समाचार

बारको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी आक्रमणको कास्की बारद्वारा भत्र्सना

कास्की जिल्ला अदालत बार एशोसियसनले नेपाल बार एशोसियसनले आयोजना गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले गरेको आक्रमणको निन्दा गरेको छ । बारका कास्की अध्यक्ष नारायणप्रसाद शर्मा र सचिव युवराज ज्ञवालीले भ्रष्टाचार, असक्षम र नैतिकताविहीन कार्यमा संलग्न प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको राजिनामा माग्दै बारले बुधबार गरेको शान्तिपूर्ण धर्नामा दंगा प्रहरीले वर्वरतापूर्ण र कायरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरेका हुन् । बार कास्कीले युद्धको बेला प्रयोग गरिने एसएलआर बोकेका प्रहरीलाई प्रवेश गराई न्यायको मन्दिर अदालतलाई युद्ध मैदान बनाएको आरोप लगाएको छ ।… पुरा पढौ

कास्कीमा माओवादी केन्द्रका साढे १० हजार सदस्य

कास्कीमा नेकपा माओवादी केन्द्रका करीब साढे १० हजार सदस्य पुगेका छन् । कास्कीका पाँच वटा पालिकामा नेकपा माओवादी केन्द्रका १० हजार ३ सय ८३ जनाले पार्टी सदस्यता लिएको नेकपा माओवादी केन्द्र कास्कीले जनाएको छ । यो यसअघीको क्रियाशिल सदस्यता लिनेको संख्या भन्दा २ हजारले बढी हो । एमालेसँग एकता भएर नेकपा बन्नुअघि कास्कीमा माओवादी केन्द्रका ८ हजार सदस्य थिए । तर अहिले २ हजार बढेर १० हजार ३ सय ८३ पुगेको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी… पुरा पढौ

लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध

बलेवा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै सांकेतिक विरोध गरेका हुन् । दुई खण्डमा काम भइरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्र गर्नुपर्ने युवाको माग छ । निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा… पुरा पढौ

गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आंशिक बदली

गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आज (बिहीबार) आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी आज गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आंशिक बदली हुने जनाएको छ। मौसम पूर्वानमान महाशाखाले जारी गरेको सूचना अनुसार मुलुकका धेरैजसो स्थानमा सामान्य बदली हुने जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ । आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली… पुरा पढौ

दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन्। त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ। तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन्। दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन्। दिल्लीमा संचालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ वटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको… पुरा पढौ

महिनामा २० युनिटसम्म बिजुली बाल्नेलाई अब ३० रुपैयाँमात्रै

अब, महिनामा २० युनिटसम्म बिजुली प्रयोग गर्नेले ३० रुपैयाँमात्रै तिरे पुग्छ। आजदेखि बिजुलीमा नयाँ महसुल लागू भएको हो। विद्युत् नियमन आयोगको गएको कार्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो। नयाँ महसुल दर विपन्न परिवारलाई केन्द्रीत गरेर ल्याइएको हो। जसअनुसार ५ एम्पियरको लाइन लिने सिंगल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिरे पुग्नेछ। मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने… पुरा पढौ

नेपालले टी–२० शृंखलामा कतारलाई दोस्रो पटक हरायो

नेपाली महिला टोलीले कतारसँगको ३ खेलको टी–२० शृंखला जितेको छ। बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृंखला जितेको हो। कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ३ बलको ६८ रनमा अलआउट भयो। बलिङतर्फ नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा सबनम राई, संगीता राई र कविता जोशीले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन… पुरा पढौ

स्याङ्जाका सुन्तलामा ‘औंसा किरा’

स्याङ्जा । स्याङ्जामा उत्पादित सुन्तलामा औंसा किराको आक्रमण तिव्र देखिएको छ । सुन्तला र सुन्तलाजातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि स्थानीय सुन्तला उत्पादक कृषक चिन्तित बनेका छन् । सुन्तला पाक्ने समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परिक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । “झरेका सुन्तलालाई खाडलमा पुर्नु वा प्लाष्टिकका थैलामा जम्मा पारेर हावा नछिर्नेगरी त्यसको मुख राम्ररी बाँधेर एकसाता घाममा राख्नुपर्छ ।” उनले भने, “किरालाई… पुरा पढौ

यु–१९ क्षेत्रिय छनौंट क्रिकेटमा तनहुँमाथि स्याङ्जाको फराकिलो जित

पोखरा । पोखरामा जारी यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगितामा स्याङ्जाले तनहुँमाथि १ सय १० रनको फराकिलो जित निकालेको छ । म्यान अफ द म्याच चुनिएका मिलनले आफ्नों पारीमा ९९ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरे । टस जितेको तनुहँले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्गमा उत्रिएको स्याङ्जाले पुरा ४० ओभरमा ९ विकेट गुमाएर २ सय ५३ रनको विशाल योगफल तयार पा¥यो । स्याङ्जाको तर्फबाट सुजन गौतमले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अभिजित ५३ रन बनाएका… पुरा पढौ

पोखरामा ‘यूवासंग महालक्ष्मी लाइफ’ बीमा सचेतना सम्पन्न

पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘यूवासंग महालक्ष्मी लाइफ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका माविमा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न गरेको हो । सो अभियानको पोखरा महानगरपालिका वडा न ३३ का वडाध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरे । आचार्यले जीवन बीमा अव मानव जीबनको आधारभुत आवश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनिय भएको बताए । उनले बीमाले जीवन र परिवारको आर्थिक र… पुरा पढौ