समाचार

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता,विभिन्न पाँच वटा बुँदामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरे । रास्वपातर्फबाट कार्यबाहक पार्टी सभापति डोलप्रसाद अर्याल र उपसभापति एवम् उच्च संवाद समितिका संयोजक डा स्वर्णिम वाग्ले तथा विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा र सो पार्टीका उपाध्यक्ष एवम् राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले एकतापत्रमा हस्ताक्षर गरेका हुन् । वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप मजबुत बनाउन एकता महत्वपूर्ण हुने उनीहरुको… पुरा पढौ

म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

म्याग्दीको मङ्गला गाउँपालिका(५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए । “अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ”, अलैँचीखेती गर्दै आएका उनले भने “यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।” थापाले घरबाटै प्रतिकिलो रु एक हजार… पुरा पढौ

आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा

नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ । प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतीकरण दिईन् । उनले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेकोमा जोड दिईन् । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका… पुरा पढौ

नेपाली कम्युनिष्ट पार्टी जेनजीको आकर्षणको केन्द्र बनेको छ : नेपाल

पोखरा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जेनजीहरुको आकर्षणको केन्द्र बनेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजीको आकर्षणको केन्द्र नेकपा बनेको र उनीहरुको भावना सम्बोेधन गर्न जरुरी रहेको बताएका हुन् । एसिड पीडित मुस्कान खातुनलगायतका जेनजीहरु एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरिरहेको छन्,उनले भने,‘हामीले जेनजीको भावनाको सम्मान गर्नै पर्छ । तर जेनजीको नाममा भएको कुकर्मको दोषीलाई त्यसै छाडिनु भने हुन्न, कारवाही… पुरा पढौ

कम्युनिष्ट क्रान्तिकारीहरु एक नभए देश समाप्त हुने खतरा छ : खनाल

पोखरा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्द नभए देश समाप्त हुने खतरा रहेको औंल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले देश जोगाउनका लागि कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्द हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘कम्युनिष्ट क्रान्तिकारीहरु एकता हुनुको विकल्प छैन । नभए देश समाप्त हुनसक्ने खतरा छ ।’ पूर्व प्रधानमन्त्री खनालले लामो समयसम्म शासन गर्दा पनि विगतका सरकारहरुले जनआकांक्षा पूरा नगरेकाले जेनजी आन्दोलन भएको बताए… पुरा पढौ

ठकुरी युवा परिवार कास्कीको नेतृत्व विकास तालिम सम्पन्न

ठकुरी युवा परिवार कास्कीद्वारा आयोजना गरिएको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि ठकुरी समाज महासंघ, नेपालका अध्यक्ष खिम बहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताए । कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक मनोविज्ञ डा. दलिप कुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मा… पुरा पढौ

तुलसी दाहाल एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

पोखरा लेकसाईडका तुलसी दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पुराना यातायात व्यवसायी दाहाल नेकपा एमाले छाडेर नेकपा प्रवेश गरेका हुन् । डेढ दर्जन कार्यकर्तासहित नेकपामा प्रवेश गरेकाहरुलाई नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाललगायतले अवीर र माला लगाएर स्वागत गरेका थिए । पुरा पढौ

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो ।राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा… पुरा पढौ

प्रतिनिधि छनोटमा एमाले, मन्त्री देखि प्रदेश सांसद र जिल्ला अध्यक्ष नै पराजित

नेकपा एमालेले शनिबार देशभर एकैसाथ ११ औं महाधिवेशनका लागि प्रतिनिधिको चुनाव गरेको छ। केही जिल्ला सर्वसम्मत प्रतिनिधि छानिए पनि अधिकांश जिललामा निर्वाचनबाटै प्रतिनिधि चयन भएका छन् । केही जिल्लामा प्रतिनिधिको निर्वाचन हुँदा बिभिन्न समुह बिच कुटाकुट, दुई समूहबीचको तनावदेखि बुथमै आक्रमणसम्मका घटना भए । धनकुटा र मोरङमा दुई समूह कुटाकुटमै उत्रिए भने मोरङमा ओलीनिकट परशुराम बस्नेतले कुटाइ नै खान पुगे ।महासचिव शंकर पोखरेलकै गृहजिल्ला दाङमा पनि नेताहरुले बदमासी गरेको आरोप छ । दाङमा महासिचव पोखरेलनिकट जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले सर्वसम्मत… पुरा पढौ

जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्न जरुरी छ : नारायणकाजी

पोखरा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा तत्कालीन नेकपा माओवादीका नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्न जरुरी रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजी विद्रोहका मागहरु जायज भएकाले आत्मसाथ गर्न जरुरी रहेको बताएका हुन् । जेनजीले पार्टीको शुद्दिकरण तथा रुपान्तरण, राजनीतिक अस्थिरताको अन्त्य र भ्रष्टाचार अन्त्यको लागि विद्रोह गरेका हुन्,उनले भने,‘जेनजी आन्दोलन जेनजी पुस्ताको लागि मात्र होईन, सबै पुस्ताको लागि हो, त्यसैले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ… पुरा पढौ