समाचार

बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

पोखरा । युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए । उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो । संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी… पुरा पढौ

कास्कीमा पोखरा महानगरपालिकासहित बहुमत पालिका जित्ने गठबन्धनको दाबी

पोखरा, २४ वैशाख । पोखरा महानगरपालिका सहित कास्कीका बहुमत स्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने नेताहरुले दावी गरेका छन् । गठबन्धनद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनिहरुले यस्तो दावी गरेका हुन् । पोखरा महानगरपालिका सहित कास्कीका पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेको जनाकारी दिदैँ बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको उनिहरुले दावी गरे । केन्द्रको परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझोदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति गरिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोदत्त… पुरा पढौ

ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौंः गठबन्धन

पोखरा, २४ वैशाखनेपालमा सामाजिक सुरक्षा भत्ता९वृद्ध भत्ता० सुरुआत हुँदा अहिलेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल सरकारको उपप्रधानमन्त्री थिए । त्यही लोकप्रिय कार्यक्रमका सुरुआतकर्ता नेपालको पार्टी एकीकृत समाजवादीले पोखरा महानगरमा अहिले ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाइदिने वाचा गरिरहेको छ ।सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार छन् । आचार्य भन्छन्, ‘ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपका खानी हुन् । उहाँहरुको अनुभव, ज्ञान हस्तान्तरण नगरी सम्भताअघि बढ्न सक्दैन । हामी निर्वाचित भएको १ वर्षभित्रै ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना… पुरा पढौ

पोखरा ६ बैदाममा गठबन्धनको घरदैलो सम्पन्न

पोखरा । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगर पािलका वडा ६ बैदाममा गठबन्धनले उम्मेदबार सहित घरदैलो आज सम्पन्न गरेको छ । शनिबार वडाका बगैचा, दरबार मार्ग, श्रीकृष्ण चोक, स्कुलपाटनमा , बाराहि पथ र किमबारीमा घरदैलो सहित गठबन्धनले घरदैलो कार्यक्रम ओपचारिकरुपमा समापन गरेको नेपाली काग्रेस वडा इकाई समितिका सचिब प्रकाश न्यौपाने जानकारी दिएका छन । घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले स्थानीयबासीको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसमक्ष स्थानीयबासीले बैदामलाई पोखरा… पुरा पढौ

लक्ष्मी टोल विकास तथा आमा समुहसँग बानियाँको प्रतिबद्धता: ’शासक हैन, सेवक भएर काम गर्छौं’

पोखरा, २४ वैशाख । लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उम्मेदवारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ। लक्ष्मी मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीहरुले उम्मेदवारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन्। कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष तत् देवी पुनले ५ वर्ष अगाडि एमालेका उम्मेदवारलाई घरदैलोका क्रममा यहि मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती… पुरा पढौ

ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौंः गठबन्धन

पोखरा । नेपालमा सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) सुरुआत हुँदा अहिलेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल सरकारको उपप्रधानमन्त्री थिए । त्यही लोकप्रिय कार्यक्रमका सुरुआतकर्ता नेपालको पार्टी एकीकृत समाजवादीले पोखरा महानगरमा अहिले ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाइदिने वाचा गरिरहेको छ । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार छन् । आचार्य भन्छन्, ‘ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपका खानी हुन् । उहाँहरुको अनुभव, ज्ञान हस्तान्तरण नगरी सम्भताअघि बढ्न सक्दैन । हामी निर्वाचित भएको १ वर्षभित्रै ज्येष्ठ नागरिक स्याहार केन्द्र… पुरा पढौ

पोखरा–९ मा समस्यै समस्या

पोखरा महानगरपालिकाको वडा नं ९ महानगरकै केन्द्रभागमा छ। त्यसमाथि, यो वडा महानगर कार्यलयसँगै जोडिएको छ। पर्यटकीय हिसावले यो वडा महत्वपूर्ण पनि छ। पृथ्वीचोक, महेन्द्रपुल र नयाँबजार लगायतका मुख्य व्यापारिक बजारहरु यस वडाभित्र पर्दछ। आन्तरिक एवं बाह्य पर्यटकहरु भित्रने र बाहिरिने मुख्य पृथ्वीचोकको बजार यही वडामा छ। सामाजिक, राजनैतिक, शैक्षिक र व्यापारिक दृष्टिमा समेत यस वडाको अर्थपूर्ण उपस्थिति छ। यस वडामा सामुदायिकस्तरका विद्यालय, क्याम्पस र कलेजहरुको कमी छैन। जातजाती तथा मौलिक परम्पराको ऐतिहासिक पुरानो संग्रहालय पनि यसै वडामा छ। व्यापारिक हिसावले… पुरा पढौ

पाँचदलीय गठबन्धनले भोलि पोखरामा बृहद चुनावी आमसभा गर्ने

पोखरा, २४ बैशाख पोखरामा भोलि पाँचदलीय गठबन्धनले बृहद चुनावी आमसभा गर्ने भएको छ । पाँचदलीय गठबन्धनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आईतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),… पुरा पढौ

उद्योगी, व्यवसायीसँग गठबन्धनका उम्मेदवारहरु

गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको विकासका लागि थिङ्क ट्याङ्क निर्माण गरि नीति तथा योजनाहरु तय गर्ने बताएका छन्। पोखराका उद्योगी व्यवसायीहरुसंगको छलफलका क्रममा उनले विज्ञहरुको टिम बनाएर योजना तथा विकासका न्युनतम मापदण्डहरु तय गर्ने बताएका हुन्। गलत निर्णयले पछुताउनु भन्दा निर्णय गर्नु अगावै प्रर्याप्त छलफल गर्नु उत्तम हुन्छ भन्ने कुरा प्रति आफू सचेत रहेको आचार्यले बताए। महानगरको नेतृत्वमा रहँदा ५ वर्षका हरेक सेकेन्डहरुलाई रिजल्टमा परिणत गर्न आफूले एक्सन ओरिन्टेड भएर काम गर्ने बाचा पनि गरे।… पुरा पढौ

पोखरा–१७, बागी उम्मेदवार बरालको समर्थन गठबन्धनलाई

पोखरा–१७ बाट वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन्। आफूले नेपाली काँग्रेस र जनताको हितका लागि उम्मेदवारी त्यागेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बरालले बताएका छन्। काँग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको र नेतृत्व तहबाट त्यसको सम्बोधन गर्ने प्रतिबद्धता पछि उम्मेदवारी फिर्ता लिएको उनले बताए। बरालले आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै महानगरको १७… पुरा पढौ