समाचार

नाइजेरियामा बन्दुकधारीहरुको आक्रमण, ८८ जनाको मृत्यु

बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ। देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्। डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ। घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो। तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिएका छन्। थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा छन्। यसअघि… पुरा पढौ

अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरी थुनाबाट मुक्त

इजरायलले अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरीलाई थुनाबाट मुक्त गरेको छ। पूर्वी जेरुसलेनम नजिकैको शेख जर्रामा भएको प्रदर्शनमा समाचार संकलन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि इजरायली प्रहरीले घण्टौंसम्म उनलाई हिरासतमा राखेको थियो। यस क्रममा अलजजिराका क्यामेराम्यान नबिल माज्जावीमाथि पनि दुव्यवहार भएको थियो। उनले बोकेका उपकरणहरु इजरायली प्रहरीले फुटाइदिएको अलजजिराले जनाएको छ। प्रेस स्वतन्त्रतामाथिको यस हमलाको मिडिया पर्यवेक्षक तथा विभिन्न संघ संस्थाहरुले विरोध जनाएका थिए। ‘उनीहरु चारैतिरबाट आएका थिए । किन आए भन्ने थाहा भएन ? उनीहरुले मलाई लछारेर पर्खालमा… पुरा पढौ

बोको हरामका नाइके अबुबकारले आत्महत्या गरेको दाबी

नाइजेरियाको उग्रवादी समूह बोको हरामका नाइके अबुबकार सेकाउले आत्महत्या गरेको दाबी भएको श्रव्य–रेकर्ड सार्वजनिक भएको छ। दुई वटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोट गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) ले सो रेकर्डमार्फत जानकारी दिएको हो। अघिल्लो महिना पनि सेकाउ मारिएको दाबी भएको थियो। त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो। बोको हराम वा नाइजेरिया सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि भने गरेको छैन ।मिति उल्लेख नगरिएको सो रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर… पुरा पढौ

काश्मीरको विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार: पाकिस्तानी प्रम

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। तर, दिल्लीले आवश्यक पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ। समाचार एजेन्सी रोयटर्सलाई दिएको एक अन्तरवार्तामा खानले समस्या सल्ट्याउन भारतसँग बातचित गर्न तयार रहेको जनाएका हुन्। बेलायती उपनिवेशबाट मुक्त हुँदा विभाजित यी २ देशबीच परम्परागत दुस्मनी रहिआएको छ। इमरान खान भारत प्रशासित काश्मीरको अवस्थाप्रति बढी संवेदनशील देखिएका छन्। भारतले संविधानको अनुसूची ३७० खारेज गरेर जम्मु–काश्मीरको विशेषाधिकार खारेज गरिसकेको छ। खानले यदी भारत काश्मीरमा यसअघिकै स्थिति बहाल गर्न तयार भए आफूहरू… पुरा पढौ

इजरायलमा १२ देखि १६ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन सुरु

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सरकारले गत बुधबार गरेको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान गरेको हो। इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि सुरु गरिएको थियो। पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो। त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ। १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो। इजरायलमा शनिबारसम्ममा करीव… पुरा पढौ

भारतमा देखियो ७ दिनमै तौल घटाउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट

भारतमा अल्फा, बिटा, गामा र डेल्टापछि एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ। भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो। तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो। अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरेका छन्। उनीहरुका अनुसार यो दोस्रो भेरिएन्ट aL.1.1.28.2 निकै तेज छ। संक्रमित भएको ७ दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ। यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले… पुरा पढौ

भारतमा २ महिनायताकै सबैभन्दा कम दैनिक कोभिड संक्रमण, मृत्यु संख्यामा पनि कमी

भारतमा विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड)–१९० बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक ४ लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो। भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये २ करोड ७० लाख संक्रमणमुक्त भएका छन्। कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप २ हजार ६… पुरा पढौ

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा २९परिवारलाई राहत वितरण ऋषिराम दाहाल पाेखरा राष्ट्रिय संगितकर्मि संघ कास्कीले२९घर दुरीलाई राहत वितरण गरेकाे छ।काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठ ले अाम नेपाली टिभी लाई जानकारी गराए। सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र याे पटक पनि लकडाउनकाे बेला सहयाेग गरेकाे कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए । राष्ट्रिय संगितकर्मि संघ कलाकारकाे हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै… पुरा पढौ

नेलेम्बो नेपालद्वारा अनलाइन पत्रकार संघ गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग

नेलेम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार नेलेम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । नेलेम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी गराए । उनका अनुसार ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने… पुरा पढौ

केदारनाथ\दिव्यश्वरी उपाध्याय स्मृति ग्रन्थ लोकार्पण

पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८ स्थित अग्निहोतृ पं. केदारनाथ÷गुरुआमा दिव्यश्वरी उपाध्याय तिमिल्सिना स्मृति ग्रन्थ २०७८ को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।स्व. केदारनाथ उपाध्यायको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वेद विद्याश्रमका सल्लाहकार लक्ष्मीराज शर्मा गौतमले वेदगुरुको कीर्तिलाई कायम राख्न सबै एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो । वेदगुरुले रुद्राभिषेक, सन्ध्योपासना र शुक्लयजुर्वेद अध्ययनलाई सारस्वरसहित गर्नुपर्ने वैदिक नियमलाई कायम राख्दै वेदगुरुका उत्पादक र विद्याश्रम परिवार लागे गुरुको स्मरण चिरस्थायी हुने बताउनुभयो । कीर्तिमाथि समीक्षा गर्दै धर्मशास्त्री गुरु गङ्गाधर… पुरा पढौ