समाचार

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन । आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी… पुरा पढौ

आज पनि पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव कायमै

हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश… पुरा पढौ

बाझापाटन सांगीतिक फेस्ट हुने

बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो ।खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए । उनका अनुसार सांगीतिक साँझमा दि लोकल्स, ड्रिमर्ज, शैलु राई लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमका लागि टिकट शुल्क प्रि—सेल एक… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु,२५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक आजबाट शुरु भएको छ । यही कात्तिक १४ गतेसम्म चल्ने बैठकमा अध्यक्ष माधव कुमार नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । अध्यक्ष नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा जोड दिए । कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै उनले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वामसमूहबीच एकता,… पुरा पढौ

देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द,समस्या समाधान गर्न टोली परिचालन गरिने

देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले आज २ घण्टा सेवा ठप्प पारेका छन् । उनीहरुले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालको सेवा ठप्प पारेका हुन् ।नर्सहरूको आन्दोलनमा पोखराको सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरू पनि सहभागी भएका छन् । नर्सहरूले आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरेका हुन् । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाए । निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार… पुरा पढौ

जेन जेड रेड फोर्सका मागहरु : कार्यकारी राष्ट्रपती, समानुपातिक निर्वाचन प्रणालीदेखि भ्रष्टाचारका काण्डहरुको छानविनसम्म

सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ नेकपा माओवादी केन्द्रका जेन जेड समूहले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीले मात्र देशले निकास पाउने जनाएको छ । सो समुहले गठन गरेको जेन जेड रेड फोर्स नामक संगठनले दीर्घकालीन अस्थिरताबाट ग्रस्त मुलुकलाई निकास दिन जनताबाट सिधै निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गरेको हो । संगठनले एक विज्ञप्ती जारी गरी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली सहितका १९ वटा माग अगाडि सारेको छ ।संगठनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने, भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट, ललिता निवास, भिजिट भिसा, एनसेल, वाइडबडी,… पुरा पढौ

पार्टी एकता एमालेसँग गर्दा राम्रो हुन्छः एकीकृत समाजवादीकी नेतृ झाँक्री

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता एमालेसँग गर्दा राम्रो हुने बताएकी छन् । माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी एकताको अन्तिम तयारीमा पुगेका बेला उनले नेपालका कम्युनिष्ट पार्टी बिच दीर्घकालिन एकता आवश्यक रहेको बताएकी हुन् । काठमाण्डौंमा एक संचारमाध्यमसँगको कुराकानीमा नेतृ झाँक्रीले एमाले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त, कार्यनीति, कार्यदिशा बोकेर आएको पार्टी भएको बताउँदै,आफुहरुले नै निर्माण गरेको पार्टीसँग एकता सहज हुने बताईन् ।उनले भनिन्– ‘त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ… पुरा पढौ

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक,स्नातक तहको कक्षा सञ्चालन मङ्सिरमा

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो । त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद्बाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए । उनले समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको बताए । उनले त्रिविका ६४ आङ्गिकसहित सम्बन्धनप्राप्त क्याम्पस र… पुरा पढौ

निरन्तरको हिमपातले ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायती पर्यटकहरु सो भ्यालीमा रोकिएका हुन् । धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच… पुरा पढौ

हतारमा पार्टी एकता गर्न हुँदैन: माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता गर्न नहुनेमा जोड दिएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी, एकताको अन्तिम चरणमा पुगेका बेला नेता श्रेष्ठले एकताका लागि धैर्यतापूर्वक प्रयत्न गर्नुपर्ने बताउँदै हतार गरेर समग्र एकता र सार्थक पुनर्गठनको स्थिति नबन्ने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रूपान्तरण र बृहत् पुनर्गठन आजको आवश्यकता रहेको बताए। दुइ पार्टी बिचको एकता प्रक्रियालाई यही बृहत् दृष्टिकोणबाट हेर्नुपर्नेमा उनले जोड दिएका छन्।श्रेष्ठले सामाजिक सञ्जालमा एकीकरण प्रक्रियालाई… पुरा पढौ