समाचार

पर्यटन क्षेत्रको विकाशका लागि फुलबारी रिसोर्ट चाँडै सञ्चालन गर्न पहल गर्छु : आचार्य

पोखरा, २० वैशाख । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले लामो समयदेखी बन्द रहेको फुलबारी रिसोर्ट संचालनका लागि पहल गर्ने बताएका छन् । रिसोर्ट बन्द भएपछि कयौंको रोजगारी गुम्नुका साथै पर्यटनमासमेत नकारात्मक प्रभाव पारेकाले यसको सञ्चालनका लागि आफू मेयर भएलगत्तैदेखि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘रिसोर्ट सञ्चालनका लागि म पहलकदमी लिन्छु । यसबाट मजदुरले गुमाएको रोजगारी फिर्ता गर्दै पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण गर्छु ।’ पोखरामा रहेको पाच तारे होटल लामो समय बन्द… पुरा पढौ

प्रेस स्वतन्त्रता दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत र सुन्दर पक्ष रहेकाले यसको जगेर्नाका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताएका हुन्। नेपालको सन्दर्भमा लोकतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता जगतको अतुलनीय योगदान रहेको विषय स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको महत्व र विशेषता उजागर गरी यसलाई थप संस्थागत गर्न नेपाली पे्रस जगत सजगरुपमा… पुरा पढौ

पालुङटार नगरपालिकामा काँग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखाको पालुङटार नगरपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ। पालुङटारका नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि २ पार्टीबीच गठबन्धन पक्का भएको हो। विज्ञप्तिमा काँग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरेपनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ। ‘स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु’, विज्ञप्तिमा भनिएको… पुरा पढौ

पोखरा–१ मा एमालेको चुनावी अभियान तीव्र

पोखरा महानगरपालिका–१ मा नेकपा एमालेले घरदैलो कार्यक्रलाई तीव्रता दिएको छ। नेकपा एमालेले वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रमको आयोजना गरेको थियो। एमालेको कार्यक्रममा मतदाता उत्साहित देखिएका छन्। घरदैलो कार्यक्रममा वडाका स्थानीयबाट एमालेका उमेदवारले आर्शिवाद समेत लिएका छन्। त्यस्तै, उनीहरुले स्थानीय बासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पुरा पढौ

पोखरा–२८ मा काँग्रेसको घरदैलो कार्यक्रम

पोखरा–२८ मा नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलो गरेका छन्। वडाको भुर्तेल गाउँ, स्याङ्खुदी, बास्तोला गाँउ, कर्णेल गाँउमा घरदैलो गरेको हो। वडाभित्र बाटो, ढल नाला लगायत कृषि उत्पादनको बजारीकरण गर्न मुख्य समस्या रहेको उम्मेदवारसमक्ष वडावासीको गुनासो थियो। कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले सचेत मतदाताले काँग्रेस लगायत गठबन्दनका उमेदवारलाई जिताउनुपर्ने बताए। लामिछानेले टोलको समस्या आफू विजयी भए प्राथमिकतामा राखेर आफूले काम गर्ने वताए। सदस्य पदका उम्मेदवारहरु डाल्डादेवी भुजेल, ईन्द्रकला बिड्डक, कमल थापा र नारायण बजगाईले आ–आफ्नो प्रतिवद्धता जाहेर गरे। पुरा पढौ

माओवादीमा फर्किए पूर्व लडाकु, सराङ्कोटको मुहार फेर्न माओवादीलाई भोट : तिमिल्सिना

पोखरा । पोखरा १८ मा जनयुद्धका पुर्व लडाकु दिपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेको छन् ।प्रवेश गदै तिमिल्सिनाले देशमा माओवादीको आवस्यकता रहेको बताए । तिमिल्सिनाले जनयुद्धका पुर्व लडाकु फेरीमा माओवादीमा आएमा मात्र देशले विकासको मुहार फेर्ने धारणा राखे ।६० साल देखी जनयुद्धमा होमिएका तिमिल्सिना शान्ती पछिल्लो समयमा स्वतन्त्र भएर बसेका थिए ।एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।पोखरा १८ मा माओवादी केन्द्रबाट वडा… पुरा पढौ

पोखरा २२ मा वडाध्यक्षका साझा उमेदवार बरालसहितको गठबन्धन टोली घरदैलोमा

पोखरा १९, वैशााख पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्वको टोलीले आज (सोमबार) देखि चुनाव प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रम शुभारम्भ गरेको छ । साविक पुम्दी भुम्दी ७ र ८ क्षेत्र चिसापानी, तारेभिर, पलैचे, चुत्राल, पुम्दी, काभ्रे, देउराली श्वाँरा लगायतको क्षेत्रमा सोमबार घर दैलो कार्यक्रम गरिएको टोलीमा सहभागि कागेंस नेता प्रकाश बरालले बताए । उक्त टोली समक्ष स्थानियले चिसापानी देखि सडक स्तरोन्नती गर्न माग गरेका छन् । खानेपानी थप व्यबस्थापन गर्दै सडक स्तरोन्नती गर्न स्थानियले गठबन्धन… पुरा पढौ

पोखरा ३१ मा घरदैलो गर्दै गठबन्धन : ऐतिहासिक जितको अपेक्षा

पोखरा १९, बैशाख स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पोखरा महानगरपालिका ३१ नम्बर वडामा सत्तारुढ गठबन्धनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।पहिलोपल्ट वडाको नेतृत्व हात पार्न तम्तयार नेपाली कांग्रेसका उम्मेदवार ढकनाथ कँडेलको नेतृत्वमा गठबन्धनका उम्मेदवारहरु मतदातासमक्ष पुगेका हुन् । सोमवार वडाको सुन्दरीडाडाँ, चउर, तालवेसी , पौरखे, सिमलडाडाँ , पचभैयामा उनीहरुको घरदैलो कार्यक्रम सम्पन्न भयो । घरदैलोका क्रममा वडा अध्यक्ष उम्मेदवार कँडेलले ३१ नम्बर वडाको समुन्नत बिकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । विगतमा विजयी बनेका दल र उम्मेदवारबाट ३१… पुरा पढौ

चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्न दिन्नौं : महेन्द्र गुरुङ

पोखरा, १९ वैशाख ।नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने बताए ।कांग्रेसका नेता ठेकेदारको कम्पनीले मादी ९ र १२ जोड्ने पुल, सौर्य–माझठान–मिजुरे सडक, मादी ५ र पोखरा १३ जोड्ने पुल अलपत्र पारेको महेन्द्रले सुनाए । ‘विकासका योजना अलपत्र… पुरा पढौ

उपमेयर उम्मेदवार रानाभाट भन्छिन् : एमालेका कारण पोखराको ग्रामिण भेग पछाडी पर्यो

बैशाख १९, पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले एमालेका कारण पोखराको ग्रामिण क्षेत्र पछाडी परेको बताएकी छन् । उनले विकासको लहर ल्याउन गठबन्धनलाई जिताउन समेत आग्रह गरेकी छिन् । हिजोको सरकारले वडामा केन्द्रित गरेर ल्याएका कुनै पनि कार्यक्रम प्रभावकारी नभएको बताउँदै गठबन्धनले नै जनताको आकांक्षा पुरा गर्ने रानाभाटले बताइन् ।उनले आफुलाई कुनै लोभ र लालच नभएको र अब महानगरबासीको सपना पूरा गर्ने प्रतिबद्धताका साथ आफु चुनावी मैदानमा होमिएको उनले बताइन् । जनताको आधारभूत… पुरा पढौ