समाचार

एमाले फेदीखोला ५ मा चेतन शर्मा सिफारिस

स्याङ्जा । नेकपा एमाले फेदीखोला गाउँपालिाका स्याङ्जाले वडा नम्वर ५ को आगामी स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । आइतबार बसेको बसेको फेदीखोला ५ वडा कमिटीको भेलाले वडाध्यक्षमा चेतन शर्मालाई सिफारिस गरेको छ । यस्तै भेलाले महिला सदस्यमा युग कुमारी लामिछाने, दलित महिला सदस्य पदमा कौशिला परियार, खुल्ला सदस्यमा नन्द बहादुर गुरुङ र पदम बहादुर क्षेत्रीलाई सर्वसहमत उमेदवार चयन गरेको वडा इञ्चार्ज एवम् नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी स्याङ्जाका सदस्य देउकुमारी गुरुङ चिजाले जानकारी दिइन् । ५… पुरा पढौ

एमालेबाट पोखरा १८ अध्यक्षमा पुष्कलबहादुर थापाको नाम सिफारिस

पोखरा । नेकपा एमाले पोखरा १८ ले आगामी स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । शनिबार बसेको पोखरा १८ वडा कमिटीको भेलाले वडाध्यक्षमा पुष्कलबहादुर थापाको नाम सिफारिस गरेको हो । यस्तै भेलाले महिला सदस्यमा कल्पना ढकाल, दलित महिला सदस्यमा मीना नेपाली, खुला सदस्यमा नवराज सुवेदी र रमेश थापालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले वडा इन्चार्ज रणबहादुर थापाले जानकारी दिए । ५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई… पुरा पढौ

एमालेबाट पोखरा १३ को अध्यक्षमा बसन्त बराल सिफारिस

पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा १३ को अध्यक्षमा बसन्त बराल (राजु) सिफारिस भएका छन् । नेकपा एमालेको पोखरा १३ वडा कमिटीको भेलाले बसन्त बराल (राजु) लाई वडाध्यक्षका लागि सिफारिस गरेको पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । यस्तै भेलाले महिला सदस्यमा कृष्ण कुमारी गुुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा निलकण्ठ सिग्देल र अमजत अलिमयिालाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले कास्कीका उपसचिव समेत रहेका दर्शन लामाले जानकारी दिए । वडाका ५… पुरा पढौ

वडा सदस्य बराल एमाले छाडेर नेकपा एसमा प्रवेश

पोखरा, चैत २७ पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा सदस्य पुष्पराज बराल नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित बराल आइतबार नेकपा एसमा प्रवेश गरेका हुन् । नेकपा एसका युवा नेता पूर्ण लामाले बरालको नेकपा एसको पार्टी सदस्यता लिएको रसिद सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् । बराल नेकपा एसमा प्रवेश भएसँगै नेकपा एसकोपनि पोखरा महानगरमा जनप्रतिनिधि भएको छ । यसअघी नेकपा एसको महानगरमा जनप्रतिनिधि शून्य थियो । पुरा पढौ

कास्की ‘बी’ बन्यो क्रिकेट सिरिजको बिजेता

पोखरा, चैत २७कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो ।नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २… पुरा पढौ

बस दुर्घटनामा सत्रको मृत्यु

इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् । यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना… पुरा पढौ

पछिल्लो २४ घण्टामा एक लाख ६४ हजार ४८१ मा कोरोना संक्रमण

दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् । दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा सङ्क्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित

मनाङ । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।… पुरा पढौ

सेनाले दियो सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार

काठमाडौ । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् । सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालनका लागि ती हतियार उपलब्ध गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ… पुरा पढौ

गल्याङ्ग–पोखरा सम्बन्ध समाज गठन, अध्यक्षमा भण्डारी

पोखरा, चैत २७ गल्याङ्ग–पोखरा सम्बन्ध समाज गठन भएको छ । स्याङ्जाको गल्याङ्ग नगरपालिकामा स्थायी बसोबास भई पोखरालाई कर्मथलो बनाएका गल्याङ्गबासीहरुको हालै भएको भेलाले बुद्धिप्रसाद भण्डारीको अध्यक्षतामा गल्याङ्ग–पोखरा सम्बन्ध समाज गठन गरेको हो । तेह्र सदस्यीय समाजको उपाध्यक्षमा विष्णुप्रसाद बस्याल, चिवमा ईश्वरप्रसाद भट्टराई, कोषाध्यक्षमा कमला खनाल र सहसचिवमा फुलमाया भट्टराईलाई चयन गरेको छ । समितिको सदस्यहरुमा ईश्वर न्यौपाने, हुमराज भण्डारी, कमल अर्याल, सोमनाथ न्यौपाने, गुणप्रसाद पाण्डे, दलबहादुर थापा र हरिप्रसाद खनाल रहेका छन् । समाज गठन भएपछि बसेको पहिलो बैठकले समाजको… पुरा पढौ