समाचार

खर्च कटौती गर्दै गण्डकी सरकार ः ७ निर्देशनालय खारेज, १५ निकाय गाभिदा १८५ दरबन्दी कटौती

सन्देश श्रेष्ठपोखरा, साउन २६ गण्डकी प्रदेशका विभिन्न ७ निर्देशनालय खारेज गरिएको छ । गण्डकी प्रदेश सरकारको सोमबार विहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकार मातहत रहेका ७ निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । गण्डकी… पुरा पढौ

सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको हो। यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको हो। पुरा पढौ

आज साउन महिनाको अन्तिम सोमबार ,देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउन महिनाको आज अन्तिम सोमबार भएकाल देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष… पुरा पढौ

सृष्टि र सिद्धार्थले जिते नृत्य संग्रामको उपाधि

पोखरा ।नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा शनिबार भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् ।सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र जेनी सेन्चुरीले पाँचौ स्थानमा हासिल गरे । पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे ।जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पाँचौ भए ।… पुरा पढौ

फेवा टेलिभिजनले सेयर खुल्ला गर्ने

फेवा टेलिभिजनको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । टेलिभिजनमा आवद्व सेयर सदस्यहरुको उपस्थिीतिमा भएको साधराण सभाका प्रमुख अतिथिका रुपमा ज्येष्ट सेयर सदस्य क्याप्टेन रुप बहादुर गुरुङ थिए । साधारण सभामा बोल्दै टेलिभिजनका अध्यक्ष लिला बहादुर जि.सी ले फेवा टेलिभिजन लिमिटेडलाई प्रा.लि मा लैजाने , टेलिभिजनको स्थानलाई स्थान्तरण गर्ने , नयाँ प्रविधि भित्राउने र इच्छुक नयाँ शेयर सदस्यहरुलाई केही समयको लागि शेयर खुल्ला गर्ने जानकारी दिए । यस्तै निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङले अझै पनि सम्पूर्ण शेयर सदस्य मिलेर… पुरा पढौ

मिडियामा आदिवासी जनजातिको समावेशिता, आजको आवश्यकता

पोखरा, २५ साउन ।प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फोनिज संवादमा उनले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह—आयोजनामा भएको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा उनले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता र समावेशिता आजको आवश्यकता बताए । आदिवासी जनजातिलाई पत्रकारिताको क्षेत्रमा कसरी टिकाउने भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको उनको… पुरा पढौ

लिचीबारी प्रकरणले व्यक्तिको सम्पत्तिमाथिको अधिकार र घरजग्गा कारोबार प्रभावित भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

पोखरा,२५ साउन । पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिने गरी पोखरा १६,को लिचीबारी प्रकरण निरुपणको माग गरेको छ ।संघद्वारा आइतबार जारी विज्ञप्तिमा पछिल्लो समय संचार माध्यममा आएको पोखरा १६ को ‘लिचीबारी प्रकरण’ ले यसबाट व्यक्तिको सम्पत्तिमाथिको अधिकार एवं घरजग्गा व्यवसायमा असर गरेको जिकिर पनि गरिएको छ । संघका अध्यक्ष गोकर्ण कार्कीबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ ‘नेपालको संविधान २०७२ को भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको धारा २५ ले नागरिकलाई सम्पत्तिको हक… पुरा पढौ

मिडियामा आदिवासी जनजातिको समावेशिता, आजको आवश्यकता

प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले पत्रकारले चाहेको खण्डमा देशै बन्ने बताएका छन् । बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै लामिछानेले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताए । आदिवासी जनजातिलाई पत्रकारिताको क्षेत्रमा कसरी टिकाउने भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको उनको भनाई छ । सञ्चार क्षेत्रमा सबै समुदायको समावेशी पूर्ण रुपमा सहभागीता हुनुपर्ने आवश्यकता उनले… पुरा पढौ

नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण शुरु

पोखरा, साउन २५ पोखरा–३ नदीपुरस्थित नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण शुरु भएको छ । हिमालयन सिद्द महायोग ध्यान साधना केन्द्र नदीपुरमा एक हप्तासम्म चल्ने महायज्ञको संकल्पकर्ता अनन्त श्री विभूषित आध्य जगत गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) छन् । श्रीमद्भागवत महापुराणमा श्री मद्भागवत कथा अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास “वेदान्ती“ जी महाराजको मुखारविन्दुबाट भइरहेको छ । श्रीमद्भागवत महापुराणको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कथा श्रवण गरेका थिए । सो… पुरा पढौ

पूर्व राष्ट्रसेवक तथा नागरिक संघको कार्यालय जिरोकिलोमिटरमा स्थापना

सन्देश श्रेष्ठपोखरा, साउन २५ पूर्व राष्ट्रसेवक तथा नागरिक संघले कार्यालय स्थापना गरेको छ । हालैमात्र गठन भएको संघले पोखरा–५ जिरोकिलोमिटरमा कार्यालय स्थापना गरेको हो । कार्यालयको आईतबार संस्थाका संरक्षक तथा समाजसेवी शिवप्रसाद न्यौपानेले रिबन काटेर उद्घाटन गरे । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक तथा समाजसेवी न्यौपानेले संघको उद्देश्य राम्रो रहेको भन्दै संस्थाको मर्म र भावना अनुसार काम गर्न आग्रह गरे । सो अवसरमा उनले संस्थाको दीगो विकास र कार्यालय व्यवस्थापनका लागि ५१ हजार रुपैयाँको चेक संघका अध्यक्ष चेतबहादुर रावल (प्रविन)लाई हस्तान्तरण… पुरा पढौ