समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको प्रशिक्षणसहित तीज विशेष कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको प्रशिक्षणसहित तीज विशेष कार्यक्रम सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्की महिला विभागको आयोजनामा कस्केली शिक्षकका लागि प्रशिक्षण, अन्तरक्रिया तथा तीज विशेष कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि माननीय गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले तीज केवल नृत्य र गीतमै सीमित नभई महिला सशक्तीकरणको सन्देश फैलाउने माध्यम हुनुपर्ने बताउनुभयो। उहाँले शिक्षकहरू समाज परिवर्तनका अगुवा भएको र शिक्षक महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरु फेरि पनि आन्दोलनमा होमिने खबरहरु… पुरा पढौ

पोखरामा आठौं इक्यान शैक्षिक मेला भदौ २० देखि

पोखरा, ७ भदौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले… पुरा पढौ

पशुपन्छी कल्याणबारे प्रहरीलाई तालिम

सन्देश श्रेष्ठपोखरा, भदौ ७ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा तालिम लिईरहेका प्रहरीलाई पशुपन्छी कल्याणबारे तालिम दिइएको छ । हालसालै भर्ना भई तालिम लिइरहेका दुई सय भन्दा बढी प्रहरी जवानलाई शनिबार पशुपन्छी कल्याणबारे तालिम दिईएको हो । उनीहरुलाई पशुपन्छीका अधिकार, उलंघन गर्दा हुने कानूनी कारवाहीलगायतबारे जानकारी दिदै तालिमपश्चात कार्य क्षेत्रमा खटिदा गर्नुपर्ने कर्तव्यका बारेमा अधिवक्ता ज्ञानु गौतमले तालिम दिएका थिए । सो अवसरमा उनले पशुलाई यातना दिनु अमानवीय कार्य भएकोतर्फ सचेत रहन आग्रह गरे । गाईभैंसी ढुवानी गर्दा जबरजस्ती कोचेर यातना… पुरा पढौ

तीजलाई मनोरञ्जनमा मात्र सिमित नगरौं, बरु महिला सशक्तिकरणको रुपमा लैजाऔं : सभापती रुचाल

सन्देश श्रेष्ठपोखरा, भदौ ७ गण्डकी प्रदेश कृषि तथा सामाजिक विकास समिति सभापती दमयन्ती रुचालले तीजलाई महिला सशक्तिकरणसँग जोड्नुपर्ने बताएकी छन् । दलित महिला संघ (फेडो) कास्कीले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगितामा बोल्दै उनले तीजलाई मनोरञ्जनको रुपमा मात्र सिमित गर्न नहुने बताएकी हुन् । तीजलाई मनोरञ्जनको रुपमा मात्रै मनाउनु हुँदैन,उनले भनिन्,‘शरु यसलार्य महिला सशक्तिकरण, आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणका रुपमा लैजानुपर्छ ।’ सभापती रुचालले महिला कानून बनाउन आवश्यक रहेको बताईन् । महिला कानूनको अभावमा महिलाले विभेद र हिंसा सहनुपरेको… पुरा पढौ

सराङकोटमा भोलिदेखि तीज मेला, तयारी पूरा

पोखरा, भदौ ७ पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा भोलिदेखि तीज मेला आयोजना हुँदैछ । भदौ १० गतेसम्म हुने तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा आयोजना हुने महोत्सवको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको सराङको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । मेलामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ६१ ह्जार, द्वितीय हुनेले ४१ हजार, तृतीय हुनेले ३१… पुरा पढौ

ऋषि पञ्चमीमा महिलालाई गण्डकीमा छैन विदा

सन्देश श्रेष्ठपोखरा, भदौ ७ नेपाली महिलाहरुको महान चाँड तिजको अवसरमा मनाईने ऋषि पञ्चमीको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा नदिइएको गण्डकी प्रदेश सरकारले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा ऋषि पञ्चमीमा महिलालाई मात्र विदा दिइएको भनेर भ्रम फैलाइएपछि गण्डकी सरकारले शनिबार एक विज्ञप्ती निकालेर ऋषि पञ्चमीको दिन आउँदो भदौ १२ गते विहीबार गण्डकी प्रदेशमा कसैलाई पनि (महिलालाई समेत) सार्वजनिक विदा नदिइएको स्पष्ट पारेको हो । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारीसमेत रहेका उपसचिव प्रवीण ढकालले शनिबार विज्ञप्ती… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव

पोखरा, भदौ ७ अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा बामदेव सुवेदी चयन भएका छन् । महासंघ कास्कीको हालै भएको तेस्रो जिल्ला सम्मेलनले सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । महासंघ कास्कीको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा स्वयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन भएका छन् । सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले अखिल नेपाल महासंघलाई समग्र खेलकुदको नेतृत्व गर्न सुझाव दिए । नेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक… पुरा पढौ

आज कुशे औँसी : घर–घरमा कुश भित्र्याइदै

पोखरा । भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज घर–घरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश आजको दिन उखेलेर सुरक्षित राख्ने प्रचलन छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तर अरु दिन उखेलिएको कुश त्यसै दिन मात्रै प्रयोग गर्न मिल्ने धार्मिक मान्यता छ। घरमा कुश राख्दा परिवारको कल्याण हुने विश्वास छ। सनातन धर्मावलम्बीहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको… पुरा पढौ

ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु

पोखरा ६ भाद्रनेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे… पुरा पढौ

कार्यालय खारेज गर्ने गण्डकी सरकारको निर्णय संघीयताको मर्म विपरित : मन्त्री गुरुङ

सन्देश श्रेष्ठपोखरा, भदौ ६ नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लास्थित कार्यालय खारेज गर्नु संघीयताको मर्मविपरित भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको सेवा गर्न भनेर स्थापना गरिएको जिल्लास्थित कार्यालय खारेज गर्ने गण्डकी सरकारको निर्णय संघीयता विपरित भएको बताएका हुन् । उनले भने,‘सिंह दरबारको अधिकार घर घरमा ल्याउने भन्ने तर जिल्ला जिल्लाको कार्यालय खारेज गरेर प्रदेशको राजधानी पोखरामा सबै अधिकार केन्द्रीत गर्दा कसरी… पुरा पढौ