समाचार

युरो कप फुटबलः रुसको पहिलो जित

युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ। समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक ३ अंक लिन सफल भएको हो। पहिलो खेलमा बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको रुसले बुधबार भने फिनल्याण्डलाई पराजित गरेको हो। पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रुसले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि अलेक्सी मिरान्चुकले गोल गरेका थिए। ज्यूबाको असिस्टमा मिरान्चुकले गोल गरेपछि पहिलो हाफमा रुसले १–० को अग्रता लिन सफल भयो। पुरा पढौ

युरोकप फुटबलः वेल्सको पहिलो जित

वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा वेल्सले टर्कीमाथि २–० गोल अन्तरले जित निकालेको हो। बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा वेल्सलाई जित दिलाउन अरोन राम्से र कारोना रोबेर्टसले १/१ गोल गरे। खेलको ४२ औँ मिनेटमा राम्सेले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको इन्ज्युरी समयमा रोबेर्टले गोल गर्दै वेल्सलाई पहिलो जित दिलाए। जितसँगै वेल्सले समूह ’ए’ मा दुई खेलबाट ४ अंक जोडेको छ। वेल्स तालिकाको शीर्ष स्थानमा छ। वेल्सले पहिलो खेलमा स्विजरल्यान्डसँग बराबरी खेलेको थियो। यता टर्कीले… पुरा पढौ

युरोकप फुटबलः इटाली नकआउट चरणमा

इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० को फरक गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो। ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले २ गोल गरे । सिरो इमोबाइलले १ गोल गरे। तर, खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए।त्यसपछि खेलको ८९ औं मिनेटमा… पुरा पढौ

पलेशा टोकियो पारालिम्पक २०२० का लागि छनौट

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन टोकियो पारालिम्पिक २०२० का लागि छनौट भएकी छिन्। नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा जापानको टोकियो शहरमा आगामी भदौमा आयोजना हुने टोकियो पारालिम्पिक २०२० का लागि नेपालबाट छनौट भएकी जानकारी गराएको हो। पलेशा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रदान गर्ने कोटा प्रणाली अर्थात वाइल्ड कार्डमार्फत पारालिम्पिकमा नेपालको तर्फबाट छनौट भएकी हुन्। पलेशा विश्व तेक्वान्दो महासंघको वरियताको १३ औं स्थानमा रहेको र नोलका लागि एउटा मात्र वाइल्ड कार्ड प्रदान गर्ने भएको कारण पलेशाले… पुरा पढौ

नेपालले एशियन कपको तेस्रो चरण सिधै खेल्न पाउने

नेपालले एशियन कपको तेस्रो चरण सिधै खेल्न पाउने भएको छ। नेपाल एशियन कप फुटबलको तेस्रो तथा फाइनल राउन्डमा छनौट भएको हो। चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएसँगै समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ। फिफा विश्वकप छनोटको दोस्रो चरणका खेल सकिएसँगै एसियन कपमा छनोट हुने र प्ले –अफ खेल्ने टोलीको टुंगो लागेको हो। विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा… पुरा पढौ

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन्। अफगानिस्तानको नानगाहार प्रान्तमा ५ जना स्वास्थ्यकर्मीको हत्या भएको थियो। साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो। नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए। सोही क्रममा तालिबान लडाकुहरूले उनीहरूको हत्या गरेका बताइएको छ। अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन्। उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरूको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने… पुरा पढौ

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन: बेलायती प्रधानमन्त्री जोन्सन

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी ७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले सो पत्रकार सम्मेलनमा भनेका थिए, ‘सुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन।’ सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो। विशेष गरेर… पुरा पढौ

अमेरिकामा कोभिड १९ ले मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ। विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। त्यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ। त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वको पहिलो स्थानमा छ। यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन्। तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना सफल होलाजस्तो देखिएको छैन।… पुरा पढौ

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्। भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ। स्थानीय समय अनुसार बुधबार बिहान ११ः४३ मा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ। सिन्ह्वा पुरा पढौ

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

इजरायली वायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ। गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धविराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो। इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरूलाई लक्षित गरिएको जनाएको छ। हमास लडाकुहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ। इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन।मंगलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनी विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए।… पुरा पढौ