समाचार

सिटीका डी ब्रुयना लगातार दोस्रो वर्ष पनि ‘पीएफए वर्ष खेलाडी’

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन पनि वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन्। प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा डी ब्रुयनालाई यो वर्ष पनि उक्त उपाधि प्रदान गरेको हो। सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने। सिटीलाई ४ वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्वपूर्ण भूमिका थिया। २९ वर्षीय डी ब्रुयना उत्कृष्ट पुरुष खेलाडी लगातार २ वर्ष जित्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन्। ‘तपाईं टीमको रुपमा सबै उपाधि जित्न चाहनुहुन्छ, व्यक्तिगत रुपमा यो सबैभन्दा महत्वपूर्ण… पुरा पढौ

जर्मनी यु–२१ युरोपियन च्याम्पियन

जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ। उपाधि भिडन्तमा पोर्चुगललाई १–० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा लुकास नेमेचाले ४९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। योसँगै जर्मनी तेस्रो पटक यु–२१ को युरो च्याम्पियन बनेको छ। तेस्रो पटक फाइनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो। पुरा पढौ

अमेरिकालाई कोनकाकाफ नेसन्स लिगको उपाधि

अमेरिकाले कोनकाकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ। फाइनलमा क्रिस्टियन पुलिसिचले मेक्सिकोविरुद्ध अतिरिक्त समयमा गोल गर्दैे अमेरिकालाई उपाधि दिलाए। चेल्सीका २२ वर्षीय मिडफिल्डर पुलिसिचले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए।दुई पटकसम्म पछि परेको स्थिति उल्टाउँदै अमेरिकाले खेल अतिरिक्तसम्म धकेलेको थियो। खेलका शुरुवातमा नै मेक्सिकोका जिसुस कोरोनाले गोल गरेका थिए। तर, जियोभानी रेयनाले खेल बराबरी गरे। त्यसपछि डिएगो लाइनेजले मेक्सिकोलाई पुनः अग्रता दिलाए पनि वेस्टन म्याकेनीले खेल बराबरीमा ल्याउँदै अतिरिक्त समयमा खेललाई धकेलेका थिए । भिडियो एसिस्टेन्ट रेफ्रीसँग लामो… पुरा पढौ

सुनिलको गोलमा भारतको जित

सुनिल क्षेत्रीको २ गोल मद्दतमा भारतले विश्वकप तथा एसियन कप छनोट खेलमा बंगलादेशलाई २–० ले पराजित गरेको छ। सुनिलले ७९ औं मिनेटमा पहिलो गोल गरेको थिए भने दोस्रो गोल अन्तिम मिनेटमा गरेका थिए। जितपछि ६ अंक जोडेको भारत समूह ‘ई’ को तेस्रो स्थानमा उक्लिएको छ। बंगलादेश ३ अंकका साथ पुछारमा छ। कतार १९ अंकका साथ समूहको शीर्ष स्थानमा छ। पुरा पढौ

विश्वकप छनोटः नेपाल बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० को फरक गोल अन्तरले ले पराजित बन्यो। जोर्डनको जितमा बाहा फाइजल सिफले २ र याजन अल अरबले १ गोल गरे। नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले सुरुवाती गोल गरेको थियो। त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे। यसअघि, गएको अक्टोबरमा पहिलो चरणको… पुरा पढौ

विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का पूर्वनेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पछिल्लो समय विपक्षी दलको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै छ । पुरा पढौ

हावाहुरीका कारण मकै बालीमा क्षति

पोखरा । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । आज दिउँसो ४:३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए। आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पु¥याएको उनले बताए। मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो… पुरा पढौ

पोखरामा विभिन्न क्षेत्रका ३० परिवारलाई राहत वितरण

पोखरा । विवेकशिल साझा पार्टी कास्कीको कोभिड–१९ रेस्पोन्स टिमको आयोजनामा पोखराका विभिन्न क्षेत्रका ३० परिवारलाई राहात वितरण गरिएको छ । विवेकशिल साझा पार्टी पोखरा महानगर कमिटीको संयोजन तथा कृष्ण भुजेलको समन्वयमा १९ जना अपाङ्गता भएका व्यक्ति र ११ जना अव्यवस्थित बसोबासी परिवारलाई दैनिक उपभोग्य खाद्यान्न, चामल,दाल, नुन, तेल, आलु लगायतका सामाग्री वितरण गरिएको कार्यक्रमको समन्वयकर्ता भुजेलले जानकारी दिए । कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अप्ठेरो अवस्थामा परेका उनीहरुलाई राहात वितरण गरिएको भुजेलले बताए ।… पुरा पढौ

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण

पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले राहत वितरण गरेको छ । कोभिड–१९ का कारण एक महिना बढी समयदेखि निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारहरुका लागि राहात वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए । कलाकारका हकहितका विषयमा आवाज उठाउँदै आएको संघले निषेधाज्ञाका कारण समस्यामा परेका ४३ परिवारलाई राहात वितरण गरिएको संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । पुरा पढौ

“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” अभियानबाट ११ सय बढीले लिए सेवा

कोरोना सङ्क्रमणका कारण जारी निषेषाज्ञाले समस्यामा परेका व्यक्तिहरुको गर्जो टार्ने लायन्स क्लब अफ पोखरा अभियानद्धारा शुरु गरिएको “हुनेले दिएर जाऊ नहुनेले लिएर जाऔ” अभियानको सातौंदिनसम्म ११ सय बढीले सेवा लिएका छन् । पोखराको विपी चोक स्थित चिप्लेढुंङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चना लगायत सामाग्री छन् । अहिलेको विषम परिस्थितीले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवा लगायतकालाई लक्षित गरि अभियान शुरु गरिएको पोखरा अभियानका संस्थापक अध्यक्ष विनोद ढुगांनाले जानकारी दिनुभयो । “हामीले जेठ १६ गतेदेखी अभियानमा शुरु… पुरा पढौ