समाचार

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

साओ पाओलो। ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७४ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ३७ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिइएको छ… पुरा पढौ

‘अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी, पोखरा- २३ का अध्यक्षद्वारा रु १ लाख सहयोग ’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा पछिल्लो पटक पोखरा महानगरपालिका वडा नम्बर २३ ले रु १ लाख सहयोग गर्ने घोषणा गरेको छ । पोखरा- २३ का अध्यक्ष बिष्णुप्रसाद पराजुलीले मानविय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी… पुरा पढौ

पोखरा महानगरपालिका वडा – २३ मा मंगलबार राहत वितरण

पोखरा महानगरपालिका वडा - २३ मा मंगलबार राहत वितरण गरिएको छ । युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा वहिनी एडुकेयर फ़ाउन्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिईएको फ़ाउन्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो । पोखरा- २३, का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, ४ वटा हात धुने सावुन र १५ वटा मास्क वितरण गरिएको थियो । सिद्ध वराह मा.वि.का अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम… पुरा पढौ

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

लमजुङ। कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो । बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन… पुरा पढौ

पाकिस्तानमा २ वटा रेल ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा २ वटा रेल एक–आपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते छन्। सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एक–आपसमा जुधेका थिए। इञ्जिनसमेत ३ डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ र मिल्लत एक्सप्रेस कराचीबाट सरगोधातर्फ जाँदै गर्दा एक–आपसमा जुधेका हुन्। गम्भीर घाइतेहरूको संख्या धेरै रहेकाले मानवीय हताहती बढ्नसक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै त्यहाँको संचारमाध्यमहरूले जनाएका छन्। रेडियो पाकिस्तानका अनुसार घाइते यात्रीहरूलाई अहिले अस्पतालमा लगिएको छ र डिब्बामै फसिरहेका यात्रुहरूलाई जोगाउन उद्धारकर्ताहरूले अभियान थालेका छन्। मिल्लत… पुरा पढौ

भारतको महाराष्ट्रस्थित केमिकल कारखानामा आगलागी, कम्तिमा १८ मजदुरको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदुरको मृत्यु भएको छ। सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ। आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए। भारतको फायर ब्रिगेड विभागका अनुसार अन्य बेपत्ता मजदुरहरुको खोजी जारी छ। फसेका मजदुरहरुलाई बचाउन अहिले कारखानाको पर्खाल जेसीबीले भत्काउने काम भैरहेको जनाइएको छ। आगलागीको कारण अझै थाहा हुन सकेको छैन। बीबीसी पुरा पढौ

दिल्लीमा मेट्रो रेल सेवा सोमबारदेखि संचालन

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः संचालन गरिएको छ। कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः संचालनमा ल्याइएको हो। कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि सुरु गरिएको हो। यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ। जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री… पुरा पढौ

भारतमा ६१ दिनयता सबैभन्दा कम कोरोना सङ्क्रमित

भारतमा आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ । कोरोना संक्रमितको यो संख्या ६१ दिनयताको सबैभन्दा कम हो। हाल भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख १० हजार ६ सय ११ पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ। त्यसैगरी, भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआएपनि केही दिन यता यस प्रकोपको कारण ज्यान गुमाउने संख्या पनि केही कम भने भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको… पुरा पढौ

जोकोभिच र नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

नोभाक जोकोभिच र रफायल नाडालले वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्थान बनाएका छन्। सुरुआती २ सेट हारेर शानदार पुनरागमन गर्दै नोभाक जोकोभिचले फ्रेन्च ओपनको चौथो चरणबाटै अप्रत्यासित बाहिर्गमनको खतरा टारेका ह्न् । विश्व नम्बर एक सर्बियाली खेलाडीको प्रदर्शन सुरुआती २ सेटमा कमजोर थियो। उनले दुवै सेट टाइब्रेकमा गुमाएका थिए। तर, त्यसपछि १९ वर्षीय इटालियन किशोर खेलाडी लोरेन्जो मुसेट्टीले पूरा खेल खेल्न सकेनन्। तेस्रो र चौथो सेट क्रमशः ६–१ र ६–० जे जितेका जोकोभिचले पाँचौं सेटमा ४–० को अगता… पुरा पढौ

आयरल्याण्डविरुद्धको सिरिज नेदरल्यान्ड्सलाई

नेदरल्यान्ड्सले आइसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले हराएर नेदरल्यान्ड्सले २–१ ले सिरिज जितेको हो। आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्यान्ड्सले ४५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो। नेदरल्यान्ड्सको जितमा स्टेपहेन माइबर्गले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। म्याक्स ओडोडले ३६ रन बनाए। आयरल्याण्डका सिमि सिंहले ३ विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४९ ओभर २ बलमा अलआउट हुँदै १… पुरा पढौ