समाचार

दमौलीमा वैशाख पहिलो साता बृहत् योग विज्ञान शिविर हुँदै

तनहुँ । आगामी वैशाख वैशाख पहिलो साता तनहुँको दमौलीमा निःशुल्क योग विज्ञान शिविर आयोजना गरिने भएको छ । वैशाख ३ देखि ७ गतेसम्म दमौलीस्थित व्यासनगरपालिका–३ खुल्ला मैदानमा बिहान ५ देखि ७ बजेसम्म योग शिविर आयोजना गरिने पतञ्जली योग समिति तनहुँ शाखाका अध्यक्ष शिवराज काफ्लेले जानकारी दिए । उक्त शिविरमा कम्तीमा दुई हजार मानिस सहभागी गराउने उनले बताए मानिसको शरीरमा आठवटा चक्र हुन्छन् । ती सबै चक्रलाई सक्रिय बनाउन सकिए मानसिक र शारीरिक तनावबाट मुक्ति पाउन सकिने हुनाले शिविर अपरिहार्य शाखा… पुरा पढौ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाण्डौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ ।… पुरा पढौ

पोखरामा आज कोरोनाविरुद्धको खोप लगाइँदै

पोखरामा कोरोनाविरुद्धको खोप लगाइँदैछ। कोभिड–१९ अभियान अन्तर्गत पोखराको रत्नचोकस्थित वडा नं ७ को सहरी स्वास्थ्य केन्द्रमा कोभिडविरुद्धको कुनैपनि एक मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन छुटेकालाई खोप लगाइने भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसिलको एक मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकालाई खोप लगाइँदैछ।त्यस्तै, मोडर्ना, अस्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल र जेन्सनको दोस्रो तथा बुस्टर डोज खोप दिइँदैछ। पुरा पढौ

पोखरामा ट्होटें पर्व मनाइँदै

तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार चैत्र २९ गते तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाउने भएको छ। वर्षमा २ पटक चैत्र र साउनको ३ मंगलवार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामुहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलवार मनाउदै आएको छ। तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो। उघौलीको रुपमा… पुरा पढौ

जंगली च्याउ खाँदा तनहुँमा एक जनाको ज्यान गयो

जंगली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु भएको छ। च्याउ खाएर बिरामी भएकी म्याग्दे गाउँपालिका–३ धयरेकी ४७ वर्षीया सुनीमाया थापाको मृत्यु भएको भएको प्रहरीले जनाएको छ। यही चैत १८ गते जंगली च्याउ खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो। स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएकोमा उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो। पुरा पढौ

पोखरा ३३ मा काँग्रेसबाट वडा अध्यक्षमा रामचन्द्र अधिकारी

नेपाली काँग्रेस पोखरा महानगरपालिका–३३ बाट आउँदो स्थानीय निकायको निर्वाचनको लागि वडा अध्यक्षको पदमा पार्टीका क्रियाशील सदस्य रामचन्द्र अधिकारीलाई उमेदवार उठाउने निर्णय गरेको छ। समाजसेवा गर्दै साविक भरतपोखरी गाबिस पुडीटार निवासी रामचन्द्र अधिकारीलाई उक्त वडामा पार्टीको आधिकारिक उमेदवार उठाउने नेपाली काँग्रेस वडा ईकाई समितिले निर्णय गरेको हो। वडाको बिकास, समृद्धि र जनताको जिवनस्तर सुधारमा ल्याउन आफ्नो भूमिका अझै दृढ र गतिशील रुपमा लागिरहने अधिकारीको प्रतिबद्धता छ। पुरा पढौ

पोखरा–२ मा गठबन्धनको साझा उमेदवार हुँदैन : काँग्रेस

आगामी बैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले पोखरा महानगरको वडा नं २ मा गठबन्धन नगर्ने जनाएको छ। नजिकिदैँ गरेको स्थानीय निर्वाचनका लागि विभिन्न राजनीतिक दलसँग गठबन्धन गर्ने काँग्रेसको केन्द्रीय र जिल्ला समितिको निर्णयप्रति ति समितिप्रति ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस पोखरा २ वडा ईकाई समितिले आफ्नो धारणा सार्वजनिक गरेको छ। पोखरा महानगर २ नेपाली काँग्रेस वडा ईकाई समितिका सचिव अग्नीप्रसाद भुषाल र सुशिला बराल रेग्मीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्तिमार्फत वडामा गठबन्धन नगर्ने आधिकारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा भनेको… पुरा पढौ

एमाले पोखरा–२० को वडाअध्यक्ष उमेदवारमा केसी चयन

आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि पोखरा वडा नं २० मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा गंगाबहादुर केसी सर्वसम्मत उमेदवार चयन भएका छन्। त्यस्तै, खुल्ला सदस्यको उमेदवारमा उत्तम गुरुङ र गन्जमान गुरुङ, खुल्ला महिला सदस्यमा मिना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली चयन भएका छन्। पुरा पढौ

एमाले पोखरा २७ बाट लामिछाने सर्वसम्मत सिफारिस

पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा २७ को अध्यक्षका लागि सुर्यमणी लामिछाने सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको एमाले पोखरा २७ को वडा कमिटी बैठकले लामिछानेलाई वडाध्यक्षमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । यस्तै बैठकले महिला सदस्यमा बुद्विमाया थापा मगर, दलित महिला सदस्यमा उमा परियार, खुल्ला सदस्यतफ प्रकाश देवकोटा र तारानाथ दवाडीको नाम सिफारिस गरेको छ । पुरा पढौ

एमाले फेदीखोला ४ बाट माधव शर्मा सुबेदी सर्वसम्मत सिफारिस

स्याङ्जा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट स्याङ्जाको फेदीखोला गाउँपालिका – ४ को वडा अध्यक्षमा माधव प्रसाद शर्मा सुबेदी सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको फेदीखोला ४ को वडा कमिटी बैठकले वर्तमान वडाध्यक्ष समेत रहेका सुबेदीलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै भेलाले महिला सदस्यमा ज्ञानुमाया पौडेल , दलित महिला सदस्यमा राज कुमारी नेपाली , खुल्ला सदस्य तर्फ मेघनाथ पौडेल र रुद्र बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमाले फेदीखोलाले जनाएको छ । पुरा पढौ