समाचार

विवाह भोज खान गएका एक व्यक्ति मृत अवस्थामा फेला

विवाह भोज खान गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विवाह भोज खान गएका स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ कमेरेमाटा बस्ने ५६ वर्षिय टीकाराम नेपाली मृत अवस्थामा फेला परेका हुन् । विवाह भोज खान गएका नेपाली नफर्केपछि खोजतलास गर्दा पुतलीबजार वडा नम्बर ३ कै काफलडाँडा गोरेटो बाटोदेखि अन्दाजी एक सय मिटर तल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना वुलेटिनमा उल्लेख छ । पुरा पढौ

सबैले सुने हुन्छ-‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु हुन सक्दैन’ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलाफमा जाने सपना नदेख्न चेतावनी दिएका छन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आईतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्रै भएको बताउँदै यसको खिलाफमा जाने सपना नदेख्न चेतावनी दिएका हुन् । केपी ओलीले पटक पटक संविधान मिचेर संसद विघटन गरेका थिए । सोहि विषयलाई ईंगित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केहि हुन सक्दैन । कोहि कसैले… पुरा पढौ

गण्डकी प्रदेश ‘साक्षर प्रदेश’ घोषणा

गण्डकी प्रदेश ‘साक्षर प्रदेश’ घोषणा भएको छ । गण्डकी प्रदेश सरकारद्वारा आईतबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन् । साक्षर प्रदेश भएकोमा गण्डकी प्रदेश, प्रदेशबासी र प्रदेश सरकारलाई प्रधानमन्त्री देउवाले बधाई ज्ञापन गरे । साक्षर प्रदेश घोषणा अघि प्रधानमन्त्री देउवाले पोखरा नयाबजारमा रहेको प्रदेश संग्रहालयमा निर्माण गरिएको ‘साक्षरता स्तम्भ’को अनावरण गरे । प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा भएकाले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको गण्डकी प्रदेशका… पुरा पढौ

खुल्न थाले अवरुद्ध ग्रामीण सडकः गाउँबस्तीमा गाडी पुग्न सहज

असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर स्काभेटर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएका स्थानीय सडक दसैँको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैंँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन… पुरा पढौ

सामूहिक लगानीमा व्यवसाय गर्नुपर्नेमा जोड

दसैं र तिहारको उपलक्ष्यमापोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।कार्यक्रममा पोखरा चेम्बर अन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाईका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउपुँजी संकलन गरेरसमुहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गरे । उनले एकल भन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिए । अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे ।उनले नयाँ प्रविधिमार्फत व्यावसायिक परियोजना गरे केन्द्रले… पुरा पढौ

भाषणमा चिप्लिए प्रधानमन्त्री देउवा

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दुई ठाउँमा चिप्लिएका छन् । अर्ध लिखित सम्बोधन गरेका उनी दुई ठाउँमा चिप्लिएका हुन् । सम्बोधनको शुरुमै उनले महाकवी लक्ष्मीप्रसाद देवकोटा र युवा कवि मोतिराम भट्टको जन्मभूमि गण्डकी प्रदेश हो भनेर उनले गलत सन्देश दिए । महाकवि देवकोटा र भट्ट गण्डकी प्रदेशका नभई वागमती प्रदेशका हुन् । त्यस्तै गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश भएको भनेर उनले दोश्रो गलत सन्देश दिए । प्रधानमन्त्रीले गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश… पुरा पढौ

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए । साथै भाइरसबाट बच्न नेपाल… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण

पाेखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् । गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । प्रदेश… पुरा पढौ

साफ च्याम्पियनसीपः नेपालले आज भारतसँग खेल्दै

साफ च्याम्पियनसीप फुटबलमा आज (आइतबार) नेपाल र भारत खेल्दैछ। खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ। यसअघिका २ खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराइसकेको छ। लगातारको २ जितले नेपाल फाइनल नजिक छ। २ खेलमा बराबरी खेलेको भारत २ अंकसहित चौथो स्थानमा छ। भारतलाई फाइनल पुग्न अबका बाँकी २ खेल जित्नै पर्ने दबाब छ। भारतले पहिलो खेलमा बंगलादेशसँग १÷१ गोलको बराबरी र… पुरा पढौ

समता कला कार्यशालाको ६० औं शृंखलामा ‘रिमाइन्ड आर्ट वर्कसप’

सिर्जनात्मक कला निर्माण गरेर समता कला कार्यशालाको ६० औं शृंखला पूरा गरिएको छ। पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक ३/३ महिनाको तेस्रो शनिबार संचालन गर्दै आएको शृंखलामा यस पटक ‘रिमाइन्ड आर्ट वर्कसप’ नामको कला निर्माण गरिएको थियो। कार्यशालामा वरिष्ठ कलाकार यादबचन्द्र भुर्तेल, बुद्धि गुरुङ, हरेराम जोजिजू, महेन्द्रप्रसाद राजभण्डारी, मिलन शेरचन, विश्व श्रेष्ठ, एसकुमार श्रेष्ठ, विश्वराज पराजुली, थमनसिंह सुनार, महादेव शाही, दलबहादुर गुरुङ, झबिन्द्र गुरुङ, कमल गुरुङ, युवराज लामिछाने, मनोज तामाङ, गोपाल दराई, नबीन थापामगर, स्नेहा गिरी, अर्जुन राई, विशाल गुरुङ, एलोन… पुरा पढौ