तनहुँ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्ने सङ्क्रमितलाई परामर्श सेवा दिन तनहुँका स्थानीय तहले प्रयास थालेका छन् । दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जिल्लाका स्थानीय तहले होम आइसोलेशनमा बस्ने सङ्क्रमितको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्य शाखामा समन्वय गर्न प्रयास थालेका हुन् । सङ्क्रमितलाई आवश्यक परामर्श सेवा दिनका लागि भिमाद नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाले नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । नगरपालिकाले…
पुरा पढौ