आज आश्विन शुक्ल सप्तमी तिथि। आजको दिन दसैँको नवरात्रको सातौँ दिन अर्थात फूलपाती। देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक आज घरघरमा फूलपाती भित्राइन्छ। घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आजको दिन शुभ साइतको प्रतीकका रुपमा उँखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ। आजको दिन आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन भएकाले फूलपातीलाई ९ देवीको प्रतीकका रुपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधना साथै पूजाआजा गर्ने वैदिक विधि रहेको छ। फूलपातीका दिन…
पुरा पढौ