समाचार

प्रतिभाले गर्यो विद्यार्थीलाई सम्मान

पोखरा, साउन २५राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ मा रिजल्टमा उत्तिर्ण भएका विद्यार्थीलाई पोखरास्थित प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीलाई यसपछिको अध्ययन बारे पनि जानकारी दिएको थियो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा मेयर आचार्यले कक्षा १२ को अहिलेको परिणामले सिंगो पोखराले गर्व गर्न पाएको बताए । विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावको मेहनतले गर्दा परिणाम उत्कृष्ट… पुरा पढौ

रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ

पोखराः  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधिवेशनबाट लक्षिण गुरुङका अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मिना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन भए । यस्तै क्लबको सदस्यहरुमा कृष्ण बहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री चयन भए । नवनिर्वाचित अध्यक्ष… पुरा पढौ

पोउवा संघमा बंगलादेशी राजदूत:औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

पोखरा, २४ साउन । नेपालका बंगलादेशका राजदूत मोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘अहिलेको विश्व प्रविधि,भूगोल वा व्यापारले जोडिएको छ । व्यवसायको धर्म र रङ हुँदैन तर व्यवसाय गर्नको लागि उत्पादन चाहिँ हुनैपर्छ ।’ उनले नेपाल र बंगलादेशबीच कृषि,प्रविधि हस्तान्तरण,आयुर्वेदिक उत्पादन तथा औषधिको… पुरा पढौ

पाल्पाको ऐतिहासिक लाखे नाच साउन २६ गते पोखरामा प्रदर्शन गरिने

पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा आयोजित ऐतिहासिक लाखे नाच यस वर्ष पनि पोखरामा प्रदर्शन हुने भएको छ। सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित साउन २६ गते (सोमबार) साँझ ७ बजे पोखरा–९, न्यूरोडस्थित सिटिजन फर्निचर र पाल्पा हाउसबीचको मूल सडकमा प्रदर्शन गरिने आयोजकले जनाएका छन्। पाल्पाली समाज पोखरा र सिटिजन फर्निचर न्यूरोडको सहकार्यमा आयोजना हुने यस कार्यक्रमलाई भव्य बनाउन विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रम स्थलमै भैरवस्थानको रोट, टिका प्रसाद साथै पाल्पाली परम्परागत… पुरा पढौ

कुमुदिनीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई गरियाे स्वागत

पोखरा, २३ साउन । पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई अविर तथा खादा लगाएर स्वागत गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयमा नयाँ विद्यार्थीलाई माथिल्लो कक्षाका विद्यार्थीले स्वागत गर्ने परम्परा रहेको बताए । उनले आफुभन्दा मुनिको कक्षाका भाईबहिनीहरुलाई विद्यालयमा स्वागत, सम्मान गर्ने संस्कार नै बसेको र उनीहरुले आयोजना गर्दै आएको… पुरा पढौ

पाल्पाको लाखे नाच यस वर्ष साउन २६ गते पोखरामा देखाईने

सन्देश श्रेष्ठपोखरा, साउन २३ पाल्पाको ऐतिहासिक लाखे नाच यस वर्ष पनि पोखरामा देखाइने भएको छ । सिटिजन फर्निचर न्यूरोड, पोखराको आयोजनामा यहि साउन २६ गते सोमबार पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन हुन लागेको हो । नाच पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरको अगाडि सडकमै सोमबार साँझ ६ बजेदेखि १० बजेसम्म प्रदर्शन गरिने सिटीजन फर्निचरका संचालक दीपक कार्कीले जानकारी दिए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८२ को टोली कलाकार, बाजागाजासहित पोखरा आउने छ । युवा व्यवसायी… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमीको दिन बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने

सन्देश श्रेष्ठपोखरा, साउन २३ श्रीकृष्ण जन्माष्टमीको दिन पोखराको बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन यहि साउन ३१ ग्ते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि साउन २७ गते अपराह्न ५ बजेसम्म भजन समूहको नाम दर्ता गराउन पाईने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । भजन समुह दर्ताका लागि ३… पुरा पढौ

राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको सदस्य भेटघाट सम्पन्न

पोखरा राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले पोखरामा सदस्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख एस पि श्याम बाबु ओलीयाले समाजमा ब्याप्त विकृति, विसङ्गती र चोरी, डकैती नियन्त्रण गर्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताए । उनले यस संगठनको वृद्धि विकासको लागि आफु र प्रहरी संगठनले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। संगठनका केन्द्रीय उपाध्यक्ष क्या.लालकाजी गुरुङले समाज विकास र रुपान्तरणका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिदैं… पुरा पढौ

एक्सपर्ट एजुकेसनको रक्तदानमा ४५ युनिट रगत संकलन

सन्देश श्रेष्ठपोखरा, साउन २३ एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेसन एण्डे भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २९ जना पुरुष र १६ जना महिलासहित ४५ जनाले रक्तदान गरेका हुन् । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) गणेशमान गुरुङले पहिलो रक्तदाता मानव बुढा क्षेत्रीलाई व्लड व्याग हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा बोल्दै सांसद गुरुङले… पुरा पढौ

सुनको भाउ इतिहासकै उच्च , २ लाख नजिक

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । पुरा पढौ