समाचार

पोखरामा LAN को जापानी भाषा प्रशिक्षक प्रशिक्षण सम्पन्न

पोखरा, भदौ ६ पोखरा । ल्याङ्वेज एसोसिएसन अफ नेपाल (LAN) को आयोजनामा र जापान फाउण्डेसन, नयाँ दिल्लीको सहयोगमा शुक्रबार पोखराको महेन्द्रपुलमा जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जापान फाउण्डेसन, नयाँ दिल्लीकी प्रशिक्षक क्योको थाकेमोतोको विशेष उपस्थितिमा प्रशिक्षण सञ्चालन भएको थियो। प्रशिक्षणमा पोखराका विभिन्न जापानी भाषा विद्यालयका ४६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजक संस्थाका प्रथम उपाध्यक्ष मोति प्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिँदै पोखरामा जापानी भाषाको इतिहास र कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष सृजन भान्साकार्यको… पुरा पढौ

जीवनदान र विश्वबन्धुत्व सन्देशसहित ब्रह्माकुमारीको राष्ट्रव्यापी रक्तदान अभियान प्रारम्भ

पोखरा, ६ भाद्र ।विश्वबन्धुत्वको भाव र विश्व एकताको भावलाई जागृत गर्ने उद्धेश्यका साथ प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका पूर्व मुख्य प्रशासीका दादी प्रकाशमणिजीको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा संस्थाको नेपालको केन्द्रीय कार्यालय फुलबारी, पोखराद्वारा राष्ट्रव्यापी वृहत रक्तदान अभियान शुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको मूल्य र मान्यताअनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको बजनाइएको छ । गण्डकी प्रदेश… पुरा पढौ

देवीस्थान भजन महिला समुहले जित्यो सिटीवानको तीज गीत प्रतियोगिताको उपाधि

पोखरा ।सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीज गीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समुह प्रथम भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सहभागी ४० समूह मध्य अब्बल बन्दै प्रथम भएको देवीस्थानले नगद ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप हात पार्न सफलभयो । प्रतियोगितामा पोखरा २५ को कमल जोशी आमा समुह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समुह सान्त्वना भयो । उनीहरूले क्रमश ३० हजार, २० हजार र १०… पुरा पढौ

निजी विद्यालयका बस सडकमा गुडाएर देशभर विरोध प्रदर्शन

पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा यतिवेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित भएका छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान र अपेनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका छन् । पूर्ण छात्रावृत्ति भन्ने शव्द हटाइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गुर्नपर्ने, कम्पनी ऐन… पुरा पढौ

बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको शाखा पोखरामा

पोखराबेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो ।विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए ।‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो… पुरा पढौ

काला पहाडको कथा ….. : बिश्व सिग्देल

माथिको तस्विर भारतको उत्तराखण्डको हो ।१९१२मा अंग्रेजहरुले भारतको राजधानी दिल्ली सारे पछी दिल्लीको गर्मी छल्न नजिकैका पहाडी क्षेत्र उत्तराखण्ड र हिमाञ्चलका पहाडहरुमा पक्की सडक रेल टेलीफोन अस्पताल फलफूलका बघैंचा तथा आफ्ना बच्चाहरु पढाउन अन्तराष्ट्रियस्तरका अंग्रेजी माध्यमका स्कुलहरु संगै आफ्ना भब्य बंगलाहरुको निर्माण गरे । १९४७ मा अंग्रेज भारत छाडे पछी उनिहरुले छाडेको बिरासत तथा बैभबलाई स्थानिय गढवाली कुमायुनी हिमाञ्चलीहरुले उपयोग गरे । फलस्वरुप पढालिखा प्रतिस्पर्धी बनेका यि पहाडीहरु बिस्तारै कालापहाड मौसमी कामगर्न जाने नेपालीहरुलाई घर कुर्न राखेर तराई र दिल्ली… पुरा पढौ

सञ्चारिका गण्डकी : निर्णायक तहमा चाहियो भूमिका

पोखरा,पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ । सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई… पुरा पढौ

तीजलाई विशेष बनाउन टेवानले तीज सांस्कृतिक महोत्सव आयोजना गर्दै

सन्देश श्रेष्ठपोखरा, भदौ ४ नेपाली महिलाहरुको महान चाँड तीजको अवसरमा पर्यटनको राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । सांस्कृतिक पर्व तीजलाई विशेष बनाउन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा यहि भदौ १० र ११ गते पोखरा–६ लेकसाईडस्थित वाराहीघाटमा तीज सांस्कृतिक महोत्सवको तेस्रो संस्करण हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा तीज गीत प्रतियोगिता, नृत्य, रस्साकसी, साडी… पुरा पढौ

समाजसेवी के.सीद्वारा सिद्ध मा.वि.मा अक्षयकोष स्थापना

पोखरा–१५ कोलपाटन (माछापुच्छ्रे मार्ग)का समाजसेवी, मिलनसार तथा सहयोगी व्यक्तित्व झलक बहादुर के.सी. (खत्री)ले सिद्ध माध्यमिक विद्यालय, पोखरा–१५ मा अक्षयकोष स्थापना गरेका छन्। केसीले आफ्नो ८८ वर्षीय पिता भक्तबहादुर खत्रीको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै विद्यालयमा आयोजित एक कार्यक्रमबीच रु. २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) सहयोग रकम प्रदान गर्दै अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए। श्के.सी.की धर्मपत्नी शोभा के.सी., छोरा–छोरीहरू सबैको उज्ज्वल भविष्य तथा दीर्घायु जीवनको कामना गर्दै विद्यालय परिवारले उहाँप्रति कृतज्ञता व्यक्त गरेको छ। विद्यालयका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत… पुरा पढौ

पोखरामा महिनावारीसम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड वितरण

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा महिनावारीसम्बन्धी अभिमुखीकरण तथा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा किशोरी, बालिका र महिलालाई महिनावारी, प्रजनन् स्वास्थ्य र सरसफाइबारे जानकारी दिइएको थियो। महिनावारीसँग जोडिएका सामाजिक भ्रम तोड्नुपर्ने र सुरक्षित अभ्यासले महिलाको स्वास्थ्य, आत्मसम्मान र आत्मविश्वासमा सुधार ल्याउने कुरा प्रस्तुतकर्ताले औंल्याए। सो अवसरमा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याडबारे जानकारी दिँदै, त्यसले २–३ वर्षसम्म सुरक्षित प्रयोग गर्न सकिने, किफायती हुने र वातावरणमैत्री हुने बताइयो। साथै, आर्थिक बोझ कम गर्ने र फोहोर… पुरा पढौ