समाचार

विपतमा उद्धार

सुपर मादी हाइड्रोपावरमा कार्यरत् कामदारहरुलाई उद्धार गर्दै ताङ्तिङ गाउँका स्थानीय युवाहरु। मादि गाउँपालिका वडा २ को बिशेष पहलमा उनीहरुलाई उद्धार गरेका थिए। सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। बाढीले हाइड्रो पावरका २ वटा जेसीबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ। हाइड्रो पावरका अनुसार… पुरा पढौ

सोमालियामा आत्मघाती आक्रमण, १५ सैनिकको मृत्यु

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरी प्रवक्ता सदिक अलि अडेनले विस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए। शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ। यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ। घटना लगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य… पुरा पढौ

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ। युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ। संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ। सो क्षेत्रमा निकै… पुरा पढौ

महिला भलिबलको प्रारम्भिक प्रशिक्षण सुरु

नेपाल भलिबल संघ (एनभीए)ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि मंगलबारबाट प्रशिक्षण सुरु गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल सरकारको स्वीकृतसँगै संघले ३० खेलाडीलाई प्रारम्भिक छनोट राखेर प्रशिक्षण सुरु गरेको हो। संघले महिला टोलीको प्रशिक्षण राखेप कभर्डहल त्रिपुरेश्वरमा सुरु गरेको हो। भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। संघले सहभागी खेलाडी र आवश्यक अफिसियलको यसअघिनै पिसीआर गरेको थियो । मुख्य… पुरा पढौ

२ बर्षपछि फिफा बरियतामा नेपाल ३ स्थान माथि उक्लियो

फिफा वरीयतामा नेपाल १७१ औं स्थानबाट १६८ औं स्थानमा उक्लिएको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको हो। अघिल्लो महिनाको वरीयतामा १७१ औं स्थानमा रहेको नेपाल जुनमा सार्वजनिक भएको नयाँ वरीयतामा नेपाल ३ स्थान सुधार गर्दै १६८ औं स्थानमा पुगेको हो। सन् २०१९ पछि नेपाली टिमको वरीयतामा सुधार आएको हो। सन् २०१८ मा १६१ औं स्थानमा रहेको नेपाल त्यसपछि १७० औं स्थानमा झरेको थियो। त्यसमा पनि पछिल्लो एक बर्षदेखि १७१ औं स्थानमा नै थियो। इराकसँगको मैत्रीपुर्ण… पुरा पढौ

बजेटको नाममा लिखित भाषण पेश :पूर्वअर्थमन्त्री किरण गुरुङ

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/७९ कालागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेटलाई वक्तव्यको संज्ञा दिएका छन् । बजेटको नाममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले लिखित भाषण गरेको गुरूड.ले बताए । प्रस्तुत छ , पूर्ब अर्थमन्त्री गुरुड.ले आफ्नो फेसबुक स्टाटसमा बजेटप्रति गर्नु भएको टिप्पणी उहांकै शब्दमा :हरेक वर्ष असार १ गते प्रदेश सरकारले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार गण्डकी प्रदेशमा पनि नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले प्रदेश सभामा आगामी… पुरा पढौ

कोपा अमेरिका: बोलिभियामाथि पाराग्वेको प्रभावशाली जित

कोपा अमेरिकाअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा पाराग्वेले बोलिभियालाई पराजित गरेको छ। बोलिभियाले सुरुवाती अग्रता जोगाउन नसक्दा पाराग्वेविरुद्ध ३–१ गोलको हार्न पुग्यो। एर्विन साभेद्राको गोलबाट बोलिभियाले खेलको १० औँ मिनेटमै अग्रता लिएको थियो। तर खेलको पहिलो हाफको थप गरिएको समयमा जाम क्युलर रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सीमित बन्यो। पहिलो हाफमा १–० ले पछि रहेको पाराग्वेले दोस्रो हाफमा मौकाको फाइदा उठाउँदै ३ गोल गर्न सफल बन्यो। एन्जेल रोमेरोले ६५ औँ र ८० औँ मिनेटमा गोल गरे भने अलेजान्द्रो रोमेरो… पुरा पढौ

युरोकपमा क्रिस्टियानो रोनाल्डोको २ कीर्तिमान

युरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले २ नयाँ कीर्तिमान बनाउन सफल भएका छन्। मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बन्दा राोनाल्डोले २ कीर्तिमान भंग गरेका छन्। योसँगै रोनाल्डो युरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरेका छन्। पोर्चुगललाई जित दिलाउन अर्को एक गोल राफायल गुरेरोले गोल गरेका थिए। २ गोलसँगै अली… पुरा पढौ

युरोकपः जर्मनीको आत्मघाती गोलबाट फ्रान्सको जित

विश्व विजेता फ्रान्सले युरो २०२० च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ। मंगलबार राती भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले हराएको हो। जर्मनीको आत्मघाती गोलबाट फ्रान्सको जित संभव भएको हो। जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गर्दा फ्रान्सको जित भएको हो। सन् २०१६ को उपविजेता फ्रान्सले विश्वकपमा उपाधि उचालेको थियो। यसपटक बलियो ठानिएको फ्रान्स उपाधि दाबेदार टिम हो। ग्रुप ‘एफ’मा रहेको फ्रान्स र पोर्चुगलले गएरातीको जितबाट ३÷३ अंक बटुलेका छन्। गोल अन्तरका आधारमा पोर्चुगल शीर्ष स्थानमा छ। पुरा पढौ

गण्डकी प्रदेश सरकारले सबै नागरिकलाई कोभिड–१९ खोप सुनिश्चित गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रत्येक नागरिककलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने भन्दै खोप खरिदका लागि आवश्यक बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताएका छन् । अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले मंगलबार गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक श्रोत र साधनको सुनिश्चित गर्नेगरी बजेट विनियोजन गरेको बताएका हुन् । सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन… पुरा पढौ