समाचार

गण्डकी प्रदेशसहित देशभर १ लाख ५८ हजारले लगाए कोभिशिल्ड खोप

गण्डकी प्रदेशसहित देशभर १ लाख ५८ हजार ४८७ ले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन्। देशभरको ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ ले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले जनाएअनुसार प्रदेश–१ मा २१ हजार ७ सय, ५४, प्रदेश–२ मा २१ हजार १ सय ८५, बागमती प्रदेशमा ५५ हजार ५ सय ४, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार ७ सय ९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम… पुरा पढौ

समाधान दैनिकलाई दिएको धम्की प्रति प्रेस संगठन गण्डकीको ध्यानाकर्षण

पोखरा । पोखराको समाधान दैनिकको कार्यालयलाई बमले उडाइदिने धम्की प्रति प्रेस संगठन गण्डकीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस संगठन गण्डकीले बिहीबार एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित कुनै समाचारमा चित्त नबुझेमा त्यसको खण्डन र कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै पार्टी विशेषको नाम लिएर दिइएको धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भनेको छ। संगठनको गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कडा कारवाहीको माग समेत गरिएको छ । साथै मिडियामाथिको हस्तक्षेप रोक्न आग्रह… पुरा पढौ

एक लाख ५८ हजारले खोप लगाए

काठमाण्डौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताए। उनका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप प्राप्त गरेका… पुरा पढौ

नेकपा बृहत सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताउनुभयो । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा… पुरा पढौ

तनहुँको विद्यालयमा नेलम्बोद्वारा सहयोग

पोखरा। पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्र विस्तार गरी तनहुँको आँबुखैरेनी गाउँपालिका १ मा रहेको मित्रता माध्यमिक विद्यालयलाई कोभिड १९ लक्षित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ। संस्थाले गत चैत्र महिना देखि कास्कीका स्थानीय निकाय, विद्यालय तथा विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गर्दै आएकोमा पछिल्लो पटक मंगलवार तनहुँको विद्यालयलाई पनि सहयोग गरेको हो । एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्मकान्त गौली, प्रधानाध्यापक सरितादेवी पौडेललाई संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले ति सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा… पुरा पढौ

छिटपुट घटनाबाहेक नेकपा प्रचण्ड–माधव समूहको बन्द शान्तिपूर्ण

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा प्रचण्ड–माधव समूहको नेपाल बन्द छिटपुट घटनाबाहेक शान्तिपूर्ण भएको छ । काठमाडौंलगायत केहि ठाउँमा सामान्य तोडफोड र आगजनी भएका छन् । बन्दकर्तालाई काठमाडौंलगायतका केहि क्षेत्रबाट प्रहरीले पक्राउसमेत गरेको छ । कास्कीमा भने बन्द शान्तिपूर्ण भएको छ । महेन्द्रपुलबाट एक जना बन्दकर्ता पक्राउ गर्नुबाहेक कास्कीमा अन्य घटना भएनन् । समग्रमा कास्कीको बन्द शान्तिपूर्ण रहेको आयोजक नेकपा प्रचण्ड–माधव समूहले जनाएको छ । बन्दका कारण विहीबार पोखरा बजार सुनसान रह्यो । उद्योग, कलकारखना, पसललगायत सम्पूर्ण क्षेत्र ठप्प… पुरा पढौ

छक्का हान्न नपाईने बक्स क्रिकेट प्रतियोगिता लेखनाथमा हुने

पोखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । फागुनबाट संचालनमा आउन लागेको एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केहि नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा अर्थात स्टे«ट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको… पुरा पढौ

ताङतिङका ५३ विद्यार्थीलाई युनाईटेड क्लवको न्यानो कपडा

पोखरा । युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउँपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई न्यानो कपडावितरण गरेको हो । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण संगै सेती नदी संरक्षण र प्राकृतिक विपदमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको युनाईटेड क्लवले शिक्षा कार्यक्रम अन्तर्गत… पुरा पढौ

कांग्रेस खेलकुद विभागद्वारा सहारा एकेडेमीलाई खेलकुद सामाग्रि हस्तान्त्रण

पोखरा । नेपाली काग्रेंस केन्द्रिय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रिको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ । विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान वल र एन नाइन्टीफाइभ (ल्(ढछ) मास्क १ हजार ५ सय थान सहयोग सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा प्रमुख बस्नेत सहितको टोलीले एकेडेमीको निरिक्षण समेत गरेको थियो । कार्यक्रममा बोल्दै संघका विभाग प्रमुख बस्नेतले क्लवले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका… पुरा पढौ

महेन्द्र जनसहयोग आधारभुत विद्यालयको वार्षिक उत्सव सम्पन्न

स्याङ्जा । स्याङ्जाको फेदीखोलामा अवस्थित महेन्द्र जनसहयोग अभारभुत विद्यालयको ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका विच सम्पन्न भएको छ । फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयको वार्षिक उत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरे । अध्यक्ष सुबेदीले सो अवसरमा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरे । कार्यक्रममा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङ, स्याङ्जा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दोव बहादुर कार्की, पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बराल,… पुरा पढौ