समाचार

जिप दुर्घटनामा तीनको मृत्यु, गाउँ शोकमा

वालिङ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–१० की करिष्मा थापाको… पुरा पढौ

गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री अधिकारीलाई कोरोना संक्रमण

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी कोरोना संक्रमण भएको छ। मन्त्री अधिकारीको आइतबार गरेको पीसीआर परीक्षणबाट कोरोनाबाट संक्रमित बनेको पुष्टि भएको हो। रुघा, खोकी ज्वरो देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। मन्त्री अधिकारी हाल रामघास्थित मन्त्री निवासकै होम आइसोलेसनमा बसेकी छन्। पुरा पढौ

स्याङ्जा, पुतलीबजारका ५ औषधि पसललाई कारबाही

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकाभित्र संचालनमा रहेका ५ औषधि पसललाई कारबाही गरेको छ। औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका ५ औषधि पसललाई कारबाही गरी जरिवाना गरेको हो। म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसलहरु कारबाहीमा परेका हुन्। कारबाहीमा पर्ने स्वास्थ्य संस्थाहरुमा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसंगीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर कारबाहीमा परेको हो। मोनिका मेडिसिन स्टोरलाई ५ हजार… पुरा पढौ

भैरवटोल मोहरियाटोल विकास संस्थाको शुभकामना आदनप्रदान

पोखरा । भैरवटोल मोहरियाटोल विकास संस्थाद्वार विजया दशमी, दिपावली, नेपाल संवत लगायतका पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले गरे । उनले भैरव टोल , मोहरिया टोल ऐतिहासिक क्षेत्र भएको उल्लेख गर्दै ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि राज्य र स्थानिय सबैको उत्तिकै महत्व भएको बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका २ का वडाध्यक्ष रामेश्वर मल्ल, संस्थाका निवर्तमान अध्यक्ष अष्टमान प्रधानाङ्ग, संस्थाका सल्लाहकार कृष्ण देव प्रधानाङ्ग, सुरेन्द्रमान बिजुक्छें, उपाध्यक्ष शक्ति प्रधानाङ्ग… पुरा पढौ

विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन नेपाल मगर संघका अध्यक्ष रोकामगरको अपिल

पोखरा । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गरेका छन् । नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष समेत रहेका रोकामगरले मगर जातिभित्र भाषिक, सांस्कृतिक विविधता भएपनि मगर जाति हौं भन्ने भावना सबैमा रहेको उल्लेख गरे । राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भमा मगर जातिलाई विभाजित गर्ने दुष्प्रयास गर्न थालिएको भन्दै रोकामगरले विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन अपिल समेत गरे ।… पुरा पढौ

१२ हजार बढीमा परीक्षण गर्दा झण्डै ६ सयमा कोरोना संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा १२ हजार बढीमा परीक्षण गर्दा ६ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ४०४ जनामा गरिएको परीक्षणमा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोही अवधीमा ८९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।७ प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या… पुरा पढौ

रुपन्देहीको मोतिपुर घटनामा चारको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल ९युसिएमएस० का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए… पुरा पढौ

सञ्चारजगत संवेदनशील हुनुपर्दछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले मानवीय संवेदनालाई ध्यान दिँदै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। समाजमा हुने आत्महत्या प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सत्यतथ्यमा आधारित समाचारले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै उनले प्रत्येक व्यक्तिलाई आर्थिक,… पुरा पढौ

तत्काल निर्वाचनमा जानुपर्छ : नेता सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उहाँले पार्टीको १४औँ महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन् । “सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो”, उनले भने। पार्टीका पूर्वमहामन्त्री सिंहले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको बताए। नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौँले पाउनुपर्ने… पुरा पढौ

पर्यटनबाटै गण्डकीको समृद्धि : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा पर्यटन परिषद्ले दशै , तिहार, छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले नीजि क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए । उनले कोभिड १९ को महामारिले सुस्ताएको पर्यटन लाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिर लगायतका नयाँ पर्यटकीय गन्तब्य खुलाउन पहल गर्ने बताउनुभयो । उनले अन्तराष्ट्रिय विमानस्थल पश्चात पर्यटकका… पुरा पढौ