समाचार

बाढीका कारण घरहरू डुवानमा, प्रशासनलाई ध्यानाकर्षण

पोखरा । सोमबारदेखिको लगातारको वर्षाका कारण नहरमा अव्यवस्थित रुपमा आएको बाढीले पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् । वर्षाका कारण पोखरा महानगरपालिका वडा नं ३२ को टाँडीका साथै कालिकाचोकका झण्डै २० वटा घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धान लगायतका अन्न पनि भिजेका बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा –३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए । समितिको सक्रियतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा… पुरा पढौ

बाढीपहिराले पर्वतमा ५० घरपरिवार विस्थापित

पाेखरा । पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिराका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । यसैगरी वडा नं ७ धाइरिङमा दुई घर विस्थापित बनेको गाउँपालिकाले जनाएको छ । यस्तै महाशिला गाउँपालिका–८ घरपरिवार विस्थापित… पुरा पढौ

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

लमजुङ। यहाँको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । उनले भने, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्छन्, “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ ।… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ । पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या… पुरा पढौ

जीप दुर्घटनामा एकको मृत्यु

वालिङ। आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नंको जीप बिहान १०ः१५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घाइते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । ग्रामीण कच्ची बाटोबाट जीप झण्डै पाँच मिटर तल खस्दा जीपमा… पुरा पढौ

नेता खनाललाई उपचारका लागि भारत लगिँदै

काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको रगत जाँच गर्दा… पुरा पढौ

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । बिपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ । पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल… पुरा पढौ

नदीपुरमा खानेपानीको पाइप बिछ्याउन खनेको खाल्डोमा ट्रक फस्यो

पोखराको नदीपुरमा खानेपानीको पाईप बिछ्याउन खनेको खाल्डोमा परेर एक मालवाहक ट्रक फसेको छ । कुखुराको दाना लिएर आएको ट्रक खाल्डोमा पर्दा भासिएर फसेको हो । जाईकाले खानेपानीको पाईप बिछ्याउन खनेको खाल्डोमा अविरल वर्षाका कारण पानी जमेर माटो गलेको अवस्थामा ओभरलोडेड सो ट्रकले थिच्दा जमिन केहि भासिन जाँदा ट्रक फसेको नदीपुर प्रहरी विटका प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए । फसेको ट्रकमा रहेको दानाको बोरा अनलोड गरेर ट्रक निकाल्ने काम भइरहेको हवल्दार श्रेष्ठले बताए । पुरा पढौ

अझै तीन दिन भारी वर्षा हुने

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ । “मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ”, बासीले रासससँग भने, “यो वायुको… पुरा पढौ

आँधीखोलामा शव फेला

वालिङ। स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बिहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो । आज बिहान ६ बजेतिर स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन् । अन्दाजी ५०- ५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि गह्रौँ… पुरा पढौ