संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । संसद विघटन गर्ने कदम प्रतिगमन भाग २ भन्दै नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको हो । जुलुश निस्केको केहि बेरमै प्रहरीले हस्तक्षेप गरेको नेविसंघका नेता सरोज केसीले एभरेस्ट आवाजलाई जानकारी दिए । उनले भने,‘हामीले मशाल जुलुश निकालेलगत्तै प्रहरीले हस्तक्षेप ग¥यो, केहिलाई लाठीचार्जपनि गरेको छ ।’ यसैबीच, घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ…
पुरा पढौ