पदचाप पछ्याउदै नबराज

पोखरा । जनता समाजबादी पार्टीको प्रभाव हिमाल र पहाडको तुलनामा मधेशमा अत्याधिक रहेको छ । तर पछिल्लो समय जसपा पहाड हुँदै हिमाल उक्लिएको छ । कास्कीको हिमाली भेग समेटिएको अन्नपुर्ण गाउँपालिकामा यसपटक जसपाले युवा उम्मेदवार नवराज पौडेललाई गाउँपालिका प्रमुखको रुपमा अगाडि सारेको छ । बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध पौडेलको उम्मेदवारीले अन्नपुर्ण गाउँपालिकामा युवाहरुमाँझ राम्रै प्रभाब पारेको देखिन्छ । पार्टीको प्रभाव अरु पार्टीको भन्दा कम भएपनि प्रमुख पदका उम्मेदवार पौडेलसहितको टोली घरघर भोट माग्दै हिडेको छ । पौडेलले गाउँमा युवा र… पुरा पढौ

विजयपुर र काहुँखोलामाथि उम्मेदवारहरुको अर्जुन दृष्टि

पोखरा महानगरपालिका–१३ का उम्मेदवारहरुले काँहुखोला र विजयपुर खोलाले निम्त्याउने जोखिमप्रति चिन्ता व्यक्त गरेका छन्। ति खोलाले निम्त्याउने जोखिमलाई न्यूनिकरणका लागि आफूहरुको पहिलो काम हुने उम्मेदवारहरुले प्रतिबद्धता समेत जनाएका छन्। एभरेस्ट एफएम ९३ मेघाहर्जको चुनावी सम्वाद कार्यक्रम ‘लोकल इलेक्सन’ मा फोनमार्फत बोल्दै महानगर १३ नं वडाका लागि नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका किरण बरालले खोला नियन्त्रणका लागि महानगरदेखि केन्द्रसम्मको पहल गर्न आफूसँग सामथ्र्य रहेको दाबी गरे। त्यस्तै, नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार बसन्त बरालले पनि फोनमार्फत कार्यक्रममा बोल्दै आफूले जिते घर र… पुरा पढौ

पोखरामा आज पाँचदलीय गठबन्धनले बृहद चुनावी सभा गर्दै

पाँचदलीय गठबन्धनले आज पोखरामा बृहद चुनावी आमसभा गर्दैछ । पाँचदलीय गठबन्धनले आज पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्न लागेको हो । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । बृहद चुनावी सभाअघि पोखराका… पुरा पढौ

वर्तमान संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। नेपाली काँंग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन्। नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको बताएको स्मरण गर्दै त्यतिबेलादेखि नै काँग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताइन्। समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आयोगले ‘सरकारी गाडी चढेर काँग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीले आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने स्मरण गराएको छ। ‘तपार्ईँले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग… पुरा पढौ

पहिला जनता मुखि सेवा, त्यसपछि विकास : पोखरा-२२ का उमेदवार बराल

पोखरा २४, वैशाख पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले पहिला जनता मुखि सेवा शुभारम्भ गरे पछि मात्र विकास योजनाका कामलाई प्रथामिकता दिने बताउनु भएको छ । स्वतन्त्र उमेदवार अध्यक्षका प्रत्यासी बराल नेतृत्वको टोली शनिबार घर दैलो कार्यक्रममा सहभागि हुँदा स्थानिय समक्ष अध्यक्षका प्रत्यासी बरालले उक्त कुरा बताउनु भएको हो । स्थानियले जनताका साना भन्दा साना काममा झन्झटीलो व्यहोर्दै आउनु परेको टोली समक्ष गुनासो व्यक्त गरेसंगै अध्यक्षका प्रत्यासी बरालले पहिलो काम जनगुनासो नआउने गरी चुस्त दुरुष्त तथा… पुरा पढौ

एमाले नेता प्यासीले भने, ‘५ दल लाग्दा पनि एमालेसँग सातो उडेको छ’

पोखरा । नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले गठबन्धन भनेर लागेका ५ दलको सातो उडेको बताएका छन् । उनले एमालेलाई जनताले दिएको साथ देखेर ५ दल आत्तिएर सातो उडेको बताए । आसन्न स्थानीय तह निर्वाचन केन्द्रित पोखरा २५ हेम्जाको मिलनचोकमा भएको एमालेको कोणसभामा प्यासीले जनताको पार्टी एमाले भएको बताउँदै पार्टी फुटाउने, जनतालाई धोका दिने बेइमानीले जनताको साथ नपाउने ठोकुवा गरे । उनले नेकपा एमाले एक्लैले गठबन्धनसँग फेस गर्न र च्यालेन्स गर्न तयार भएको उल्लेख गरेका छन् । विचारको राजनीति, इमानको… पुरा पढौ

मादीलाई देशकै नमूना पालिका बनाउछौँ : उपाध्यक्षका उम्मेदवार गुरुङ

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवा नेता लालबहादुर गुरुङ उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँ मादी–७ को निर्वतमान वडाध्यक्ष र गाउँपालिकाको प्रवक्ता समेत हुनुहुन्छ ।नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्यसमेत रहनुभएका गुरुङ गठबन्धनको साझा उम्मेदवारका रुपमा यतिबेला चुनावी मैदानमा होमिनुभएको छ । विद्यार्थीकालमा अखिल (क्रान्तिकारी) मा आवद्ध भएर राजनीति सुरु गर्नुभएका गुरुङले स्थानीय तह गठनअघि माओवादीबाट जिल्ला विकास समितिमा संयन्त्रको सदस्य भएर समेत काम गर्नुभयो । मादीमा पूर्वाधार विकास, शिक्षा,… पुरा पढौ