समाचार

आजबाट सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग सुरु

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज (शुक्रबार)बाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल फ्लड लाइटमा खेलाइने एन्फाले जनाएको छ। उक्त खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ। दोस्रो दिनबाट हरेक दिन २ खेलहरू हुनेछन्। कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको लिगको पुच्छारका २ टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन्। अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो। यस पटकको लिग विजेताले… पुरा पढौ

कोरोनाले मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो। वल्र्डोमिटरको तथ्यांकअनुसार रुसमा थप १ हजार २ सय ५१, अमेरिकामा १ हजार ४२, ब्राजिलमा २ सय ७९, टर्कीमा २ सय २६ र बेलायतमा १ सय ९९ संक्रमितको मृत्यु भएको हो। यही अवधिमा ५ लाख ४६ हजार ७८ जना संक्रमित थपिएका छन् भने ४ लाख ३ हजार ७… पुरा पढौ

नेपाली महिला क्रिकेट टीमको कतारविरुद्धको टी–२० श्रृंखलामा क्लिन स्वीप

नेपाली महिला क्रिकेट टीमले कतारविरुद्धको टी–२० श्रृंखलामा क्लिन स्वीप गरेको छ। नेपालले कतारको टीमलाई ३ वटै खेलमा पराजित गरेको हो। बिहिबार खेलेको श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १०९ रनको विशाल अन्तरले पराजित गरेको हो।नेपाल पहिलो खेलमा मंगलबार ११९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी बनेको थियो। आजको खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी–२० खेलमा कतारसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।जवाफी ब्याटिङमा उत्रिएको कतारको टीम २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा सीमित बन्यो। नेपालका… पुरा पढौ

चिल्ड्रेन नेपालले गर्‍यो लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

पोखरा ।चिल्ड्रेन नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सहयोगमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकहरुलाई लक्षित गर्दै पोखरा– ९ शिवटोलमा बिहीबार सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले लिङ्गका आधारमा कुनै पनि हिंसात्मक कार्य हुन नहुनेमा जोड दिए । लिङ्गका आधारमा सार्बजनिक र निजि जीवनमा हुने हिंसाविरुद्ध संस्थाले सचेतनामूलक कार्यक्रमहरु गर्ने गरेको बताए । लैङ्गिक हिंसा सामाजिक समस्याको रुपमा देखा परेको भन्दै यसको समाधानका लागि समाजका… पुरा पढौ

नेपाललाई निरन्तर सघाउने अमेरिकी प्रतिबद्धता

काठमाण्डौं । अमेरिकाले कोभिड–१९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहो¥याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ बालुवाटारमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता दोहो¥याएका हुन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौँ अएका सहायक विदेशमन्त्री लु र आजै आएकी उपसहायक… पुरा पढौ

नेपालको कतारमाथि सानदार जीत

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत हासिल गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा बनाएको हो । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । जीतका लागि १६५ रनको… पुरा पढौ

युआरएलको वार्षिकोत्सवमा विशेष छुटसहित विविध कार्यक्रम

पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । २०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो९टिजी० सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । वार्षिकोत्सवको अवसरमा पोखरा र तनहुँमा निशुल्क शिविर, २३ गते युआरएल पत्रकारिता… पुरा पढौ

प्रेस चौतारी कास्कीको अधिवेशन भोलि

पोखरा । प्रेस चौतारी नेपाल कास्कीको भोलि हुने आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उद्घाटन गर्ने चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । अधिवेशनको तयारीका लागि आज भएको कार्यसमिति बैठकमा सहभागी हुँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले कास्कीले अरु ७६ जिल्लालाई नै सकारात्मक सन्देश दिनेगरी अधिवेशन सम्पन्न गर्न सुझाव दिए । “अहिलेको अवस्थामा कास्कीबाट जाने सन्देश सकारात्मक हुनुपर्छ” उनले भने “त्यसका लागि तपाईँहरु सबै उत्तिकै… पुरा पढौ

यु–१९ छनौंट क्रिकेटमा स्याङ्जाको दोश्रो जित

पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जित निकालेको छ । बिहीबार भएको खेलमा स्याङ्जाले नवलपुरमाथि ८ विकेटको जित निकालेको हो । खेलमा टस जितेर व्याटिङ्ग गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नों सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । जितका लागि ५१ रन पछ्याएको स्याङ्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । स्याङ्जाको जितमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ्ग गर्दै १२ खर्चिएर महत्वपूर्ण ४… पुरा पढौ

बगैँचा टोल विकासद्वारा बाटेका धुप बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ । मंसिर १ र २ गते गरी सञ्चालन भएको तालिममा करिब ५० जना प्रशिक्षार्थीहरु को सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक सविना रानामगरले बाटेको धुप बनाउन सिकाएकी थिइन् । प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण पहारीले कार्यक्रमको उदघाटन गर्दै, नेपाल सरकारले प्रयोगात्मक शिक्षालाई शहर बजार हुदै… पुरा पढौ