समाचार

‘फोटो अफ द इयर’

टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बीर खिचेका छन्, जसले धेरैलाई भावुक बनाउन सक्छ। यो तस्वीरले भावुक मात्रै बनाउँदैन, यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ। यो तस्बीरमार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ, जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन्। यो तस्वीरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको छ। मेहमन असलनको यो तस्बीर सिरिया–टर्की सीमामा हेटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी बाउ–छोराको खुसी देखाइएको छ। तस्बीरमा बाउ, छोरा दुबै अपाङ्ग देखिएका छन्। तरपनि, उनीहरु मुस्कुराइरहेका छन्। त्यसैले यो… पुरा पढौ

फेसबुकले ९ अर्ब डलर मुनाफा कमायो

सामाजिक सञ्जाल फेसबुकले ९ अर्ब डलर मुनाफा कमाएको छ। कम्पनीको उक्त मुनाफा अपेक्षाभन्दा धेरै रहेको समाचारहरुमा जनाइएको छ। तेस्रो त्रैमासमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै मुनाफा कमाएको हो। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब ८० करोड डलर थियो।अनलाइन विज्ञापनमा भएको वृद्धिका कारण समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३५ प्रतिशतले बढेर २९ अर्ब १ करोड डलरमा पुगेको छ। सेप्टेम्बर ३० सम्मको १२ महीनामा कम्पनीको मासिक यूजर बेस ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोडमा पुगेको छ। पुरा पढौ

कोरियामा कामदार पठाउन सुरू, आज ४८ जना जाँदै

दक्षिण कोरियामा आज (बुधबार)देखि कामदार पठाउन सुरु गरिँदैछ। कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान लागेका हुन्। पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ । पुरा पढौ

आदिवासी जनजातीका समस्यामा सरकारले ध्यान दिनुपर्छ : आयोग अध्यक्ष थापा

पोखरा । आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजातिहरुको समस्या राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।मंगलबार पोखरामा पत्रकारहरुसँगको भेटघाटका क्रममा आयोगले दिएका सुझावहरु कार्यान्वयन गर्न आग्रह गरेका हुन् । गतवर्ष माघ २१ गते आफू अध्यक्षमा नियुक्त भएपछि आदिवासी जनजातीका विषयमा अध्यन सुरु गरेको जानकारी दिए । एक वर्ष भरिमा भएका गतिविधि र सुझाव सहित वार्षिक प्रतिवेदन पनि तयार पारेको छ । सो प्रतिवेदन असोज २० गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । आयोगको प्रदेशमा शाखा नभएका कारण आफै प्रदेशका… पुरा पढौ

सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न पाएन : अध्यक्ष पोखरेल

पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको गुनासो गरेका छन् । मंगलबार गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए । उनले भने, ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको थियो । चरणबद्ध रुपमा विभिन्न छलफल भएता पनि कार्यन्वयन भएन र मिडिया विधेयक आउनबाट रोकियो ।’ सोही विधेयकलाई जस्ताको त्यस्तै पारित… पुरा पढौ

चोलेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक (भिडियो)

पोखरा । लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आगनिको डिल’ सार्वजनिक भएको छ । स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छिन् । रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैले लय भरेका हुन् । गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र दिपासा बिसीको अभिनय छ । सुनील परियारको संगीत संयोजनमा तयार भएको गीतलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेका हुन् । आगनिको डिल एक माया प्रेमको कथा हो । जस्तो सुकै आपत विपत परेका बेला पनि एक अर्काको साथ आवश्यक छ भन्ने सन्देश गीतको म्युजिक… पुरा पढौ

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र… पुरा पढौ

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा

काठमाण्डौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए… पुरा पढौ

संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छु : प्रधानन्यायाधीश जबरा

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भने, “संविधान र कानूनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानून दिएको जिम्मेवारी… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७८.८२ अङ्कले उकालो लागेर दुई हजार ७५१.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५० अङ्कले बढेर ५१६.०७ मा पुगेको छ । कूल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर रु छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए । कारोबार… पुरा पढौ