समाचार

विद्युतीकरण आयोजनाबाट बीस हजार घरधुरी लाभान्वित

तनहुँ । तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित सात पालिकाका मानिस लाभान्वित भएका हुन् । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित भएका क्षेत्रका मानिस लामो समयदेखि अन्धकारमय जीवन बिताउँदै आएकोमा घरघरमा बिजुली पुगेपछि खुसी भएका छन् । आयोजनाबाट प्रभावित क्षेत्रमा तनहुँ विद्युतीकरण आयोजनाले विद्युतीयकरणको जिम्मा पाएपछि बिजुली विस्तार गरिएको हो । आयोजनाले करिब चार वर्षमा त्यसक्षेत्रमा विद्युत् विस्तार गरेको… पुरा पढौ

सातौँ लमजुङ महोत्सव हुने

लमजुङ । लमजुङस्थित बेँसीशहर नगरपालिका–ं ७ मा सातौँ लमजुङ महोत्सव हुने भएको छ । स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ यही २५ देखि वैशाख ४ गतेसम्म उक्त स्थानमा सो महोत्सव हुने भएको हो । आयोजक लमजुङ उद्योग वाणिज्य सङ्घले बेँसीशहरमा आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराएको हो । सङ्घका अध्यक्ष गुणराज सिलवालले जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म… पुरा पढौ

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले त्यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै त्यहाँको… पुरा पढौ

बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्रीमहायज्ञ हुने

बागलुङ । बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्रीमहायज्ञ हुने भएको छ । पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको टोड्केस्थित पुलाश्रम र गौश्वारा तथा पर्वतको हम्पालमा आगामी वैसाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ हुने भएको हो । यो महायज्ञमा सबै जाति, भाषा र धर्मलाई सहभागी गर्न खुला गरिएको कमलनयनाचार्यका प्रवक्ता सुदर्शन बडालले बताए । हरेक दिन ५ वटै स्थानमा एकै प्रकृतिका अनुष्ठान र गतिविधि हुन्छन् । ती गतिविधिमा सहभागी हुन जो कसैले पनि… पुरा पढौ

स्वास्थ्यचौकी भवन उद्घाटन

बागलुङ । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन् । उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए । विसं २०५३ मा स्थापना भएको उपस्वास्थ्य चौकी २०६९ मा स्तरोन्नति गरिएको थियो । कोरोना महामारीको कारण ढिला भएकोे नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले गरे। नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताए । कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान… पुरा पढौ

सेतीनदी तिरभिर संरक्षणमा सघाउन नागरिक समाजलाई स्थानियको आग्रह

पोखरा, चैत ७ सेती नदी तिरभिर संरक्षण समूहले सेती नदी संरक्षणमा सघाउन नागरिक समाज पोखरालाई आग्रह गरेको छ । समूहले सोमबार नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धरलाई भेटेर सेतीनदी संरक्षणमा सघाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले सामुहिक रुपमा सेती नदी तिरभिर संरक्षण समूहमार्फत रामघाट परियोजनामा आफूहरुलाई… पुरा पढौ

यु–१८ महिला साफ: नेपाल र भारत भिड्दै

भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) घरेलु टोलीको सामना गर्दैछ । जमसेदपुरमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ। भारतलाई आज हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ। तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन। डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसीपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो। भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ। तीन राष्ट्र सहभागी च्याम्पियनसीपमा नेपालले अंक जोड्न सकेको छैन। २ खेलमा अंकविहीन… पुरा पढौ

आईसीसी विश्वकप लिग–२: नेपाल–युएई फेरि भिड्दै

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई श्रृंखला अन्तर्गत आज (सोमबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ। आज युएईलाई हराउँदै नेपाल श्रृंखलामा दोस्रो जित निकाल्न चाहन्छ। नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो। तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित बनेको थियो। यता, युएई श्रृंखलाको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा छ।… पुरा पढौ

मुख्यमन्त्री कप: कर्णालीको विजयी सुरुआत

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ। सुदुरपश्चिम प्रदेशलाई हराउँदै कर्णालीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो। ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो। खेलको ‘प्लेयर अफ दी म्याच’ कर्णालीकी… पुरा पढौ

एमालेको पोलिटब्युरो बैठक आज बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ। समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीबारे बैठकमा छलफल हुने बताइएको छ।पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन्। पुरा पढौ