पोखरा, साउन २८ पोखरा–३ नदीपुरस्थित प्रतिभा माविका बालबालिकाहरुले विविधतामा एकताको सन्देश दिएका छन् । विद्यालयमा सिपीआरएस अन्तर्गतको ‘आवर कम्युनिटी थिम सेलेव्रेसन’ कार्यक्रममा कक्षा एकका विद्यार्थीले नेपालमा रहेको भौगोलिक, जातीय, सांस्कृतिक, तथा भेषभुषामा रहेको विविधता र त्यस भित्र रहेको एकताको सन्देशलाई प्रस्तुतीमार्फत देखाएका हुन् । र्याम्प वाक गर्दै आ–आफ्नो परिचय दिएर शुरु भएको कार्यक्रममा बालबालिकाले हिमाल, पहाड र तराईको भौगोलिक विविधता, त्यसमा संस्कार, चाडपर्व, रीतिरिवाज तथा धर्म–संस्कृति झल्किने पोशाक, पेशा–व्यवसाय जनाउने गतिविधि र भावनात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा बालबालिकाहरुले टोल…
पुरा पढौ