समाचार

पोखरामा जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाईदै, लगाईने ठाउँहरु :-

पोखरामा यहि जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाइने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना निकालेर भेरोसिल लगाउने मिति र स्थान सार्वजनिक गरेको हो । पोखरामा ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहकालाई भेरोसिल खोप लगाईने महानगरपालिकाले जनाएको छ । काठमाडौंमा भने ६० वर्षदेखि ६५ वर्षका लाई खोप लगाइने भएपनि पोखरामा ६२ वर्ष माथिका लाई लगाउन लागिएको हो । पुरा पढौ

शिक्षक कर्मचारीलाई पनि कोरोना खोप लगाउन शिक्षक संगठन कास्कीको माग

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीले शिक्षक , विद्यालय कर्मचारी तथा १८ वर्ष उमेर समूह भन्दा माथिका विद्यार्थीहरुलाई कोरोना खोप लगाउन माग गरेको छ । संगठनले विद्यालय सञ्चालन पुर्व खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दै जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी० का संयोजक प्रमुख जिल्ला अधिकारीलाई धयनाकर्षण पत्र बुझाएको छ ।ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले अहिले शिक्षकहरु विद्यार्थीको सिकाई मुल्यांकन तथा नतिजा प्रकाशन गर्न लागिरहेको र असार पहिलो हप्तावाट भर्ना अभियान लगायतका कार्यमा सम्लग्न रहनुपर्ने भएकोले विद्यार्थी… पुरा पढौ

मध्यपहाडी लोकमार्गः बिहुँ खण्डमा कालोपत्रे

बागलुङ । कोरोना कहरका बीच पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा भने निर्माणको धमाधम काम भइरहेको छ । पाँच वर्षअघि कालोपत्रे गर्ने भनिएको बागलुङ जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिनयता परिणाम देखिने गरी धमाधम काम भइरहेको छ । ट्रयाक खुलेको २५ वर्षपछि उक्त सडक खण्डमा कतै कालोपत्रे त कतै पूर्वाधारको काम भइरहेको छ । कोरोना कहरमा समेत सरकारले ठूला विकास आयोजनालाई निरन्तरता दिने भनेपछि लोकमार्गमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर धमाधम काम भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय… पुरा पढौ

बोलपत्र नपरेपछि वडा कार्यालयमार्फत नदीजन्य पदार्थ उत्खनन

मनाङ । ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि पटकपटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि मनाङ ङिस्याङ गाउँपालिका–६ कार्यालयले सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा दुईपटक सूचना प्रकाशित गर्दासमेत बोलपत्र नपरेपछि गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी वडा कार्यालयलाई उत्खननको अनुमति दिएको हो । गाउँपालिकाले २०७७ माघ २६ र फागुन २८ गते सूचना प्रकाशित गरे पनि कुनै कम्पनीको बोलपत्र परेको थिएन । पटकपटक सूचना प्रकाशन गर्दा कसैको बोलपत्र नपरेपछि वडा कार्यालयलाई गण्डकी प्रदेशसभाले पारित गरेअनुरुपको दरमा नदीजन्य पदार्थ उत्खननको… पुरा पढौ

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य… पुरा पढौ

मध्यपहाडी लोकमार्गः बिहुँ खण्डमा कालोपत्रे

गलकोट। कोरोना कहरका बीच पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा भने निर्माणको धमाधम काम भइरहेको छ । पाँच वर्षअघि कालोपत्रे गर्ने भनिएको बागलुङ जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिनयता परिणाम देखिने गरी धमाधम काम भइरहेको छ । ट्रयाक खुलेको २५ वर्षपछि उक्त सडक खण्डमा कतै कालोपत्रे त कतै पूर्वाधारको काम भइरहेको छ । कोरोना कहरमा समेत सरकारले ठूला विकास आयोजनालाई निरन्तरता दिने भनेपछि लोकमार्गमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर धमाधम काम भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले… पुरा पढौ

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

पोखरा। पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । बन्दाबन्दीका कारण मजदुर त समस्यामा पर्नु स्वाभाविक हो तर अपाङ्गता भएका परिवाका लागि यो अभिशाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण… पुरा पढौ

विश्वकप छनोटः आज नेपालले जोर्डनसँग भिड्दै

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग राति ९ः४५ बजेबाट खेल्नेछ। नेपालले सोमबार तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध जारी विश्वकप छनोटमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छ। जोर्डनकै घरेलु मैदानमा भएको अवे खेलमा ३–० ले पराजित भएको नेपालका लागि यो होम खेल हुनु पर्ने हो। तर, कोरोना महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा प्रतिस्पर्धा गर्दा मौसम नेपालका लागिभन्दा जोर्डनका लागि नै अनुकूल… पुरा पढौ

बेलायती ड्युक ह्यारी र डचेज अफ ससेक्स मेघनलाई पुत्री लाभ

बेलायतका राजकुमार ह्यारी र मेघनलाई पुत्री लाभ भएको छ। राजपरिवार छोडेर अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ड्युक र डचेज अफ ससेक्सले आफ्नो दोस्रो बच्चा छोरीको जन्म भएको जानकारी दिएका छन्। उनीहरुले आफ्नो छोरी लिलीबेट ‘लिली डायना माउन्टबेटन विन्डसर’को जन्म अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट बार्बरा अस्पतालमा भएको जानकारी दिएका हुन्। ह्यारी र मेघनले जारी गरेको विज्ञप्तिमा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ। दुवैले छोरीको नाम ‘लिलीबेट’ राजपरिवारकी महारानी तथा जिजु हजुरआमाको निकनेमको आधारमा राखेको तथा बिचको नाम हजुरआमा डायनाको… पुरा पढौ

बुर्किना फासोमा बिद्रोहीद्वारा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु

सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो। सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन। तर, पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन्। विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले… पुरा पढौ