समाचार

गठबन्धनको प्रतिबद्धता : ३ महिना भित्र पोखरा महानगरमा एउटै कोठाबाट सबै सेवा

पोखरापोखरा महानगरपालिकाको निर्वाचन जितेमा महानगरका सेवाग्राहीलाई एउटै कोठाबाट सबै सेवा दिने पाँच दलीय गठबन्धनले घोषणा गरेको छ । आफ्नो घोषणापत्रमा गठबन्धनले सेवाग्राहीलाई कुनै खास सेवा लिन पुरै महानगर परिसर चहार्नुपर्ने बाध्यताको अन्त्य गर्न यस्तो घोषणा गरेको हो ।‘निर्वाचित भएको तीन महिना भित्रै यो घोषणालाई कार्यान्वयन गरिने छ ।’ घोषणापत्रमा उल्लेख छ । महानगरको मेयरका उम्मेदवार धनराज आचार्य भन्छन्, ‘महानगरका सेवाग्राहीले दुःख नपाउन भनेर मुभलेस सेवा तीन महिनाभित्र शुरु गर्छौं ।’पोखरा महानगरपालिकाको कार्यालय हाल न्यूरोडबाट सञ्चालन भईरहेको छ । नगरपालिकाको सेवा… पुरा पढौ

गठबन्धनको दाबी : धनराजको गृह वडा पोखरा ३३ हाम्रो पोल्टामा

पोखरा, १९ वैशाख स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो राजनीतिक यात्रा यहीबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन… पुरा पढौ

पोखरा-६ बैदाममा गठबन्धनको घरदैलो निरन्तर

पोखरा, १९ बैशाख चुनाबी सरगर्मी बढेसगै पोखरा महानगर पालिका वडा नं ६मा पनि गठबन्धनका उम्मेदबारहरु चुनाबी अभियानको क्रममा टोल टोलमा पुगि घरदैलो अभियानलाई निरन्तरता दिन थालेका छन । “जेठको पहिलो हप्तामा गठबन्धनको सरकार सत्तामा” भन्ने नारा सहित वडामा गठबन्धनका उम्मेदबारहरुले.घरदैलो सहित मतदाताहरुको घरमा पुगि आर्शिबाद सहित मत मागेका थिए ।आम मतदाताहरुले उम्मेदबारहरुलाई अहिलेको ‘बर्तमान अवस्थामा पाँच दलिय गठबन्धन नै आजको आवश्यकता रहेको बताउदै जितको’ शुभकामना दिएका थिए । वडामा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी,… पुरा पढौ

यसपटक पोखरा-६ मा हामी प्यानलै जित्छौं : भट्टराई

बैशाख १९,पोखरा पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका विष्णुबहादुर भट्टराईले यसपटकको निर्वाचनमा वडामा एमालेको प्यानलै विजयी हुने दावी गर्नुभएको छ । ‘यसपटक वडा ६ मा हामीले सानदार जित हाँसिल गर्नेछौं’–भट्टराईले भन्नुभयो । वडा ६ को वडाध्यक्षमा भट्टराई सहित खुल्ला वडा सदस्यमा दीपेन्द्र पहारी, वासुदेब बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र राममाया विश्वकर्माले उम्मेदवारी दिएका छन् । उनीहरु यतिबेला मतदातासंग मत माग्नका लागि घरदैलोमा व्यस्त छन् । बंग्लादी, खहरे, डिहिकोपाटन, पंधेरो, गाइघाट, मुलथोक, गैह्रिखेत,… पुरा पढौ

पोखरा २६ मा एमालेको घरदैलो कार्यक्रम

पोखरा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पोखरा २६ का नेकपा एमाले उमेद्वारले घरदैलो कार्यक्रम नियमित गरेका छन् । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा खुसी हुँदै विकास गर्ने पार्टी नेकपा एमाले भएको बताएका थिए । यसैक्रममा चुनाव प्रचार–प्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले एमालेको तर्फबाट वडामा उमेद्वार बनेका ५ जनालाई नजिताएसम्म आफूले विश्राम नलिने बताएका छन् । चुनाव प्रचारप्रसार समिति संयोजक तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा एमालेको तर्फबाट पोखरा महानगरपालिकामा मेयरको उमेद्वार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं २६ का… पुरा पढौ

पोखरा १९का मतदाता भन्छनःविकास र एमाले परिपुरक

कास्की । पोखरा १९ का आम मतदाताले विकास र समृद्धिको परिपुरक भनेकै एमाले भएको वताएका छन् । पोखरासँग जोडिएर पनि विकासका दृष्टिले पछाडि परेको घार्मी, फेदि, काउरे, चुरूङ्गा, पात्ले, लाम्पाटा लगायतका ग्रामीण भेगका मतदाताले नेकपा एमालेको सरकार आएपछि मात्र गाउको मुहारमा केही परिवर्तन आएको भन्दै घर दैलोमा पुगेका एमालेका उमेदवार तथा कार्यकर्तासँग खुशि बाडेका छन् । उनिहरुले विकासका अधुरा कामलाई पुर्णता दिन पनि एमालेको नेतृत्व चाहिने वताउदै यसपालि पनि एमाले लाई नै भोट दिने वताए । घरदैलोका त्रृममा वडाध्यक्षका उमेदवार… पुरा पढौ

मङ्गलबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ । रासस पुरा पढौ

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

मनाङ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् । जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ । जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । उनीहरुलाई आयस्रोत जुटाउने… पुरा पढौ

पोखरा १७ मा गठबन्धनका उम्मेद्वारको घरदैलो

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ का गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेका छन । गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर भाग्लुङ खोला सिमल टुँडा हुदै बाराहि टोल पुल्चोक ,भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी ( सिद्धार्थ राजमार्ग ) शितल चौतारी , रत्यौली (आहल )मार्ग हुदै पश्चिम दुर्गा मन्दिर सिमाना देखि छोरेपाटन टोल सुधार भवन ,दामोदर खोला हुदै संगमपथ चोक (टारी ) हुदै अमले मार्ग , बाट शितल पथ टोल देखि तितेपानि कसेरी बस्ती हुदै क्याम्पस आसपास डेभिजफल पुग्ने कार्यक्रम रहेको… पुरा पढौ

मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

पोखरा । मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा १२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेद्वार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।  सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताए । आफूहरुको साझा उम्मेद्वारी नै आधार भएको उनले बताए ।  माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताए । गठबन्धनका… पुरा पढौ