समाचार

नगरपालिकाद्धारा एक वर्षमा ११ किमी सडक कालोपत्रे

तनहँ । आर्थिक वर्ष ०७७÷७८ मा तनहुँको व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको शहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ । नगरपालिकाले ५५५ नयाँ धारा निर्माण, १२२ खानेपानी योजना मर्मत… पुरा पढौ

जनसांस्कृतिक महासङ्घको सातौंँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि

जनसांस्कृतिक महासङ्घ नेपालको सातौंँ राष्ट्रिय सम्मेलन पुस १ र २ गते हुने भएको छ । श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताए । सहयात्रीले नेपालका प्रगतिवादी÷प्रगतिशील सांस्कृतिक आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमार्फत निर्देशित परिवर्तनको मार्गलाई आत्मसात् गरेर सङ्गठन अघि बढिरहेको जानकारी दिए। महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र… पुरा पढौ

अखिल (क्रान्तिकारी) ईन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस कमिटी अध्यक्षमा न्यौपाने

कास्की । नवगठितअखिल (क्रान्तिकारी) ईन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस कमिटी अध्यक्षमा खिमलाल न्यौपाने चयन भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा सतिष पनेरु,उपाध्यक्षमा सुवास सर्राफ,हरेन्द्र सिंह धामी,प्रविण दास, सचिवमा महेश विक,सह-सचिवमा सागर श्रेष्ठ,करण भट्टराई, आभाष ढुंगाना,लव कुमार नायक, कोषाध्यक्षमा मन्जु भट्ट तथा बाँकी सदस्यमा चयन भएका छन् । पुरा पढौ

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्सका अध्यक्ष गोगंजुलाई पितृ शोक

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन अध्यक्ष एवं पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राजन गोगंजु लाई पितृ शोक परेको छ । गोगंजुका पिता बुद्धिप्रसाद गोगंजुको ७२ बर्षको उमेरमा सोमबार राती रानीपौवा स्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गिय गोगंजुमा मधुमेह र फोक्सो सम्वन्धी समस्या रहेको थियो । रानीपौवा आयल स्टोर्स स्थापना गरेर पेट्रोलियम पदार्थको कारोवार गर्दै आएका स्वर्गिय गोगंजुले रानीपौवा तायमचा नाच समितिको अध्यक्ष, रानीपौवा नेवा कच खलःको अध्यक्ष, भिमसेन सिं गुठीको संस्थापक अध्यक्ष र वडा सदस्य… पुरा पढौ

आज नेपाल–श्रीलंका साफ यू–१९ महिला फुटबल च्याम्पियनसीपमा भिड्दै

साफ यू–१९ महिला फुटबल च्याम्पियनसीपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा छ। श्रीलंका अंकविहीन छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन। श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। च्याम्पियनसीपको तेस्रो खेलमा नेपालले… पुरा पढौ

माधव नेपालद्धारा नव निर्वाचित काँग्रेस सभापति देउवालाई बधाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसको सभापतिमा नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्। बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष नेपालले बधाई दिएका हुन्। अध्यक्ष नेपालले ट्विटरमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।’ पुरा पढौ

देउवाको विजयमा पार्टीले अबिरजात्रा गर्दैन : नेता खाँड

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले शेरबहादुर देउवाको विजयमा उत्सव नमनाउने उल्लेख गरेका छन्। पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुसीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने नेता खाँडको भनाई छ। विपक्षी पार्टीलाई पराजित गरेजस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनको स्पष्टोक्ति छ। पार्टीका अन्य पदाधिकारी र सदस्यको मतपरिणाम आएपछि जिम्मेवारी सम्हाल्दै सुभकामना आदान–प्रदान गरिने नेता खाँडले बताए। सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग कुरा गर्दै खाँडले भनेका छन्, ‘पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिन्छ। सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै… पुरा पढौ

काँग्रेस महाधिवेशन : आजबाट पदाधिकारीको मतगणना

नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा आज (बुधबार)बाट पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुनेछ। काँग्रेस निर्वाचन समितिले आज साँझबाट मतगणना हुने जानकारी दिएको छ। पदाधिकारीको मतपेटिका काँग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो। सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भइ सकेका छन्। उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको निर्वाचनमा ५ जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन… पुरा पढौ

देउवा नै काँग्रेस सभापतिमा निर्वाचित

शेरबहादुर देउवा नै नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशनमार्फत पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भए। पहिलो मतदानमा बहुमत ल्याउन नसकेका देउवाले दोस्रो मतदानमा २७३३ मत ल्याए। कूल ४६ सय २३ मत खसेकोमा कोइरालाले १८५५ पाए । ३५ मत बदर भएको थियो। तर, निर्वाचन समितिले देउवा बिजयी भएको सूचनासमेत जारी गरिसकेको छ। शुक्रबारदेखि काठमाडौंमा जारी काँग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो। यसपटक सभापतिका लागि देउवा र कोइरालासहित… पुरा पढौ

गण्डकी प्रदेश समितिका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङ (कुसुम) ले पदभार ग्रहण गरेकी छन् । आइतबार राती माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा चयन भएकी गुरुङलाई प्रदेश इञ्चार्ज हितराज पाण्डेले आज पदभार ग्रहण गराएका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी गुरुङ, केन्द्रीय प्रतिनिधि दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो । पोखरा सभागृहमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । पुरा पढौ