समाचार

बाढी पहिरोबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता

लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन्।  बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभन्न जिल्ला प्रभावित भएको जनाएको छ । बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ। मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा… पुरा पढौ

गोरखामा बाढीले चार घर बगायो, सात घर जोखिममा

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ । विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको उनको भनाइ छ… पुरा पढौ

थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा… पुरा पढौ

बिपदमा तत्काल उद्धारमा जुट्न निबर्तमान सांसद भट्टराईको अपिल

पोखरा । विघटित प्रतिनिधि सभाका निबर्तमान सांसद बिद्या भट्टराई अधिकारिले बर्षा याम शुरूवात भए संगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगाएतका प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्धार र राहतका कार्यमा जुट्न सम्पुर्णमा अनुरोध गरेकी छन । भट्टराईले बुधबार सामाजिक संजालमा एक सार्बजनिक अपिल जारी गर्दै सो आग्रह गरेकी हुन । उनले अपिलमा “बर्षा याम सुरु भएपछि धेरै बस्तीहरू जोखिममा पर्छन् । अहिले सुरूकै अबस्थामा बर्षाले मनाङ र सिन्धुपाल्चोक,कास्की र स्याङ्जामा अधिकतम असर पुगेको भन्दै पिडितको उद्धार र… पुरा पढौ

पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिमि वर्षा, सबैभन्दा धेरै लुम्लेमा

पोखरा । पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ ५ः४५ अध्यावधिक गरेको तथ्याङ्क अनुसार पोखरामा सो वर्षा भएको भएको हो । यस्तै सबैभन्दा धेरै लुम्लेमा लुम्लेमा १६५.४ मिमि वर्षा मापन गरिएको छ । त्यस्तै खैरेनीटारमा १०२ मिमि, स्याङ्जामा ८६.० मिमि, जोमसोममा ४०.० मिमि वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । त्यसैगरि, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा… पुरा पढौ

गण्डकी प्रदेश : ५२५ संक्रमणमुक्त,७ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ३८४ जना जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिनेमध्य कास्कीका १०५ , तनहुँका ८७, स्याङ्जाका ८, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ६९, गोरखाका १६ , पर्वतका ४ र म्याग्दीका ५ जना छन् । उनीहरु २०२ जना महिला हुन भने बाँकी २०६ जना पुरुष रहेका छन् । यो सहित हालसम्म प्रदेशभर कोरोना… पुरा पढौ

फ्रेण्डस फरेभर ग्रुपद्वारा गौतम बुद्ध क्रिकेट रंगशालालाई १ लाख ८० हजार प्रदान

वेलायतमा रहेका नेपालीहरुको समुह फ्रेण्डस फरएभर गु्रपले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख ८० हजार रुपैया सहयोग गरेको छ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्ने मुल मन्त्रका साथ स्थापित फ्रेण्डस फरएभर गु्रपका सदस्य हाल हङकङमा रही पोखरा ११ निवासी गोल गुरुङको संयोजकत्सवमा संकलित उक्त रकम गु्रपका सदस्य बिरकाजी गुरुङले रंगशाला निर्माणका संयोजक तथा धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरेका हुन । वेलायतमा रहेपनि आफ्नो मातृभुमिमा आइपरेको विभिन्न विपत्तिहरुमा सहयोग… पुरा पढौ

नेलम्बो नेपालद्वारा धम्पुसमा वृक्षारोपण

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ बाट बच्न स्वास्थ्य सामग्रीहरु विभिन्न संघसंस्थालाई वितरण गरेर चर्चामा आएको नेलम्बो नेपालले बृक्षारोपण गरेको छ । कोरोना महामारी चलेसँगै मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस डाँडासँग सहकार्य गरेर वृक्षारोपण गरेको हो । गत वर्ष ८ सय बोट विरुवा हस्तान्तरण गरेको नेलम्बो नेपालले यस वर्ष १ हजार २० वटा डाले घाँसका बिरुवाहरु, बकाइनो १५० वटा, र्राखनियो १५९ वटा, टाँकी १५० वटा, भटमास १५०… पुरा पढौ

महानगरपालिका र प्रदेश सरकारलाई काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले दिए यस्तो सुझाव

पोखरा । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचित वडा अध्यक्षहरुले महानगरपालिकालाई विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले बजेट अधिवेशनमार्फत् आर्थिक वर्ष २०७८÷०७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला नेपाली काँग्रेसबाट निर्वाचित वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडा अध्यक्षहरुले सुझाव दिएका हुन् । वडा अध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति प्रकाशित गरी कोरोनाबाट प्रत्यक्ष प्रभावित पर्यटन, उद्योग, व्यापार, यातायात क्षेत्रलाई ५० प्रतिशत… पुरा पढौ

खहरेखोलाले बगायर एक महिलाको निधन भएको घटना प्रति सांसद बरालद्धारा शोक व्यक्त

पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका १ स्थित उपल्लोघाचोक (टुसे) मा खहरेखोलाले बगायर स्थानिय ४८ बर्षीया लिला विक (परियार) को मंगलबार निधन भएको घटना प्रति गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले दुःख व्यक्त गरेका छन्। बुधबार शोक विज्ञेप्ति प्रकासित गर्दै सांसद बरालले आफ्नो घर नजिकै खहरेखोलाले बगायर विकको निधनको घटनाले आफु निकै मर्माहित भएको जनाए । सांसद बरालले उनको मृतआत्मको चिर शान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदन समेत व्यत्त गरेका छन्। साथै उनले गरिव तथा विपन्न परिवारकी… पुरा पढौ