समाचार

गाउँपालिकाको मुहार परिर्वतन गर्न एमालेको नेतृत्व आवश्यक छः केसी

पोखरा । नेकपा एमालेको अन्नपूर्ण गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई वडा नं १, २, ३, ८, ९, १० र ११ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा अध्यक्षका प्रत्यासी विष्णुबहाहुर केसीले आफूहरुको विजय भइसकेको र घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । योभन्दा अगाडिको निर्वाचनका क्रममा एमाले पराजित हुँदा विकास निर्माणका योजना सम्पन्न नभएको भन्दै आफूहरुको विजय पश्चात् सफल हुने प्रत्यासी केसीको भनाई थियो । आफूहरुको जित पश्चात गाउँपालिकाको मुहार फेरिने उनको दावी थियो । एमालेले गाउँपालिकाको नेतृत्व लिएर… पुरा पढौ

स्थानिय तहको निर्वाचनमार्फत् जसको नीति उसको नेतृत्व स्पष्ट ढंगले कार्यान्वयन हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा पत्रकारसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरे । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् ।उनले गठबन्धन र अहिलेको स्थानीय तहको… पुरा पढौ

पोखरामा गठबन्धनको उद्घोष : परनिर्भरता तोड्न एक समूह, एक उत्पादन

पोखरा, २० वैशाखपरम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ ।यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे । आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत… पुरा पढौ

बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता

पोखरा, २० बैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् ।वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका उम्मेदवारहरुप्रति बैदामवासीको आकर्षण बढेको हो । गठबन्धनको चुनावी घोषणपत्रले यस क्षेत्रको विकास हुनेमा मतदाता आशावादी छन् ।एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्य गर्न देशमा गठबन्धन बनेकाले सो गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवारहरुले आग्रह गरेका छन् ।उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रम सहित घरदैलोमा… पुरा पढौ

पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे : देवीजंग गुरुङ

मादी । बाहिरबाट आउछन् । के गर्न आएका हुन् । डोजर चलाउछन्, हामी यहाँ बस्नेलाई थाहै छैन, मादी ७ थाकका बुद्धिबहादुर गुरुङले आक्रोश पोखे । जनतालाई थाहै नदिइ योजना थालेकोमा उनको आक्रोश थियो । चुनावी घरदैलो गर्दै आफ्नो गाउँ घर पुगेका गठबन्धनका उम्मेदवारसँग थियो यो आक्रोश । गाउँमै बस्ने नागरिक छोडेर बाहिर बस्ने नागरिकलाई उपभोक्ता समिति बनाएर योजना ल्याइएको भन्दै उनले आक्रोश पोखे । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका देवी जंग गुरुङले पोखरा… पुरा पढौ

गण्डकी प्रदेश खाद्य परिषदद्वारा खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन

सन्देश श्रेष्ठपोखरा, बैशाख २० गण्डकी प्रदेश खाद्य परिषदले खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले नागरिकको खाद्य सम्बन्धी अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि पारस्परिक समन्वय गर्न स्थापना गरेको प्रदेश स्तरीय गण्डकी प्रदेश खाद्य परिषदको पहिलो बैठकले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा.हरिबहादुर केसीको संयोजकत्वमा खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरिएको हो । समितिले खाद्य तथा कृषि सम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण गरी नीति निर्माण तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन… पुरा पढौ

पोखरा ३३ मा २४ बढि युबाहरु एमाले प्रबेश

पोखरा । स्थानिय तहको निर्बाचनको मिति नजिकिदै गर्दा पोखरा महानगरमा एमाले प्रबेशको क्रम बढ्दै गएको छ । यसै क्रममा पोखरा महानगर वडा न ३३ मा २४ बढी युबाहरु सो पार्टिमा प्रबेश गरेका छन । यसरी प्रबेश गर्ने हरुमा कर्ण बहादुर पुन ,समीर खवास ,विशाल नेपाली ,प्रबिण थापा मगर,सुशील पुन ,महेश नेपाली,आकाश नेपाली ,भगवान भट्टराई ,रोशन थापा मगर बुद्ध नेपाली ,मनोज पुन ,मनोज नेपाली,मनोज मगर ,रोहित थापा मगर ,राजन आचार्य ,सुमिन पुन,मन्दिप पुन अन्कित गुरुङ लगायत रहेका छन । उनिहरु सो… पुरा पढौ

चुनावी रौनाक: समृद्धि र विकासका मुद्दासहित जनताका घरदैलोमा उम्मेदवार

गण्डकी । चुनावको मिति नजिकिँदै गर्दा यतिखेर समृद्धि र विकासका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा छोटो समयमा घरदैलोमा पुगेर मतदातासँग भेट्ने विषय उम्मेदवारका लागि चुनौतीपूर्ण छ । महानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारका लागि कुना कुनाका वस्तीमा पुगेर मतदातासँग भोट माग्नुपर्ने बाध्यता र नजिकिँदै गरेको निर्वाचनको मितिका कारण यतिखेर महानगरका ग्रामीण वस्तीहरूमा चुनावी रौनकता छाएको छ । पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदमा नेपाली… पुरा पढौ

तनहुँमा आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो । दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक… पुरा पढौ

के भन्छन्, पोखरा–२ का वडाध्यक्ष उम्मेदवारहरु

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन काउन्ट डाउनको हिसावले अब १० दिन मात्रै बाँकी छ। राजनीतिक दलका उम्मेदवारहरु जनताका घरदैलोमा भोट माग्न व्यस्त छन्। जनतासम्म पुग्दा उम्मेदवारहरुले आफ्नो क्षेत्रको समस्यासहित आफ्ना राजनीतिक एवं विकास निर्माणका एजेण्डाहरुको प्रतिबद्धता जनाएका छन्। देशकै ठूलो महानगर पोखरा महानगर क्षेत्रमा पनि स्थानीय चुनावले छोएको छ। चुनावका लागि खडा भएका उम्मेदवारहरु जनताको घरदैलोको प्रचार प्रसार अभियानलाई तिब्र बनाइ रहेका छन्। पोखराको–२ ऐतिहासिक, धार्मिक पुरातात्विक, सांस्कृतिक र राजनीतिक हिसावले महत्वपूर्ण मानिन्छ। यस वडाको प्रतिनिधित्व धेरै… पुरा पढौ